आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

फोटो पत्रकारलाई राहत वितरण

फोटो पत्रकारलाई राहत वितरण

आर्थिक, समाचार, समाज
कोरोना सङ्क्रमण न्यूनीकरणका लागि सरकारले विगत छ महिनादेखि जारी राखेको लकडाउनका कारण समस्यामा परेका फोटो पत्रकारलाई राहत वितरण गरिएको छ । बाग्लुङ समाज कल्याण केन्द्रका उपाध्यक्ष रसमिला श्रेष्ठ र समाजसेवी सरोज भारीको सहयोगमा राहतस्वरुप आज १५ फोटो पत्रकारलाई २५ केजी चामल र एक केजी सोयाबिन तेल उपलब्ध गराइएको हो । समाजसेवीले उपलब्ध गराएको खाद्यान्न राष्ट्रिय फोटो पत्रकार समूहले आवश्यकताका आधारमा फोटो पत्रकारलाई उपलब्ध गराएको समूहका महासचिव एवं राससकर्मी प्रदीपराज वन्तले जानकारी दिए । समूहले यसअघि ललितपुरको झरुवाराशीमा रहेको बज्र इँटाभट्टामा कार्यरत ६३ श्रमिकको परिवारलाई राहत उपलब्ध गराएको थियो । यस्तै लामो समयदेखि बिरामी पत्रकार तथा लेखक बीके पाल्पालीलाई पनि समूहले रु २२ हजार बराबरको औषधि र रु आठ हजार बराबरको खाद्यान्न सहयोग गरेको थियो । राष्ट्रिय जनस्वास्थ विभाग टेकुको सहयोगमा काठमाडौँम...
विश्व आत्महत्या रोकथाम दिवस : कोरोनाको संकटपछि आत्महत्याको अबस्था

विश्व आत्महत्या रोकथाम दिवस : कोरोनाको संकटपछि आत्महत्याको अबस्था

समाचार, समाज
विश्वव्यापीरुपमा नै जटिल समस्या बन्दै गएको छ आत्महत्या । यसकाे रोकथाम तथा जनचेतना अभिवृद्धिकाे उद्देश्यका साथ प्रत्येक वर्षकाे सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै आएको छ । यस वर्ष पनि साेही दिन ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ मूल नाराका साथ यो दिवस मनाइँदैछ । यस वर्ष कोरोनाको संकट र लकडाउनले शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक, आर्थिकजस्ता सबै पाटोलाई असर पुर्‍याएको छ । यसले सबै तह, तप्का, उमेर र समुदायका व्यक्तिलाई प्रभाव पारेको छ । यस संकटपछि आत्महत्या गर्नेको संख्या निकै बढ्यो । आत्महत्याको अवस्था भयावह हुँदै भन्नेजस्ता समचार हिजोआज आइरहेका छन् । आत्महत्यालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर समेत हेर्ने गरिएको छ । तर, आत्महत्या अहिलेको मात्र समस्या भने होइन । नेपालमा पनि आत्महत्या पहिलेदेखि नै जनस्वास्थ्य क्षेत्रको एउटा ठूलो समस्या र चुनौतीका ...
कोरोनाभाइरस घातक भएको पहिला नै थाहा हुँदा पनि लुकाएको ट्रम्पद्वार स्वीकार !

कोरोनाभाइरस घातक भएको पहिला नै थाहा हुँदा पनि लुकाएको ट्रम्पद्वार स्वीकार !

