सोम, असार ३१, २०८१
Mon, July 15, 2024
Shadow

सुनितालाई उत्कृष्ट व्यूटिसियनको अवार्ड

काठमाडौं । भारतको प्रतिष्ठित संस्था लिडिभाईनले पांचौ संस्करण सम्म भारतको दिल्लीमा आयोजना गर्दै आएको इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ यस पटक काठमाडौंको होटल र्याडिसनमा सम्पन्न छैठौं संस्करणको उक्त अवार्ड समारोहमा ‘उत्कृष्ट व्यूटिसियन’को अवार्ड सुनिता पहाङ्गो लिम्बुले हात पार्न सफल भएकी छिन ।

गत साता भव्य रुपमा सम्पन्न ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ कार्यक्रममा उनलाई सो अवार्ड भारतिय प्रख्यात अभिनेत्री एवं पूर्व सांसद जय प्रदा सहित वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा,वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ अभिनेत्रीत्रय,बसुन्धरा भुषाल,चैत्यदेवी तथा भुवन चन्दको हातबाट संयुक्त रुपमा प्रदान गरिएको थियो ।

डेढ दशकभन्दा लामो समयदेखि सौन्दर्यकला क्षेत्रमा आवद्ध रहि निरन्तररुपमा सो पेशालाई मर्यादित बनाई उत्कृष्ट योगदान दिए वापत उनलाई यो वर्षको उत्कृष्ट व्यूटिसियनको अवार्ड प्रदान गरिएको हो ।

जलजले तेह्रथुम स्थायी घर भई हाल वुढानिलकण्ठ नगरपालिका,च्यासुनडोलमा सूनिता व्यूटि पार्लर संचालन गरि थुप्रैलाई सौन्दर्यकलामा दक्ष बनाई रोजगारी श्रृजनामा समेत योगदान दिदै आएकी उनले मिसेस व्यूटिफुल नेपाल २०२३ को फस्ट रनर अपको उपाधी जित्न सफल भएकी थिईन ।

नेपालमा हुने थुप्रै ईभेन्टहरुमा मेकअपको जिम्मेवारी सम्हाल्दै आएकी सुनिताले हाल सम्म थुप्रै प्रतिष्ठित संघ संस्थाहरुबाट विभिन्न सम्मान पदक प्राप्त गरिसकेकी छिन ।

नेपाल चेम्बर अफ कमर्श नेपाल महिला चेम्बरको प्रस्तुती, लिडिभाईन,भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा सो अवार्ड समारोह भव्य रुपमा सम्पन्न भएको थियो ।
प्रतिनिधि सभाका उप-सभामुख ईन्दिरा रानाको प्रमुख आतिथ्यता तथा लोकप्रिय भारतिय अभिनेत्री जय प्रदाको विशेष आतिथ्यता रहेको उक्त समारोहमा नेपाल तथा भारतका उच्च पदस्थ व्यक्तीहरु सेलिब्रेटी तथा प्रसिद्ध कलाकारहरुका साथै करिब सात सय भन्दा बढी दर्शकहरुको उपस्थिति रह्यो ।

कला साहित्य र सँस्कृति लगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउदै आएका र सामाजिक जीवनमा प्रसिद्धि कमाएका विभिन्न विधाका करिब ४ दर्जन बढि प्रतिष्ठित व्यक्तिहरूलाई उक्त अवार्ड प्रदान गरियो । जसमा नेपालबाट करिब तीन दर्जन बढी र भारतबाट करिब डेढ दर्जन बढि व्यक्तित्वहरुले अवार्ड प्राप्त गरे ।

नेपालका चर्चित कलाकारहरु गायक आनन्द कार्की, गायक यम बरालको प्रस्तुती रहेको समारोहमा भारतिय कत्थक डान्सरहरुको नृत्य र नेपाल भारतका र्याम्प मोडलहरुले दुवै देशको संस्कृति झल्कने पहिरनबाट र्याम्प शो समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *