आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

शसस्त्रका एसपी पोखरेलको सवारी दुर्घटनामा मृत्यु, सीडीओ घाइते

शसस्त्रका एसपी पोखरेलको सवारी दुर्घटनामा मृत्यु, सीडीओ घाइते

समाचार, समाज
बारा — १३, माघ । बाराका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरु चढेको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बलको १२ नम्बर गण, बारामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेल छन् । दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी(सिडिओ) गणेश भट्टराईसहित ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल छन् । घाइते प्रमुख जिल्ला अधिकारीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा गरेको वनभोज कार्यक्रममा सहभागी भएर फर्किएको बा १ झ १६३३ नम्बरको स्कार्पियो जिप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक दुर्घटना भएको थियो । बाराका प्रमुख जिल्ला अधिकारीले चढ्ने गरेको सो जिप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएको प्...
रुकुम (पश्चिम)मा चट्याङ लागेर ४ बालबालिका र २ महिला घाइते

रुकुम (पश्चिम)मा चट्याङ लागेर ४ बालबालिका र २ महिला घाइते

समाचार, समाज
माघ — ९, रुकुम । रुकुम (पश्चिम)मा बुधबार बिहान चट्याङ लाग्दा ६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका–३, माछिमिस्थित जीतबहादुर ओलीको घरमा चट्याङ लाग्दा ६ जना घाइते भएका हुन् । चट्याङ लागेर चार बालबालिका र दुई महिला घाइते भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीकाअनुसार चट्याङ लागेर जीतबहादुरका २८ वर्षीया श्रीमती कमला खड्का ओली, उनका ११ वर्षीय छोरा चिन्तन र सात वर्षीय छोरा मनन घाइते भएका छन् । त्यस्तै, जीतबहादुरका भाइबुहारी २५ वर्षीया समिति ओली, ९ वर्षीया छोरी दुर्गा र सात वर्षीय छोरा दिपेश घाइते भएका छन् । चट्याङ लागेका घाइते सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । चट्याङ लाग्दा जीतबहादुरको चारकोठे घरको तीनकोठा पूर्णरूपमा क्षति भएको बताइएको छ । (रासस)...
प्रहरीको इन्काउन्टर, ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दिपेन्द्र चौधरीको मृत्यु

प्रहरीको इन्काउन्टर, ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दिपेन्द्र चौधरीको मृत्यु

अपराध, समाचार, समाज
माघ—९, राजविराज । सप्तरी जिल्लामा बुधबार बिहान प्रहरी कारबाहीमा एकजना मारिएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टका अनुसार प्रहरीको हत्या लगायतका बिभिन्न आपराधिक घटनामा संलग्न रहेका सप्तरी कडोरवनाका ३५ वर्षीय दिपेन्द्र चौधरी प्रहरी कारवाहीमा मारिएका हुन् । नियमित गस्तीमा राजविराजबाट रुपनीतर्फ गइरहेको प्रहरी टोलीमाथि रुपनीबाट राजविराजतर्फ आइरहेका मोटरसाइकलमा सवार ब्यक्तिले गोली प्रहार गरेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा पछाडि बसेका चौधरीको घटनास्थलमै मृत्यु भएको एसपी बिष्टले जानकारी दिए। मोटरसाइकल चलाइरहेका अर्का ब्यक्ति भने अध्यारोको फाइदा उठाउँदै भागेको उनले बताए। प्रहरी कारवाहीमा मारिएका चौधरी सप्तरीको झुटकी प्रहरी चौकीका असई रेसम सुब्बाको गोली हानी हत्या, इलाका प्रहरी कार्यालय कडोरवनाको गाडीलाई लक्षित गरि बम बिस्फोट लगायतका घटनामा संलग्न रहनुका साथै साता अ...
बस र बारुणयन्त्र एक-आपसमा ठोक्किँदा २७ जना घाइते

बस र बारुणयन्त्र एक-आपसमा ठोक्किँदा २७ जना घाइते

समाचार, समाज
माघ—९, कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमार–अरुणखोलास्थित जङ्गलमा बस र बारुणयन्त्र एकापसमा ठोक्किँदा २७ जना घाइते भएका छन् । काठमाडौंबाट भैरहवाका लागि छुटेको लु१ख ८७९७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ग ३१० नम्बरको कावासोती नगरपालिकाको बारुणयन्त्र एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । गम्भीर घाइते सात जनाको भरतपुरमा उपचार भइरहेको छ । अन्यको मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । (रासस)...
शनिबारसम्म काठमाडौंमा बादल र वर्षा हुने सम्भावना

शनिबारसम्म काठमाडौंमा बादल र वर्षा हुने सम्भावना

समाचार, समाज
माघ—९, काठमाडौँ । पश्चिमी वायूको प्रभावले देशका अधिकांश भागमा वर्षा र हिमपात भइरहेको छ। राजधानी काठमाडौं उपत्यकामा पनि मंगलबार रातिदेखि भएको वर्षा जारी छ। झरीसँगै मौसम चिसो भएपछि काठमाडौं उपत्यका वरपरका पहाडी क्षेत्रमा हिमपात भएको छ। काठमाडौं नजिक पर्ने चन्द्रागिरी, फुलचोकी, दामनलगायतका स्थानमा हिमपात भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिनभरि नै राजधानीमा बादल लाग्नेछ भने दिउँसो केहीबेर रोकिए पनि साँझ फेरि पानी पर्नेछ। ‘दिउँसो केहीबेर पानी रोकिए पनि बेलुका फेरि वर्षा हुनेछ,’ महाशाखाकी बरिष्ठ मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘बिहीबार पानी पर्ने सम्भावना छैन तर बादल भने लाग्नेछ।’ उनका अनुसार शुक्रबार फेरि राजधानीमा वर्षा हुने सम्भावना छ। ‘अहिले वर्षा भइरहेको पश्चिमी वायू नसकिदै अर्को वायू आउने क्रममा छ, त्यसले पश्चिमी क्षेत्रमा भोलि र मध्यक्षेत्रमा शुक्रबार व...
काठमाडौं लगायत देशका अधिकांश स्थानमा वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपात

काठमाडौं लगायत देशका अधिकांश स्थानमा वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपात

समाचार, समाज
माघ—९, काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण बुधबार देशका अधिकांश स्थानमा पानी परेको छ । गएरातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावत पश्चिमबाट मध्य हुँदै पूर्वसम्म पुगेको छ । नेपालको पश्चिम क्षेत्रमा सोमबारदेखि नै बदली हुँदै आएको भए पनि हिजोदेखि पानी पर्न थालेको हो । वायुको प्रभाव पूर्वसम्मै विस्तार हुँदै गएकाले आज पनि दिनभर जसो पानी पर्ने सम्भावना रहेको छ । झरीसँगै मौसम चिसो भएपछि काठमाडौं उपत्यका वरपरका डाँडामा हिउँ परेको छ । चन्द्रागिरी, फूलचोकी, दामनलगायतका स्थानमा हिउँ परेको छ। यो वर्षको हिउँदमा पूर्वदेखि पश्चिम अर्थात देशका सबै क्षेत्रमा पानी परेको यो पहिलो पटक हो । काठमाडौं उपत्यकासहित देशभरको मौसम दिनभर सामान्यदेखि पूर्ण बदलीको अवस्थामा रहने र पानी पर्ने तथा रोकिने क्रम चल...
टुँडिखेल वरिपरिका १ सय २५ वटा ‘ट्रि गार्ड’ हटाइए

टुँडिखेल वरिपरिका १ सय २५ वटा ‘ट्रि गार्ड’ हटाइए

समाचार, समाज
माघ—८, काठमाडौं । काठमाडौंको टुँडिखेल वरिपरि रहेका १ सय २५ वटा ट्रि गार्ड हटाइएको छ। जुद्ध बारुण यन्त्र कार्यालयबाट खटिएका १० जना र वातावरण व्यवस्थापन विभागबाट खटिएका १० जना गरी २० जनाको समूहले ३ दिन लगाएर फलामका बार हटाएको हो। हुर्किएका बिरुवा छेकिएका र बिरुवा मरेका ठाउँमा भएका ‘ट्रि गार्ड’ हटाइएका हुन्। यस क्रममा पहिलो दिन ३५ वटा, दोस्रो दिन ४४ र तेस्रो दिन ४६ वटा बार निकालिएको बारुण यन्त्र कार्यालयका प्रमुख बद्रीमान नगरकोटीले जानकारी दिए। उनका अनुसार सुन्धारा, वायुसेवा निगम, वीर अस्पताल, रत्नपार्क, जमल, दरबार मार्गको मुख हुँदै त्रिचन्द्र क्याम्पस, भद्रकाली, सहिदगेटमा रहेका बार हटाइएका हुन्। यस क्षेत्रमा अब करिब १५ वटा साना बिरुवा छेकिएका बार मात्र बाँकी छन्। हटाइका ट्रि गार्डहरू टेकुमा राखिएका छन्। तिनीहरूलाई मर्मत गरेर पुनः प्रयोगमा ल्याउन सकिन्छ। ‘बिरुवा हुर्किसके...
भट्ट हत्या प्रकरणमा फराररहेका दुईजना पक्राउ

भट्ट हत्या प्रकरणमा फराररहेका दुईजना पक्राउ

अपराध, समाचार, समाज
माघ-८, कैलाली कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा २० वर्षीय युवक अरुण भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका–२ बस्ने १९ वर्षीय विरेन्द्र शाह र र २० वर्षीय प्रमेश मगर रहेका छन । मगरलाई धनगढी र शाहलाई गोदावरी नगरपालिका–२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जनाएका छन । उनका अनुसार मगर र शाहले भट्टलाई धारिलो हतियार प्रहार गरी फरार रहेको अभियोगको पक्राउ गरिएको हो । यसअघि नै प्रहरीले मुख्य अभियुक्तसहित चार जनालाई पक्राउ गरिसकेको छ । यसअघि पक्राउ पर्नेमा मुख्य अभियुक्त गोदावरी नगरपालिका–२ शिवशक्ति टोलका २१ वर्षीय विनोद ऐर, सहयोगीको भूमिका निर्वाह गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–३ बोडाडाडीका २२ वर्षीय डेविटसिंह ऐर, भजनी नगरपालिका–२ घर भइ हाल धनगढी–...
मंगलबार बिहान थापाथली केन्द्र बनाएर भूकम्प गयो

मंगलबार बिहान थापाथली केन्द्र बनाएर भूकम्प गयो

समाचार, समाज
माघ-८, काठमाडौं । मंगलबार बिहान राजधानीमा भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार बिहान साढे ११ बजे गएको भूकम्प ३.३ रेक्टर स्केलको थियो । ११ बजेर २६ मिनेटमा भएको भूकम्पको केन्द्र राजधानीको थापाथली आसपासमा रहेको केन्द्रले जनाएको छ ।
के तपाईले फेसबुकमा १० वर्ष पुरानो फोटो हाल्नुभयो? तपाईंको पहिचान त चोरी भइरहेको छैन?

के तपाईले फेसबुकमा १० वर्ष पुरानो फोटो हाल्नुभयो? तपाईंको पहिचान त चोरी भइरहेको छैन?

समाचार, समाज
माघ-८, काठमाडौं । फेसबुकमा केही दिनयता दस वर्ष पुराना तस्बिर छ्यापछ्याप्ती छन्। यसैको देखासिकी ट्विटर लगायत अन्य सामाजिक सञ्जालमा पनि 'टेन इयर्स च्यालेन्ज' भन्दै १० वर्ष पुराना तस्बिर हाल्ने होड छ। हलिउड, बलिउडका सेलेब्रेटीदेखि नेताहरूले समेत फेसबुकको चुनौती स्वीकार्दै आफ्ना पुराना तस्बिर अपलोड गर्न थालेका छन्। यो अभियान कसले सुरू गर्यो भन्ने यकिन छैन। फेसबुक संस्थापक मार्क जुकरवर्गको पुरानो र नयाँ तस्बिर प्रयोगकर्ताहरूको 'वाल' मा देखिन थालेपछि यसको लहर फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्। अहिले संसारभरमा ५ करोड २० लाखभन्दा बढी प्रयोगकर्ता फेसबुकको चुनौतीमा सहभागी भइसकेका छन्। अधिकांश प्रयोगकर्ता यो खेलमा रमाइरहेका छन्। केहीले भने गम्भीर प्रश्न उठाएका छन्। उनीहरूको सवाल छ- फेसबुकमा १० वर्ष पुरानो र हालको फोटो राख्नु कति सुरक्षित छ? कतै यो फेसबुकले आफ्नो 'अनुहार...