बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

झापामा १०६ वर्षका वृद्धमा कोरोना

झापाको दमकमा एक १०६ वर्षीय वृद्धमा समेत कोरोना संक्रमण पुष्टि भएको छ। वडा नं.९ का ती वृद्धको स्वाब संकलनको क्रममा उल्लेखित विवरणमा १०६ वर्ष भएको दमक नगरपालिका, क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुवेर भट्टराईले जानकारी दिएका छन् ।  ती वृद्धसहित शुक्रबार दमकमा थप ९ जना संक्रमित थपिएका हुन्। आज थपिएका मध्ये ३ पुरुष र ६ महिला छन्। गत २३ गते १ सय ५ जनाको स्वाब संकलन गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा बाँकीको भने रिपोर्ट नेगेटिभ आएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *