आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

होमस्टे, होटेल तथा रिसोर्ट सञ्चालकहरूलाई योग तथा पूर्वकर्म अभिमुखीकरण कार्यक्रम

होमस्टे, होटेल तथा रिसोर्ट सञ्चालकहरूलाई योग तथा पूर्वकर्म अभिमुखीकरण कार्यक्रम

समाचार, स्वास्थ्य
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले होमस्टे, होटेल तथा रिसोर्टका सञ्चालकहरूका लागि योग तथा पूर्वकर्म सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । आयुर्वेद तथा योगको माध्यमबाट पर्यटकलाई चिकित्सा सेवा प्रदान गरी चिकित्सा पर्यटनको विकास र प्रवर्द्धन गर्ने उदेश्यका साथ चन्द्रागिरि नगरपालिकास्थित मातातिर्थमा कार्यक्रम गरिएको हो । आयुर्वेदको माध्यमबाट पर्यटन क्षेत्रलाई टेवा पुर्‍याउनको लागि यो कार्यक्रम सञ्चालनमा ल्याइएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जनाएको छ ।  आयुर्वेदका औषधिहरूले मालिस, बाफले सेक्ने आदि विधिहरू रोगी व्यक्तिका लागि मात्र नभई तनाव व्यवस्थापन तथा स्वास्थ्य प्रवर्द्धन हेतु समेत प्रभावकारी रहेको हुनाले पर्यटकहरूका लागि आकर्षक रहेको छ । पूर्वीय दर्शनमा वर्णन गरिएको योगका विभिन्न विधिहरू तर्फ समेत पर्यटकहरूको आकर्षण बढेको र उक्त सेवाहरू आफ्ना होमस्टे, हो...
करिब २५ टन प्लाष्टिकजन्य फोहोरमैला सुनकोशी नदीमा चुहावट हुनबाट रोकियो

करिब २५ टन प्लाष्टिकजन्य फोहोरमैला सुनकोशी नदीमा चुहावट हुनबाट रोकियो

समाचार, समाज
सिन्धुली । क्याप परियोजना अन्तर्गत क्रिएशन नेपालले गोलन्जोर गाउँपालिकासँग मिलेर करिब २५ टन बराबरको प्लाष्टिकजन्य फोहोरमैला संकलन गरी सुनकोशी नदीमा चुहावट हुनबाट रोकेका छन । शुक्रवार गोलन्जोर गाँउपालिकाको खुर्कोट –७ नदीको किनारमा विगत लामो समय देखि फोहोर डम्पिङ साइटको रुपमा परिणत भएको हटस्पटबाट उक्त परिणामको प्लाष्टिकजन्य फोहोरमैला संकलनगरी सफा गरेका छन । क्याप परियोजना अन्तर्गत आयोजना गरिएको नदी सरसफाई अयिभान परियोजना ले परिचालन गरेको युवा स्वयं सेवक(यूथ कोहर्ट), सशस्त्र प्रहरीबल, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरोकारवालासँगको सहकार्यमा करिब सय भन्दा बढी सहभागिहरुले सरसफाई अभियानमा सहभागिता जनाएका थिए । ‘क्याप परियोजना ’ नेपालमा प्लिज (प्लास्टिक फ्री रिभर्स एन्ड सीज अफ साउथ एशिया) को एक प्रमुख आयोजनाको रुपमा रहेको छ भने, यूनोप्स र विश्व बैंकको सहयोगमा दक्षिण एसिया सहकारी वातावरण...
विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ

खेलकुद, समाचार, समाज
विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात ‘एभरेष्ट डे’को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ। नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा आज पाँच हजार छ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङको मैत्रीपूर्ण खेल भएको हो। सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित कालापत्थरमा पहिलोपटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता सम्पन्न गरिएको हो। नेपालको पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) र अमेरिकाकी रेस्लर डानियल मोरिसन (डानी मो)बीच सम्पन्न मैत्रीपूर्ण प्रतिस्पर्धामा नेपालकी भगवती खड्का विजयी भइन्। रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकाले यो विश्व रेकर्ड हुने दाबी गरिन्। मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका निर्वाह ग...
‘दाग’को विमोचनमा कलाकार शिवन पोखरेल लगायतलाई सम्मान

‘दाग’को विमोचनमा कलाकार शिवन पोखरेल लगायतलाई सम्मान

मनोरन्जन, समाचार
‘दाग’को विमोचनमा कार्यक्रममा स्रष्टा सर्जकहरूलाई सम्मान गरिएको छ । सोमाबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच प्रतिनिधिसभा उपसभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा स्रष्टा सर्जकलाई सम्मान गरिएको हो । कार्यक्रममा ब्राण्ड यु पिक्चर्स तारकेश्वर कला प्रतिष्ठानबाट मोडल/नृत्य निर्देशक प्रदीपकुमार रसाइली, गीतकार टिका भट्टराई नेपाल र फोटोपत्रकार बद्री थापालाई ‘तार्केश्वर कला सम्मान २०८०’ अर्पण गरिएको थियो । सो अवसरमा पि आर इन्टरटेन्मेन्टका संरक्षक दिलकुमारी रसाइली, हिटाकर्मी एवं गीतकार गीता अधिकारी, बिशिष्ठ कलाकारहरू रमा थपलिया, उत्तम केसी, भिडियो निर्देशक प्रदीप रसाइली, संगीतकार पुस्कर सुनुवार, मोडल निर्देशक सिवन पोखरेल, कलाकारहरू समिता गिरी, सरोज गिरी, राजकुमार शाह, सुमिना कार्की, डुपचन लामा, श्रृगार शंकर वराल, सम्पादन/करलरिष्ट अमृत चापागाई लगायतलाई सम्मान गरिएको थियो । सो अवसरमा ‘दाग’...
आजकै दिन हामीले स्वतन्त्रतासहित गणतन्त्र प्राप्त गरेका थियौं :राष्ट्रपति पौडेल

आजकै दिन हामीले स्वतन्त्रतासहित गणतन्त्र प्राप्त गरेका थियौं :राष्ट्रपति पौडेल

राजनीति, समाचार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जबसम्म प्रत्येक नेपाली नागरिकको अनुहार र आँगनमा खुशी र उज्यालो पुग्दैन, त्यो बेलासम्म संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पुरा हुँदैन भन्नुभएको छ । राष्ट्रपति पौडेलले गणतन्त्र दिवस २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना सन्देश दिनुहुँदै आज गणतन्त्रले खोजेको सबैभन्दा ठूलो विषय जनताको जीवनस्तर माथि उठाउने नै भएको स्पष्ट गर्नुभएको छ । “त्यसका लागि उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी प्रवर्धन एवं सुशासन हो, जबसम्म प्रत्येक नेपाली नागरिकको अनुहार र आँगनमा खुशी र उज्यालो पुग्दैन, त्यो बेलासम्म संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पुरा हुँदैन”, शुभकामना सन्देशमा उल्लेख छ । उहाँले यो अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको बताउनुभएक...
व्यवसायसँगै समाजसेवामा महेश बुढाथोकी

व्यवसायसँगै समाजसेवामा महेश बुढाथोकी

आर्थिक, समाचार
जस्तोसुकै परिस्थितिमा पनि विचलित नभई मिहिनेत गर्न छाडेन भने सफलता पाइन्छ भन्ने उदाहरण हाम्रो समाजमा प्रशस्तै छन् । यस्तै मध्येका एक उदाहरण हुनुहुन्छ महेश बुढाथोकी । उहाँले व्यवसायसँगै समाजसेवामा आफूलाई संलग्न गराउँदै आउनुभएको छ । त्रिवेणी गाउँपालिका-२ काँरागिठी सल्यानका महेश पेशाले मेडिकल व्यवसायी हुनुहुन्छ । मेडिकल व्यवसाय मानिसको स्वाथ्यसँग जोडिएको व्यवसाय हो । मानिसको जीवन रक्षा गर्नु पनि आफैंमा पुण्यको काम हो । यही पेशमा विगत ११ वर्षदेखि आफूलाई संलग्न गराउँदै आउनुभएका महेशको अर्को परिचय भनेको समाजसेवा हो । शिक्षा, स्वास्थ्य र बालबालिकाका अधिकारको क्षेत्रमा आफूले सक्दो योगदान पुर्‍याउँदै आउनुभएका महेश सामाजिक कार्य हरेक मानिसको कर्तव्य ठान्नुहुन्छ । असहाय वा कुनै पनि किसिमले आर्थिक कमजोर भएका लागि उहाँको सद्भाव र योगदान रहने गर्दछ । हरेक मानिसले आफ्नो जीवनमा खुशी ...
राष्ट्रपति भेट्न प्रधानमन्त्री दाहाल शितल निवासमा

राष्ट्रपति भेट्न प्रधानमन्त्री दाहाल शितल निवासमा

राजनीति, समाचार
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभएको छ । सो भेटमा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राख्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। सो अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताउनुभएको थियो । ...
गीता अधिकारीलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’

गीता अधिकारीलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’

मनोरन्जन, समाचार
चलचित्र पत्रकार एंव गीतकार गीता अधिकारीलाई नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ प्रदान गरिएको छ । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा अधिकारीलाई एघार हजार एक सय एघार रुपैयाँ सहित पुरस्कृत गरिएको हो । अधिकारी दुई दशक भन्दा बढी चलचित्र पत्रकारिता क्षेत्रमा क्रियाशील छिन् । उनी मिलाप राष्ट्रिय मासिक पत्रिकामा आवद्ध छिन् । नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारलाई नेपाल चलचित्र संघका अध्यक्ष एंव निर्माता नरेन्द्र महर्जनले स्थापना गरेका हुन् ।विहीबार हेटौँडामा आयोजित एक कार्यक्रमका बीच अधिकारी सहित चार जनालाई पुरस्कृत तथा सम्मान गरिएको छ । संघले चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट बालकृष्ण अधिकारीलाई पुरस्कृत गरेको छ । संघको संस्थापक सह सचिव रहेका अधिकारी मकवानपुरमा रहेर कान्तिपुर टेलिभिजनक...
थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु

थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु

आर्थिक, समाचार
थाइल्याण्डको ध्वजाबाहक एयरलाइन्स् कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरुआत गरेको छ । थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौँसम्मको उडान गरिरहेकामा कोरोना महामारीका कारण स्थगित गरेको थियो । नेपाललाई विश्वसँग जोड्ने र विश्वबजारका यात्रुहरूलाई पनि नेपाल ल्याउने थाई एयरवेजको यो आधा शताब्दी लामो यात्रामा कोभिड महामारीका कारण मार्च २०२२ मा रोकिएको थियो । थाई एयरवेजले २९ अक्टोबर २०२३ मा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालको लागि जेनरल सेल्स एजेन्टका रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको थियो । हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । नेपालमा पुन उडान सुचारु भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि थाइ एयरवेजले १५ डिसेम्बर २०२३ मा दोस्रो दैनिक उडान सुरु गरेको हो । थाई एयरवेजका डिरेक्टर अफ ...
माधव भण्डारीको स्वरमा ‘हाँस परान’ (भिडियो)

माधव भण्डारीको स्वरमा ‘हाँस परान’ (भिडियो)

मनोरन्जन, समाचार
माधव भण्डारीको नयाँ गीत ‘हाँस परान’ सार्वजनिक भएको छ । भण्डारीकै शब्द, संगीत, एरेञ्ज र डिका गुरुङको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । स्वरमा रेजिना परियारले भण्डारीलाई स्वरमा साथ दिनुभएको छ । https://youtu.be/2gNsxwwDK-Y मिलन श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा हीराकाजी सेञ्चुरी, प्रकाश सोनी, गीता केसी, काजल गोतामेलगायतको अभिनय रहेको छ । बिशाल गोङ्बाको सिनेमेटोग्राफी र ड्रोन रहेको भिडियोमा रोशन धितालको सम्पादन छ । गीतको भिडियो माधव भण्डारी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । ...