आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

गैरकानुनी रूपमा सत्ता हत्याउने प्रयास असफल— भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरो

गैरकानुनी रूपमा सत्ता हत्याउने प्रयास असफल— भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरो

अन्तराष्ट्रिय, समाचार
काराकस —फागुन २७। भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले आफ्नो सरकारप्रति बफादार रहेको भन्दै सेनाको प्रशंसा गरेका छन् । राष्ट्रपति कार्यालयबाहिर जम्मा भएका समर्थकलाई सम्बोधन गर्ने क्रममा उनले विपक्षी नेता खुवान गुआइडोलाई ‘अमेरिकाको कठपुतली’ भएको आरोप लगाए । मडुरोले भने, ‘उनीहरूले सेनालाई सत्ता हत्याउन सहयोग गर्न आग्रह गरेका थिए । तर सेनाबाट स्पष्ट जवाफ पाए ।’ उनले आफूबाट गैरकानुनी रूपमा सत्ता हत्याउन खोज्नेहरू परास्त भएको बताए । मडुरो आफ्ना पूर्ववर्ती ह्युगो चावेजको मृत्युपछि सन् २०१३ यता सत्तामा छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मडुरो र विपक्षी नेता गुआइडोकोआह्वानमा राजधानी काराकसमा परस्पर विरोधी प्रदर्शनहरूको आयोजना गरिएको छ । देशका थुप्रै भागमा बिहीबारदेखिको विद्युत् कटौती जारी छ । पछिल्ला प्रदर्शन भइरहँदा राजधानी कराकसका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । विप...
२०५२ सालको नक्कल गरी म पनि ‘प्रचण्ड’ हुन्छु भन्न खोजिए: दाहाल

२०५२ सालको नक्कल गरी म पनि ‘प्रचण्ड’ हुन्छु भन्न खोजिए: दाहाल

राजनीति, समाचार
पोखरा — फागुन २७। नेकपा अध्यक्ष पुष्पकमल दाहालले २०५२ सालको नक्कल गरी म पनि 'प्रचण्ड' हुन्छु भन्न खोजिए त्यो पार नलाग्ने भएकाले मूलधारको राजनीतिमा आउन नेत्र विक्रम चन्द नेतृत्वको विप्लव माओवादीलाई आग्रह गरेका छन् । यतिबेला विप्लव माओवादीले हतियार ल्याउने र विस्फोट गराउने काम गरिरहेको भन्दै दाहालले पहिले र अहिलेको परिस्थितिमा गुणात्मक फेरबदल आइसकेकोले नक्कल गर्नेतर्फ नलाग्न आग्रह गरे । पोखरामा सोमबार हुने एक कार्यक्रममा सहभागी हुन आएका दाहालले पोखरा विमानस्थलमा पत्रकारसँको भेटमा यस्तो बताएका हुन् । 'उहाँहरुले २०५२ सालमा अर्थात करीव २५ वर्ष अघि हामीले गरेको कुरालाई नक्कल गर्न खोज्नु भएको छ । यो पार लाग्ने बाटो होइन,' उनले भने, 'प्रचण्डले गरेजस्तै नक्कल गरेर म पनि प्रचण्ड हुन्छु भन्ने सोच्नु बिलकुल मनोगत हुन्छ । इतिहासले एउटा कालखण्डमा एउटा विचार र नेतृत्वलााई अगाडि ल्याउने गर्छ । यस...
पैसा, पासपोर्ट, राजस्व स्टिकर, हुलाक टिकट नेपालमै छापिने

पैसा, पासपोर्ट, राजस्व स्टिकर, हुलाक टिकट नेपालमै छापिने

आर्थिक, समाचार
काठमाडौं—फागुन २७। पैसा, पासपोर्ट, राजस्व स्टिकर, हुलाक टिकटजस्ता संवेदनशील सामग्रीको छपाइ नेपालमै गर्न सुरक्षण मुद्रण केन्द्र (सेक्युरिट प्रेस) स्थापना गरिने भएको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फ्रान्ससित समझदारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको फ्रान्स भ्रमणका क्रममा यसै साता समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीमा सुरक्षण मुद्रण स्थापनाका लागि तीन महिनाभित्र परियोजना सम्झौता गर्ने र तीन वर्षभित्र काम सक्ने उल्लेख गरिएको छ । सुरक्षण मुद्रण केन्द्र र फ्रान्स सरकारको स्वामित्व रहेको कम्पनी इन ग्रुपबीच समझदारीपत्रमा हस्ताक्षरभएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले फ्रान्स सरकारको स्वामित्वमा रहेको कम्पनीको प्रविधि र फ्रान्स सरकारको सहुलियतपूर्ण ऋणमा सुरक्षण मुद्रण स्थापना गरिने जानकारी दिए । उनका अनुसार सुरक्षण ...
इङ्लिस प्रिमियर लिगमा आर्सनलद्वारा म्यानचेस्टर युनाइटेड पराजित, बर्न्लेबिरुद्द लिभरपुल ४–२ ले विजयी

इङ्लिस प्रिमियर लिगमा आर्सनलद्वारा म्यानचेस्टर युनाइटेड पराजित, बर्न्लेबिरुद्द लिभरपुल ४–२ ले विजयी

खेलकुद, समाचार
काठमाडौं—फागुन २७। इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । पूर्व खेलाडी ओले गुना सोल्सायरले प्रशिक्षण समालेपछि म्यान्चेस्टर युनाईटेडको लाहि भने यो पहिलो लिग हार हो । गएराति भएको खेलमा आर्सनलले म्यान्चेस्टर युनाईटेडलाई २–० ले हरायो । आर्सनलको घरेलु मैदानमा भएको खेलमा उसलाई जित दिलाउन ग्रानिट झाका र अलेक्जेण्डर लाकाजेट्ले एक एक गोल गर्दै टोलीलाई विजयी गराए । प्रिमियर लिग फुटबलको अर्को खेलमा भने लिभरपुलले बर्न्लेलाई ४–२ ले पाखा लगायो । लिभरपुलको जितमा रोबर्टो फर्मिनो र सादियो मानेको दुई/दुई गोल सामेल थियो । गएराति चेल्सीले भने वुल्भरह्याम्पटन वान्डरर्ससँग १–१ गोलको बराबरीमा चित्त बुझाएको छ । वुल्भरह्याम्पटनका राउल जिमिनेजले पहिलो गोल गरेको खेलमा चेल्सीका एडिन हाजार्डले ईन्जुरी समयमा एक गोल गर्दै टोलीलाई हारबाट जोगाए । गएराति...
स्पेनिस लिगमा रियाल मड्रिडद्वारा रियाल भालाडोलीड पराजित

स्पेनिस लिगमा रियाल मड्रिडद्वारा रियाल भालाडोलीड पराजित

खेलकुद, समाचार
काठमाडौं—फागुन २७। स्पेनिस लिग फुटबल अन्तर्गत गएराति रियाल मड्रिडले रियाल भालाडोलीडलाई ४–१ ले पराजित गरेको छ । भालाडोलिडको मैदानमा भएको खेलमा फराकिलो जित निकाल्दै पाहुना टोली रियाल मड्रिडले राहत महसुस गरेको हो । रियालको जितमा करिम बेन्जमाले २ गोल गर्दा राफेल भाराने र लुका मोड्रिचले एक एक गोल थपे । जितपछि रियाल मड्रिडले २७ खेलबाट ५१ अंक बनाएको छ भने शीर्ष स्थानको बार्सिलोनाको ६३ अंक छ । ५६ अंकका साथ एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहेको छ ।...
उत्तर कोरिया पुनः रकेट प्रक्षेपणको तयारीमा

उत्तर कोरिया पुनः रकेट प्रक्षेपणको तयारीमा

अन्तराष्ट्रिय, समाचार
सोल —फागुन २६। अमेरिकी राष्ट्रपतिसँगको दुई साताअघिको वार्ता बिनानिष्कर्ष टुंगिएपछि उत्तर कोरियाले पुनः रकेट प्रक्षेपणको तयारी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उत्तरले राजधानी प्योङयाङ नजिकै रकेट प्रक्षेपणका लागि तीव्र तयारी गरिरहेको भूउपग्रह तस्बिरहरूले प्रस्ट भएको दाबी गरेका छन् । बीबीसीका अनुसार उत्तरले यसअघि अधिकांश ब्यालेस्टिक क्षेप्यास्त्र तथा रकेट परीक्षण गरेको केन्द्र सानुमडोङ वरपरका गतिविधिमा निकै बढेको छ । गतसाता उत्तर कोरियाले आफ्नो मुख्य रकेट प्रक्षेपण केन्द्र सोहाईमा पुनर्निर्माण थालेको विवरण प्राप्त भएका थिए । सोहाई रकेट प्रक्षेपण केन्द्र ध्वस्त पार्ने कार्य गत वर्ष सुरु भएको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचकोवार्तामा ठोस सहमति नभएपछि रोकिएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले ‘उत्तर कोरियाले परमाणु अस्त...
नैरोबी जाने क्रममा इथोपियन एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

नैरोबी जाने क्रममा इथोपियन एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

अन्तराष्ट्रिय, समाचार
काठमाडौँ — फागुन २६। इथोपियन एयरलाइन्सको बोइङ-७३७ विमान दुर्घटना भएको छ । राजधानी एडिस अबाबाबाट केन्याको राजधानी नैरोबी जाने क्रममा उक्त विमान आइतबार दुर्घटना परेको अधिकारीहरुले बताएका छन् । विमानमा एक सय ४९ जना यात्रु र ८ जना चालक दलका सदस्यहरु रहेको रोयटर्सले जनाएको छ।इथोपियाका प्रधानमन्त्री अबी अहमदले दुर्घटनामा परी ज्यान गुमाउनेहरुलाई श्रद्धाञ्जली दिँदै मृतकको परिवारप्रति समवेदना व्यक्त गरेका छन्। (कान्तिपुर दैनिक)...
सिके राउतसँग गरिएको सहमति अनुचित छैन :गृहमन्त्री थापा

