आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

मिसेस व्यूटी क्वीन नेपाल २०२४ का लागि आवेदन खुल्ला

मिसेस व्यूटी क्वीन नेपाल २०२४ का लागि आवेदन खुल्ला

मनोरन्जन, समाचार
काठमाडौं, विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरूको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस व्यूटी क्वीन नेपाल २०२४ सातौं संस्करणका लागि दोस्रो अडिसन समपर्न भएको छ । उक्त अडिसनवाट १५ जना छनौट गरिएको छ । उपत्यका लगायत मोफसलका विभिन्न ठाउवाट काठमाडौं आउनु भएका १९ वर्षदेखि ५० वर्ष सम्मका विवाहित महिलाहरुलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन । विवाहित महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, साथै उनीहरूको आन्तरिक क्षमता उजागर गर्न कार्यक्रम गर्न लागिएको उनले बताइन । उक्त प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा साउनको अन्तिम साता काठमाडौंमा हुनेछ । उक्त प्रतियोगितामा सहभागीताको लागि आवेदन फारम पनि खुल्ला गरेको छ । ...
यो वर्षको उत्कृष्ट कलेजको अवार्ड ‘भिएस कलेज’लाई

यो वर्षको उत्कृष्ट कलेजको अवार्ड ‘भिएस कलेज’लाई

शिक्षा, समाचार
चावहिल क्षेत्रको उत्कृष्ट तथा छोटो समयमा लोकप्रिय बनेको प्लस टु तथा व्याचुलर लेवलको अब्बल भिएस कलेजले ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेसनल एक्सिलेन्स अवार्ड’ अन्तर्गत वेस्ट कलेजको अर्वाड प्राप्त गरेको छ । नेपाल चेम्बर अफ कमर्स नेपाल महिला चेम्बरको प्रस्तुति, लिडिभाइन,भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा बिहीवार काठमाडौँको र्यालडिसन होटेलमा आयोजित एक समारोहमा कलेजले उक्त अवार्ड प्राप्त गरेको हो । लामो समय देखि शिक्षा क्षेत्रमा कार्यरत व्यक्तित्वहरुले सन्चालन गरिरहेको कलेजले छोटो समयमा नै अपेक्षा गरे भन्दा राम्रो सफलता हासिल गरे बापत क्याम्पस प्रमुख रामकृष्ण सिंखडा उक्त सम्मानद्वारा विभूषित बनेका छन् । विशिष्ट अतिथि, प्रख्यात अभिनेत्री जय प्रदा लगायतले उक्त अवार्ड हस्ताण्तरण गरेका थिए । अवार्ड प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै भिएस कलेजका रामकृष्ण सि...
चलचित्र “चिट्ठी”लाई सेन्सरले दियो पिजी सर्टिफिकेट

चलचित्र “चिट्ठी”लाई सेन्सरले दियो पिजी सर्टिफिकेट

मनोरन्जन, समाचार
एरा प्रोडक्सनको प्रा.लि. को ब्यानरमा निर्माण भएको चलचित्र चिट्ठीको सिंहदरवार स्थित केन्द्रिय चलचित्र जाँच पास समितिको कार्यलयमा सेन्सर भएको छ । केन्द्रिय चलचित्र जाँच समितिबाट चलचित्रले पिजी सर्टिफिकेट पाएको छ । अब यो फिल्म १६ बर्ष मुनिका बालकालिकाले अनिवार्य रुपमा अभिभावकको साथमा मात्र हेर्न पाउने भएका छन् ।कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको चलचित्रलाई संचारकर्मी समेत रहेकी निर्माता कमला जोशीले निर्माण गरेकी हुन् । माधव राज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रको प्रदर्शनी मिति भने केही दिन भित्रै सार्वजनिक गर्ने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रलाई हेरिसकेपछि राम्रो चलचित्र रहेको प्रतिक्रिया सेन्सर समितिका पदाधिकारीहरुले दिएका छन् ।चलचित्र चिट्ठीमा प्रमुख कलाकारका रुपमा सञ्जित भण्डारी, खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नवराज थापा, मुस्कान लामा, प्रवण भुसाल, कञ्चन...
सञ्जिला र विजयालाई ‘मिस एण्ड मिसेस व्यूटिफुल’को उपाधि

सञ्जिला र विजयालाई ‘मिस एण्ड मिसेस व्यूटिफुल’को उपाधि

मनोरन्जन, समाचार
दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा राजधानीमा सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत नवौं संस्करणको ‘मिस ब्युटीफुल नेपाल’ को उपाधि सञ्जिला तामाङ र आठौं संस्करणको ‘मिसेस ब्युटीफुल नेपाल’को उपाधि विजया अधिकारीले जितेका छन् । प्रतियोगितामा ‘मिस ब्युटीफुल नेपाल’ तर्फ विपना मल्ल ‘फष्ट रनरअप’, इश्वरी हमाल ठकुरी ‘सेकेण्ड रनरअप’ र ‘पब्लिक च्वाईस’, जेलिना भट्टराई ‘मोष्ट पपुलर’ र सञ्जिला तामाङ ‘मोष्ट ट्यालेन्ट’ घोषित भए । त्यस्तै ‘मिसेस ब्युटीफुल नेपाल’तर्फ रमिता बज्राचार्य ‘फष्ट रनरअप’, रितु रौनियार ‘सेकेण्ड रनरअप’, विजया अधिकारी ‘पब्लिक च्वाईस’ र ‘मोष्ट पपुलर’ घोषित भए । फिनालेमा दुवै समूहका आठ÷आठ गरी १६ प्रतिष्पर्धी थिए । प्रतियोगिताको निर्णायकमा सरोज खनाल, यम बराल, सुनिता दुलाल, मञ्जु थापा, बालकृष...
सुनितालाई उत्कृष्ट व्यूटिसियनको अवार्ड

सुनितालाई उत्कृष्ट व्यूटिसियनको अवार्ड

आर्थिक, समाचार
काठमाडौं । भारतको प्रतिष्ठित संस्था लिडिभाईनले पांचौ संस्करण सम्म भारतको दिल्लीमा आयोजना गर्दै आएको इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ यस पटक काठमाडौंको होटल र्याडिसनमा सम्पन्न छैठौं संस्करणको उक्त अवार्ड समारोहमा ‘उत्कृष्ट व्यूटिसियन’को अवार्ड सुनिता पहाङ्गो लिम्बुले हात पार्न सफल भएकी छिन । गत साता भव्य रुपमा सम्पन्न ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ कार्यक्रममा उनलाई सो अवार्ड भारतिय प्रख्यात अभिनेत्री एवं पूर्व सांसद जय प्रदा सहित वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा,वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ अभिनेत्रीत्रय,बसुन्धरा भुषाल,चैत्यदेवी तथा भुवन चन्दको हातबाट संयुक्त रुपमा प्रदान गरिएको थियो । डेढ दशकभन्दा लामो समयदेखि सौन्दर्यकला क्षेत्रमा आवद्ध रहि निरन्तररुपमा सो पेशालाई मर्यादित बनाई उत्कृष्ट योगदान दिए वापत उनलाई यो वर्षको उत्कृष्ट व्यूटिस...
लिडिभाईन, प्याजेन्ट नेपालको आयोजना र नेपाल महिला चेम्बरको प्रस्तुतीमा ईण्डो नेपाल सांस्कृतिक समारोह, बलिवुड अभिनेत्री जय प्रदालाई सम्मान

लिडिभाईन, प्याजेन्ट नेपालको आयोजना र नेपाल महिला चेम्बरको प्रस्तुतीमा ईण्डो नेपाल सांस्कृतिक समारोह, बलिवुड अभिनेत्री जय प्रदालाई सम्मान

मनोरन्जन, समाचार
काठमाडौं । ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्श नेपाल महिला चेम्बरको प्रस्तुती, लिडिभाईन,भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा बिहीवार काठमाडौँको र्‍याडिशन होटेलमा भव्य रुपमा उक्त समारोह सम्पन्न भएको हो । नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष एवं साल्ट ट्रेडिङ् कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त समारोहमा विशेष अतिथी प्रख्यात अभिनेत्री जय प्रदा लगायत नेपाल, भारत, युके लगायत देशबाट सहभागिता जनाएका अतिथीजनलाई स्वागत गर्दै समारोहलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सवैलाई धन्यवाद दिएकी थिईन । प्रतिनिधि सभाका उप-सभामुख ईन्दिरा रानाको प्रमुख आतिथ्यता तथा लोकप्रिय भारतिय अभिनेत्री जय प्रदाको विशेष आतिथ्यता रहेको उक्त समारोहमा नेपाल तथा भा...
एसईई प्रिन्सेस बाह्रौं सस्करण सम्पन्न, शिक्षकहरु सम्मानित

एसईई प्रिन्सेस बाह्रौं सस्करण सम्पन्न, शिक्षकहरु सम्मानित

मनोरन्जन, समाचार
काठमाडौं। सिजन मिडियाद्धारा आयोजित नामी कलेज एसईई प्रिन्सेस २०२४ सम्पन्न भएको छ । एसईई प्रिन्सेसको बाह्रौं सस्करणकी विजेताको ताज प्राप्ति श्रेष्ठले पहिरन सफल भएकी छिन् । उनले एसईई प्रिन्सेससँगै मोष्ट टेयालेन्टको अवार्ड पनि हात पारिन् भने फष्ट रनरअप प्रीति शर्मा,सेकेण्ड रनरअप निरजरा श्रेष्ठ,थर्ड रनरअप ज्यास्मिन धमेना र फोर्थरनरअप शुभ के.सी. विजयी भए। विजेता श्रेष्ठले ल्यापटप तथा नामीकलेजमा १ लाख बराबरको छात्रावृति प्राप्त गरिन्,फष्ट र सेकेण्डरनरअपले क्रमसः स्यामसङम मोवाइल फोन साथै दशजोड दुई अध्ययनको लागि छात्रावृति प्राप्त गरे भने थर्ड र फोर्थ रनरअपले डिजिटल स्माट वाच साथै छात्रावृति पाएका छन्। त्यसैगरी, अन्य विविध सव टाइटलमा अर्गनाइजर च्वाइस इभा कपाली , पपुलर च्वाइस सविना तामाङ, मिस स्टाइलिस क्रीस्मि गुरुङ, भियोर्स च्वाइस कृर्पा केसी, फोटोजेनीक रन्जना ठकुरी, क्रियटिभ अवार्ड एकता अर्याल...
‘मृत्युकोष’को छायाँकन सम्पन्न

‘मृत्युकोष’को छायाँकन सम्पन्न

मनोरन्जन, समाचार
चलचित्र निर्देशक माधव राज खरेलको निर्देशनमा लघुचलचित्र मृत्युकोषको छायाँकन सम्पन्न भएको छ । काठमाण्डौ ललितपुर र नुवाकोटका विभिन्न स्थानमा छायाँकन गरिएको मृत्युकोषलाई मुकेश हुँमागाइले खिचेका छन् भने उनलाई छायाँकार राजन खरेलले साथ दिएका छन् । उक्त चलचित्रमा बिक्रम गौतमको मेकअप रहेको छ । चलचित्रमा एक जना मानिसले आफ्नो जिवनको उत्तराद्र्धमा आएर भोग्नु परेको समस्याहरुलाई उठान गरिएको छ । नेपाल परिवेशमा पछिल्लो समय यूवाहरुको प्रवास पलायनको प्रमुख मारमा बृद्धबृद्धाहरु पर्ने गरेका छन् । यसै विषय बस्तु भित्र रहेर एउटा शसक्त सामाजिक सचेतनाको लागि पनि यो चलचित्रको निर्माण भएको निर्देशक खरेलले बताएका छन् । चलचित्रमा तेज गिरी, गीता अधिकारी, प्रवण भुषाल, लिगेश भट्टराई, शान्तिप्रिय, राजन थापा, राजेन्द्र पाण्डे, दिपक थापा, नम्रता खरेल, सुमिरा गिरी, सपना जोशी, राजन खरेल, जनक सिंह, डा. राजिव यादव, सौरी...
ग्लोबल आर्ट,कल्चर एण्ड टुरिज्मको तेश्रो सम्मेलन दुवईमा सम्पन्न

ग्लोबल आर्ट,कल्चर एण्ड टुरिज्मको तेश्रो सम्मेलन दुवईमा सम्पन्न

समाचार, समाज
दुवई । तेश्रो ग्लोबल आर्ट,कल्चर एण्ड टुरिज्म कन्फ्रेन्स युएईको वरदुवई स्थित एसके सेभेनमा भव्य रुपमा सम्पन्न भएको छ ।  दुवईका अध्यागमन हेड शरिफ अलि मुहम्मदको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कन्फ्रेन्समा सहभागी हुन नेपालबाट करिव ५ दर्जन वढि विशिष्ट व्यक्तित्वहरु आईपुगेका थिए । कलाकार,पत्रकार,समाजसेवी,शिक्षाविद्,व्यबसायीहरु लगायत विभिन्न क्षेत्र प्रतिष्ठित व्यक्तित्वहरुको वृहत सहभागिता रहेको उक्त कन्फ्रेन्समा दुवईमा रहेका विशिष्ट व्यक्तित्वहरु समाजसेवी एवं व्यबसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । युएईका प्रतिष्ठित व्यबसायी एवं समाजसेवी ठाकुर प्रसाद ढुंगाना,व्यबसायी एवं समाजसेवी मनोज गोर्खाली,वरिष्ठ गायक आनन्द कार्की, साहित्यकार, जे सागर,पत्रकार मुकुन्द ढंगाना,ईनासका हरि मोक्तान लगायतको विशेष उपस्थिती रहेको कार्यक्रम इनास,युएईका अध्यक्ष एमडी बोहोराको सभापतित्वमा सम्पन्न भएको थियो ।...
विश्व कीर्तिमानी डा.डीआर उपाध्यायलाई भारतको इन्दोरमा सम्मान

विश्व कीर्तिमानी डा.डीआर उपाध्यायलाई भारतको इन्दोरमा सम्मान

समाचार, समाज
विश्व कीर्तिमानी डा.डीआर उपाध्यायलाई भारतको इन्दोरमा सम्मान गरिएको छ । इन्दोरमा बलिउडका कलाकार सहभागी एक विशेष समारोहमा डा.उपाध्यायलाई सम्मान अर्पण गरिएको हो । सो अवसरमा सञ्जय विनायक जोशी, सैतुन सिंह पाल, प्रतिमा बागरी, डा.विके बजाज, डा.जशवीर सिंह, बलिउड अभिनेता विन्दु दारा सिंह, रञ्जितलगायत व्यक्तित्वहरूको उपस्थिति थियो । डा.उपाध्यायलाई १५३ विश्व कीर्तिमान कायम गर्नुभएकोमा विशेष सम्मान अर्पण गरिएको थियो । डा.उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् । ...