आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

क्यान्सर पीडित शुसिल बि.क.को सहयोगको लागी संचारकर्मी सिता रसाईलीको आग्रह

क्यान्सर पीडित शुसिल बि.क.को सहयोगको लागी संचारकर्मी सिता रसाईलीको आग्रह

समाचार, समाज
बाग्लुङ्ग जिल्ला गलकोट नगरपालिका ११ रिघा निवासी यम बि .क. का छोरा सुशील बि. क. बर्ष १७ का हाल केहि साल देखी भारतको चण्डीगढ़ मा मजदूरी काम गर्दै आएको रहेछन् तर दुःख को कुरा केहि महिना अघि बाट उहाँ को कानमा क्यान्सर जस्तो घातक रोगले फेला पारेको रहेछ र भारत को चण्डीगढ़ PGI Hospital मा उपचार भई रहेको छन्। धेरै समय देखि सो रोग बाट बिरामी हुदा र अझै ठिक हुन समय लाग्ने भएको हुँदा आफु पनी बिरामी र घरको पनी आर्थिक अवस्था नाजुक भएकोले सहयोगको आसामा रहेको छन्। https://youtu.be/UD4kx46w95M उक्त जानकारी पाउँदा सम्पूर्ण मन का धनी सहयोगी मनहरू लाई जे जती हुन सक्छ उक्त भाई लाई सहयोग गरी ज्यान बचाई दिनु हुन हार्दिक अपिल गर्दै अस्ट्रेलिया निवासी सीता रसाइली बिश्वकर्माले गो फण्डमी मार्फत सहयोगको लागी अनुरोध गर्नु भएको छ। सहयोग गर्न इच्छुक व्यक्तिहरुले तलको लिंकमा गएर क्लिक गरि सहयोग गर्न सक्नु हुनेछ...
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प

समाचार, समाज
बुधबार बिहान सिक्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ५ः२० बजे धक्का महसुस भएको हो।  सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । बिहानै आएको भूकम्पको धक्काले काठमाडौका मानिसहरु घर बाहिर निस्किएका थिए ।यसबारे थपविवरण आउन बाँकी छ। ...
समाजसेवी हरि बिष्टले आफ्नै खर्चमा गराए एक श्रमिकको पत्थरीको अप्रेसन

समाजसेवी हरि बिष्टले आफ्नै खर्चमा गराए एक श्रमिकको पत्थरीको अप्रेसन

राजनीति, समाचार, समाज
कोरोना कहर न्यून गर्न गरिएको लकडाउनका ज्याला मजदुरी गरेर विहान बेलुकी दुई छाक टार्न धौधौ हुने परिवारलाई यो समय निकै कष्टकारी सावित भएको छ । वीरेन्द्रनगर १२ बस्ने शिला नेपाली ज्याला मजदुरी गर्दै आफ्नो दैनिकी चलाई रहेकी थिईन तर विगत केहि महिनादेखि पित्त थैलिमा पत्थरको समस्या भएर उनलाई निकै समस्या भैइरहेको छ्ब। ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकि शिलाको श्रीमानको मृत्यूपछि घर चलाउने जिम्मा शिलाकै काधमा आएको थियो तर कहिले लकडाउन त कहिले काम नै नपाउने समस्याका कारण उपचार त के छाक टार्नै मुस्किल परेको अवस्था छ । भर्दौ ३ गते देखि सामान्य औषधि र दुखाई कम गर्ने सुईले पनि काम नगरेर दुखाइको पिडा सहन नसकेर अस्पताल जाँदा अप्रेशन गर्नुपर्ने र खर्च ३० हजार लाग्ने डाक्टरले बताएपछि फर्किएर आएको बताउदै तरुण दल सुर्खेतका अध्यक्ष, कलाकार, खेलाडि तथा समाजसेवी हरि विष्टलाई म्यासेजमा जानकारी गराएको श...
असला माछा पाइन छाडे