अन्तराष्ट्रिय, समाज
भदाै २५ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस अन्य फ्लुभन्दा घातक रहेका कुरा आफूलाई पहिला नै थाहा भएको स्वीकारेका छन्। अमेरिकी पत्रकारद्वारा लिखित एक पुस्तकमा ट्रम्पले कोरोना अमेरिकामा फैलिनभन्दा अगाडी नै खतरनाक रहेका भन्ने थाहा पाएको तर आफू खतरासँग खेल्न चाहेको स्वीकार गरेका छन्। पत्रकार बब वुडवार्ड, जसले वाटरगेट घोटलाको नालीबेली बाहिर ल्याएका थिए, उनले आफ्नो पुस्तक लेख्न भन्दा अगाडी राष्ट्रपति ट्रम्पसँग डिसेम्बर देखि जुलाईसम्म १८ पटक अन्तरवार्ता लिएको बताएका छन्। ट्रम्पले अमेरिकामा कोरोनाबाट पहिलो मृत्यु हुनभन्दा अगाडी नै यो घातक छ भन्ने थाहा पाएको तर त्रासबाट जोगाउन उक्त कुरा बाहिर नल्याएको स्वीकार गरेको उनको पुस्तकमा उल्लेख छ। तर ट्रम्पले बुधबार ट्वीट गर्दै उक्त पुस्तकलाई नक्कली र झुटो बताएका छन्। बब वुडवार्डको आगामी पुस्तक रेजका लागि अन्तरवार्तामा ट्रम...
हात्तीको बथानले दुई विघा बढी धानबाली पार्यो सखाप

हात्तीको बथानले दुई विघा बढी धानबाली पार्यो सखाप

समाज
भदाै २५ ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ३ जोनापुरमा हात्तीको बथानले क्षति पुर्याएको धानबाली । हात्तीको बथानले स्थानीय किसानको दुई विघा बढी धानबालीमा क्षति पुर्याएको छ । रासस
लगातारको वर्षापछि पोखराको रामघाटमा सेती नदी थुनिँदा बनेको ताल

लगातारको वर्षापछि पोखराको रामघाटमा सेती नदी थुनिँदा बनेको ताल

समाज
भदाै २४ काठमाडाैं । लगातारको वर्षापछि बुधबार पोखराको रामघाटमा सेती नदी थुनिँदा बनेको ताल । गएरातिदेखि बिहानसम्म पोखरामा निरन्तर पानी परेको थियो । रासस
मच्छिन्द्रनाथलाई सोमबार बुङ्मती लगिने

मच्छिन्द्रनाथलाई सोमबार बुङ्मती लगिने

समाज
भदाै २४ ललितपुर। ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई आगामी सोमबार बुङ्मती लगिने भएको छ। मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण र पूर्णमङ्गल जोशीले यही भदौ २२ गते निकालेकाे साइतअनुसार यही भदौ २९ गते मच्छिन्द्रनाथलाई बुङ्मती लगिने भएको हो। सोमबार १०ः०५ देखि १०ः२० बजेसम्म लोकेश्वरलाई रथबाट भिक्ने शुभसाइत रहेको दैवज्ञ कीर्तिकिरणले बताए। उनले भने, “यदि यस समयमा करणामयलाई रथबाट झिक्न सकिएन भने साङ्केतिकरूपमा हल्लाउने मात्रै भए पनि काम हुनेछ, हाल मच्छिन्द्रनाथलाई उतरपट्टि अर्थात् कुपण्डोलतर्फ फर्काएर राखिएकाले बुङ्मती लग्ने दिन १५ देखि २० पाइला पुनः उत्तरतर्फ लगेर अनि मात्र पुल्चोक हुँदै जावलाखेलको बाटो बुङ्मती लानु राम्रो हुनेछ।” सो दिन लोकेश्वरको सामान्य पूजाआजा गरेर त्यसपछि बुङ्मती लगिने उनले जानकारी गराए। सोमबार भगवान्लाई रथबाट झिक्नुभन्दा पहिले चार दिनअघि...
धादिङ केन्द्र भएर भूकम्प

धादिङ केन्द्र भएर भूकम्प

समाचार, समाज
धादिङ केन्द्र भएर आज दिउसो भूकम्प गएको छ। बुधबार दिउसो ३ बजेर ४८ मिनेट जाँदा धादिङको निलकण्ठ नगरपालिका क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का धादिङ र आसपास क्षेत्रमा महसुस गरिएको थियो। नेपालमा २०७२ सालको महाभूकम्पपछि पनि निरन्तर नयाँ भूकम्प र परकम्प गइरहेका छन्। ...
ढोरपाटन बाढीपहिरोमा मृत्यु हुनेको संख्या १९ पुग्यो