सिके राउतसँग गरिएको सहमति अनुचित छैन :गृहमन्त्री थापा

राजनीति, समाचार
काठमाडौँ — फागुन २६। गृहमन्त्री रामबहादुर थापाले फागुन २४ गते सरकार र सिके राउतबीच भएको राजनीतिक सहमतिलाई गलत अर्थ लगाइएकोप्रति आपत्ति जनाएका छन् । उनले मुलुकका चुनौतीहरूलाई सरकारले सफलतापूर्वक समाधान गर्दा विभिन्न कोणबाट अनर्थ लगाइएकोप्रति सरकार आश्चर्यचकित भएको बताए । आइतबार प्रतिनिधिसभाको बैठकमा सरकार र सिके राउतको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमतिबारे सांसदहरूले प्रश्न उठाएपछि गृहमन्त्री थापाले सरकारकोतर्फबाट संसद्मा सहमतिबारे स्पष्ट पारेका हुन् । उनले राजनीतिक समस्यालाई राजनीतिक रूपबाट हल गर्नुपर्नेमा सरकार स्पष्ट रहेको बताउँदै, त्यही प्रयासको प्रतिफल २४ गतेको सहमति भएको बताए । गृहमन्त्री थापाले स्वतन्त्र मधेस गठबन्धन समूहले नेपाललाई विखण्डन गर्ने उद्देश्यलाई परित्याग गरेको दाबी गरे । उनले मधेस गठबन्धनसँग नेपालको राजनीतिक अखण्डता,स्वाधीनता रक्षा गर्न सहमति जुटेको बताए । उन...
मलेसियासँग भिसा शुल्कमा अझै विवाद

मलेसियासँग भिसा शुल्कमा अझै विवाद

आर्थिक, समाचार
काठमाडौँ — फागुन २६। द्विपक्षीय श्रम समझदारी हुनुअघि जारी भएका कलिङ भिसाको शुल्क कामदारले ब्यहोर्न नपर्ने ग्यारेन्टी नहुँदा मलेसियाको रोजगारी खुल्न सकेको छैन । गत जेठदेखि मलेसियामा नेपाली कामदार जान बन्द छ । मलेसियाको गृह मन्त्रालयले रोजगारदाता कम्पनी सिफारिस गरेपछि कलिङ भिसा जारी हुन्छ । त्यस्तो भिसा पाएका कामदारलाई काठमाडौंस्थित मलेसियाली दूतावासले राहदानीमा भिसा लगाइदिन्छ । भिसा पाउन कामदार आफैं राहदानी लिएर दूतावास जान मिल्दैन । मलेसिया भीएलएनले भिसा प्रक्रिया गरेपछि मात्रै दूतावासले भिसा लगाइदिन्छ । यो प्रक्रिया गरेबापत भीएलएनले प्रतिराहदानी ७ हजार ४ सय ८० रुपैयाँ शुल्क लिने गरेको छ । श्रम समझदारी हुनुअघि झन्डै ७ हजार कामदारको कलिङ भिसा जारी भइसकेको छ । वैदेशिक रोजगार व्यवसायीले सबै विवरणसहित वैदेशिक रोजगार कार्यालय, ताहाचलमा श्रम स्वीकृतिका लागि पेस गरेका छन् । भिसा प्रक्रिय...
संसदमा राजपाको प्रश्न- ‘मधेसमा जनमत संग्रह गर्न सहमति गरेको हो ?’

संसदमा राजपाको प्रश्न- ‘मधेसमा जनमत संग्रह गर्न सहमति गरेको हो ?’

राजनीति, समाचार
काठमाडौँ — फागुन २६। राष्ट्रिय जनता पार्टीले सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमति सकारात्मक भए पनि प्रष्ट जवाफ दिनुपर्ने बताएको छ । आइतबारको संसद् बैठकमा विशेष समय लिएर बोल्दै राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले आफूहरु राष्ट्रिय एकता र अखण्डताको पक्षमा रहेको भन्दै 'स्वतन्त्र मधेस गठबन्धन’सँगजनमत संग्रह गर्ने सहमतिगरेकाे भएआफूहरुलाई स्वीकार्य नहुने यादवले बताए। 'विखण्डनलाई सरकारले मान्यता दिएको हो? सरकारको जवाफ चाहन्छौं,’ उनले भने। सरकारले जनमत स‌ंग्रह गर्ने सहमति गरेको भए त्यसले मुलुकमा नयाँ द्वन्द्व सृजना हुनेउनकाे दाबी थियाे। सीके राउतले सरकारसँग जनमत संग्रह गर्ने सहमति भएको दाबी गरेको भन्दै उनले यसबारे सरकारले संसदमा प्रष्ट जवाफ दिनुपर्ने माग गरेका छन्। उनले आफूहरुसँग भएको सहमति पालना नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पनि जानकारी गराएका थिए। संयोज...