असला माछा पाइन छाडे

आर्थिक, समाज
भदाै २८ खलङ्गा । जुम्लाको तिला र हिमा नदीमा पाइने असला माछा लोप हुन थालेका छन् । जथाभावी ढङ्गले नदीमा माछा मार्ने कार्य बढेपछि कर्णाली नदी तथा यसका सहायक नदीहरुमा माछा पाउन छाडेका हुन् । माछा मार्दा, करेन्ट लगाउने, विषादी प्रयोग गर्ने, विस्फोटक पदार्थको प्रयोग गर्नाले सो नदीमा माछा पाइने छाडेको तिला गाउँपालिका कार्यवाहक अध्यक्ष विष्णु बुढाले बताए। नदी आसपासका क्षेत्रका स्थानीयवासीको गुजारा चलाउने माध्यम नै माछा हो । यो राम्रो आम्दानीको स्रोत पनि हो । स्वादिला माछाका प्रजाति लोप हुँदै जाँदा यहाँका स्थानीयवासीको पेशासमेत सङ्कटमा परेको छ । खोलामा करेन्टले माछा मार्न थालेपछि यहाँका माछा लोप हुने अवस्थामा पुगेको स्थानीयवासी कृष्णबहादुर बुढाले बताए । उनले भने, “पहिले धेरै माछा पाइन्थे माछा मारेर यहाँका स्थानीयवासीको जीविका चल्थ्यो अहिले माछा भेटिन छाड्यो ।” सो नदीमा माछा पाउन छाडेपछि माछा सं...
सिन्धुपाल्चोकको नागपुजेमा खसेको पहिरोले आठ र भीरखर्कमा १० घर पुरियो, २३ जना बेपत्ता

सिन्धुपाल्चोकको नागपुजेमा खसेको पहिरोले आठ र भीरखर्कमा १० घर पुरियो, २३ जना बेपत्ता

समाचार, समाज
सिन्धुपाल्चोकमा बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएका छन्। स्थायीक शिक्षक बजिर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता भएका छन्। भीरखर्कमा पुरिएका र वेपत्ता मानिसबारे नजिक पुगेर जानकारी दिन कठिन भइरहेको स्थायनीयले जनाएका छन्। बाह्रविसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले दुई ठाउँमा गरी पहिरोले १५ घर पुरेको, २३ जना बेपत्ता भएको र १ एकजनाको शव फेला परेको जानकारी दिए। उनको घटनाको विवरण आइनसकेको जानकारी दिए। घटनाको खबर पाउने वित्तिकै सभामुख अग्नि सापकोटा बाह्रबिसे प्रस्थान गरेका छन्। ...
झापामा १०६ वर्षका वृद्धमा कोरोना

झापामा १०६ वर्षका वृद्धमा कोरोना

समाज, स्वास्थ्य
झापाको दमकमा एक १०६ वर्षीय वृद्धमा समेत कोरोना संक्रमण पुष्टि भएको छ। वडा नं.९ का ती वृद्धको स्वाब संकलनको क्रममा उल्लेखित विवरणमा १०६ वर्ष भएको दमक नगरपालिका, क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुवेर भट्टराईले जानकारी दिएका छन् ।  ती वृद्धसहित शुक्रबार दमकमा थप ९ जना संक्रमित थपिएका हुन्। आज थपिएका मध्ये ३ पुरुष र ६ महिला छन्। गत २३ गते १ सय ५ जनाको स्वाब संकलन गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा बाँकीको भने रिपोर्ट नेगेटिभ आएको छ ।  ...
भक्तपुरमा एउटै घरमा ३ जना मृत फेला

भक्तपुरमा एउटै घरमा ३ जना मृत फेला

समाज
भदाै २६ काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा एकै घरमा ३ जनाको शव फेला परेको छ।मध्यपुर थिमी नगरपालिका–९ निकोसेरामा एउटा घरभित्र परिवारका ३ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार घरमा बाबुआमा र छोराको शव भेटिएको हो। ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी मृत अवस्थामा फेला परेका हुन। शवको प्रकृति हेर्दा सबैको केही दिन पहिलेनै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकका भाइ सुनिल अधिकारी घरमा पुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झना अधिकारीको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिप अधिकारीको शव फेला परेको प्रहरीले बताएको छ।अहिले महानगरीय अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको छ। ...
उपत्यकामा आइसोलेसन बेड अभाव हुने जोखिम, काठमाडौंमा बेडभन्दा तेब्बर बढी संक्रमित

उपत्यकामा आइसोलेसन बेड अभाव हुने जोखिम, काठमाडौंमा बेडभन्दा तेब्बर बढी संक्रमित

समाज
भदाै २६ काठमाडाैं ।बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा बिहीबारसम्ममा २ हजार ५ सय ६ जना कोरोना संक्रमित भई आइसोलेसनमा बसेका छन्।तर, उपत्यका तीन जिल्लामा आइसोलेसन बेडको संख्या भने संक्रमितभन्दा ५ सय ५३ कम अर्थात् १ हजार ९ सय ५७ मात्रै छ। उपत्यकामा बिहीबार मात्रै ५ सय ६९ जनालाई संक्रमण पुष्टि भएको थियो। शुक्रबार थप ६ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितको संख्या बढ्दै जाँदा उपत्यकामा आइसोलेसन बेड अभाव हुने देखिएको छ। तर, संक्रमितमध्ये आधाजसो होम आइसोलेसनमा बसेकाले अहिले नै अभाव भइनसकेको मन्त्रालयका कोभिड–१९ प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले बताए। उनले संक्रमित बढ्दै जाँदा थप आइसोलेसन बेड आवश्यक पर्ने भएकाले त्यसको तयारीमा मन्त्रालय रहेको जानकारी दिए। ‘होम आइसोलेसनको अवधारणाले धेरै मानिस अहिले घरमै बसिरहेकाले अभावै चाहिँ भइसकेको छैन,’ ...
कागेश्वरी मनोहरा नगरपालिका ३ भद्रबासमा भाद्र २७ गते शनिबार आकस्मिक रक्तदान हुने

कागेश्वरी मनोहरा नगरपालिका ३ भद्रबासमा भाद्र २७ गते शनिबार आकस्मिक रक्तदान हुने

समाज
भाद्र २६ काठमाडौँ ।  कोरोना प्रकोपका कारण अहिले नियमित रक्तदान कार्यक्रम हुन नसकेको वेलामा रगत अभावको समस्या समाधान गर्न सहयोग पुगोस भनेर कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ स्थित मनास्लु वल्ड स्कुलमा भाद्र २७ गते शनिबार आकस्मिक रक्तदान हुने भएको छ। रोटरी क्लब अफ काठमाडौं नर्थको आयोजना तथा बिभिन्न संघ संस्था आयोजक रहेको बिहान १० बजे देखि १ बजे सम्म  सुरक्षित तरिकाले आकस्मिक रक्तदान कार्यक्रम आयोजना  गर्न लागिएको आयोजकले जनाएको छ । रोटरी क्लब अफ काठमाडौं नर्थ आयोजक रहको सो कार्यक्रममा जया मल्टिपल क्याम्पस माकलबारी, बाल संसार सेकेन्डरी स्कुल माकलबारी मनास्लु वल्ड स्कुल भद्रबास , त्रिबेणी युवा क्लब भद्रबास ,हजुरको त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, त्रियोकाब बचत तथा ऋण सहकारी संस्था सह आयोजक रहेर गर्न लागिएको सो कार्यक्रममा सहभागी हुनको लागि आयोजकले अनुरोध गरेका छन। ...
भदौ ३१ गतेसम्म सार्वजनिक यातायात बन्द गर्ने भक्तपुर नगरपालिकाको निर्णय

भदौ ३१ गतेसम्म सार्वजनिक यातायात बन्द गर्ने भक्तपुर नगरपालिकाको निर्णय

समाज
भदाै २६ भक्तपुर । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ ।उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकबाट १६ जना भन्दा बढी सिटका गाडीलाई जोर—बिजोर प्रणाली लागू गरी सञ्चालन गर्ने भनी निर्णय गरेका थिए । नगर प्रमुख प्रजापतिको अध्यक्षतामा भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिहरूसँग बसेको बैठकले सुरक्षाका उपाय अपनाउन व्यवसायीलाई आग्रह गरेको छ । व्यवसायीहरुले मास्क, पञ्जा लगाइ शारीरिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा नीति अपनाएर मात्रै व्यापार व्यवसाय गर्नु पर्ने नगर प्रमुख प्रजापतिको भनाई छ । कोरोनाभाइरस (कोभिड १९) रोग काठमाडौँ उपत्यका लगायत विभिन्न सहरहरूमा दैनिक सयौँको सङ्ख्यामा संक्रमितहरू बढिरहेको नगरबासीलाई सचेत हुन आग्रह गरिएको छ । भक्तपुर नगर क्षेत्रमा २ सय ...