ढोरपाटन बाढीपहिरोमा मृत्यु हुनेको संख्या १९ पुग्यो

समाज
भदाै २४ काठमाडाैं ।गत बुधबारको बाढीपहिरोमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । ढोरपाटन नगरपालिका वडा नम्बर–९, भुजीखोलामा आएको बाढीपहिरोमा बेपत्ता दुई महिलाको मंगलबार राति शव भेटिएसँगै मृत्यु हुनेको संख्या १९ पुगेको हो । बडिगाड गाउँपालिका वडा नं. ६ को खालबजार नजिकै बडिगाड खोला किनारमा ३२ वर्षीया चनी विक र २८ वर्षीया कुमारी विकको शव भेटिएको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । अहिलेसम्म भेटिएका १९ वटै शवको पहिचान भएको छ । बाढीपहिरोमा परी अझै १९ जना बेपत्ता छन् । घटनास्थलदेखि झण्डै १ सय किलोमिटर दक्षिणसम्म प्रहरीले खोजी कार्य गरिरहेको छ । गुल्मीको रिडी र स्याङ्जास्थित कालीगण्डकी ए जलविद्युत आयोजनासम्म पुगेर प्रहरी, सशष्त्र र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ । बाढीपहिरोमा परी ८० घर पूर्ण रुपमा र ५१ घर आंशिक क्षति भएका छन् । यहाँको एक मोटरेबल पुल र ३ वटा झोलुङ्गे पुल पनि बगे...
विश्वभर कोरोना : २४ घण्टामा २ लाख ४० हजार थपिए, संक्रमितकाे संख्या २ कराेड ७७ लाख बढी पुग्याे

विश्वभर कोरोना : २४ घण्टामा २ लाख ४० हजार थपिए, संक्रमितकाे संख्या २ कराेड ७७ लाख बढी पुग्याे

अन्र्तवार्ता, समाचार, समाज
विश्वभरमा कोरोनाका २ लाख ४० हजार संक्रमितहरु थपिएका छन्। वल्र्डोमिटरको तथ्यांक अनुसार गत २४ घण्टामा थप ४ हजार ३ सय बढीको कोरोनाका कारण ज्यान गएको छ। यो संगै विश्वभर कोरोना संक्रमित हुनेको संख्या २ करोड ७७ लाख २१ हजार ४ सय बढी रहेको छ। गत २४ घण्टामा सबैभन्दा बढी भारतमा करिव ९० हजार कोरोनाका संक्रमित भेटिएका हुन्। तथ्यांक अनुसार भारतमा ८९ हजार ८ सय बढी कोरोनाका संक्रमितहरु भेटिएका छन्। यो सँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ४३ लाख ६७ हजार ४ सय बढी रहेको छ। भारतमा मात्र कोरोनाका कारण ७३ हजार ९ सय बढीले ज्यान गुमाएका छन्। गत २४ घण्टामा १ हजार १ सय बढीको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। यस्तै, २४ घण्टामा भारतपछि अमेरिकामा सबैभन्दा बढी संक्रमितहरु भेटिएका छन्। अमेरिकामा २४ घण्टामा २८ हजार बढी संक्रमित भेटिएका हुन्। यो सँगै अमेरिकामा संक्रमित हुनेको संख्या ६५ लाख १३ हजार ६ सय बढी रहेक...
१२ वर्षमा मकर मेला लाग्ने ईन्द्रेश्वर महादेव मन्दिर

१२ वर्षमा मकर मेला लाग्ने ईन्द्रेश्वर महादेव मन्दिर

समाज
भदाै २३ काठमाडाैं । पनौतीस्थित ऐतिहासिक ईन्द्रेश्वर महादेव मन्दिर । जिल्लाको ऐतिहासिक रमणीयस्थल त्रिवेणी नदी किनारामा अवस्थित यो मन्दिरमा हरेक १२ वर्षमा मकर मेला लाग्ने गर्दछ । रासस