आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

टान अध्यक्षका उम्मेद्वार सागर पाण्डेले अघि सारे तीन मुख्य एजेण्डा

टान अध्यक्षका उम्मेद्वार सागर पाण्डेले अघि सारे तीन मुख्य एजेण्डा

आर्थिक, समाचार
आसन्न टान नेतृत्वमा अध्यक्षको उमेदवारी घोषणा गरेका सागर पाण्डेले पहिलो चरणमा तीनवटा एजेण्डा अघि सारेका छन् । उनले व्यवसायी तथा मजदुरका विषयलाई लिएर राहत तथा उद्धार अक्षयकोषको स्थापना गर्ने, कानूनी परामर्श इकाईको गठन गर्ने र बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श इकाई गठनको कार्ययोजना अघि सारेका छन् । उनले आफ्ना ३ बुँदे कार्ययोजनामा सबै कर्मचारी तथा मजदुर साथीहरुका लागि राहत तथा उद्धार अक्षय कोषको स्थापना गर्ने बताएका छन् । पाण्डेले टान सदस्य कम्पनीको कर्मचारी, ट्रेकिङ गाइड वा मजदुर जुनसुकै वेला घाइते हुने, वा मृत्यू सम्म हुने अवस्था आइपर्ने उल्लेख गर्दै त्यस्तो समस्यामा उसलाई सहयोग गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित र व्यवहारिक बनाउन राहत प्रदान गर्नेगरी अक्षयकोष स्थापना गर्नु महत्वपूर्ण भएको उनले उल्लेख गरेका छन् । त्यसैगरी उनले व्यवसायीहरुलाई कुनै पनि बेला दिर्घकालीन रोग वा महंगो उपचार ग...
युएईमा ‘नेपाल आईडल विथ स्टेण्डअप कमेडी’ हुँदै

युएईमा ‘नेपाल आईडल विथ स्टेण्डअप कमेडी’ हुँदै

मनोरन्जन, समाचार
नेपाल आईडल सिजन ५ का विजेता करण परियारको उपस्थितिमा युएईमा नेपाल आईडल विथ स्टेन्डअप कमेडी हुने भएको छ । आगामी अगष्ट ३ र ४ तारिख युएईको राजधानी अबुधाबी र दुबईमा आयोजना हुने कार्यक्रममा नेपाल आईडल सिजन ५ का विजेता करण परियार , फष्ट रनरअप सलोनी गुरुङ , सेकेन्ड रनरअप सचिन विश्वकर्मा सहित कमेडियनद्वय सुमन कोईराला (दले दाइ) र सजन श्रेष्ठले प्रस्तुति दिनेछन । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) र द अरनिको ईन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको यो कार्यक्रम नेपाल आईडल सिजन ५ का विजेता र उपविजेताहरुको पहिलो अन्तराष्ट्रिय कार्यक्रम हो । गन्तव्य ट्राभल एण्ड टुरिजमले मुख्य प्रायोजन गरेको कार्यक्रममा कमेडियन सजन श्रेष्ठले पहिलोपटक युएईमा प्रस्तुति दिन लागेका हुन । दले दाई उपनामबाट प्रख्यात कमेडियन सुमन कोईरालाको भने युएईमा यो दोस्रो शो हो । उनले यसअघि ईनासकै आयोजनामा दुबईमा शो गरिसकेका छन् । ...
परेश र इन्द्रकलाको पुर्वेली लोकभाका ‘लिम्दुङमा’ (भिडियो)

परेश र इन्द्रकलाको पुर्वेली लोकभाका ‘लिम्दुङमा’ (भिडियो)

मनोरन्जन, समाचार
परेश राई र इन्द्रकला राईको स्वर रहेको पुर्वेली लोकभाकाको गीत ‘लिम्दुङमा’ सार्वजनिक भएको छ । देभिनबाबु राईको शब्द संगीत र सागर संसार राईको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/hm6_Od4E0DQ डिजे मेवाहाङको निर्देशन रहेको गीतको भिडियोमा गायक परेश, विपना राई र तिमालकुमार राईलाई फिचरिङ गरिएको छ । गीतको भिडियो भोजपुर मैयुङ आसपास छायांकन गरिएको हो । भिडियोमा एक गाउँको गरिब गोठालो र धनी जिम्बाल बाउको छोरीबीचको माया प्रेमलाई देखाईएको छ । भिडियोमा भोजपुरको मैयुङ आसपासको मनोरम प्राकृतिक मनमोहक दृष्यसमेत देख्न सकिन्छ । अमृत चापागाईंको सम्पादन रहेको गीतको भिडियोमा गंगाराम राईको छायांकन छ भने सिर्जन राईको सहयोगी छायांकनमा हुनहुुन्छ । ...
किरण केसी ’इको केयर’को ब्राण्ड एम्बेसडरमा नियुक्त

किरण केसी ’इको केयर’को ब्राण्ड एम्बेसडरमा नियुक्त

मनोरन्जन, समाचार
लोकप्रिय वरिष्ठ कलाकार किरण केसी ‘राता मकै’ इको केयर प्रालिको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । बुधबार बानेश्वरमा एक पत्रकार सम्मेलन गरी उनी ब्रान्ड एम्बेस्डरमा नियुक्त भएको जानकारी दिइएको हो । अत्याधुनिक प्रविधिको बढी प्रयोग गरी इट्टा उत्पादन गर्ने इको केयर प्रालिले केसीलाई पाँच वर्षका लागि ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो । कुनै पनि प्रकारको जैविक इन्धनको प्रयोग नगरी वातावरणमैत्रीरुपमा इट्टा उत्पादन गर्ने यस कम्पनीको दाबी छ । विगतमा आफूले पनि इँट्टाभट्टा सञ्चालन गरेको बताउँदै केसीले इट्टा पोल्दा प्रदूषण फैलिने भएकाले व्यवसाय छाडेको स्मरण गरे । ‘विना प्रदूषण इट्टा उत्पादन हुन्छ भनेपछि म दूत बन्न राजी भएँ,’ पत्रकार सम्मेलनमा उनले भने । कम्पनीका संस्थापक अध्यक्ष विनोद श्रेष्ठका अनुसार पोलेर इट्टा उत्पादन गर्ने परम्परागत शैलीको विकल्पका रुपमा इको केयरले स्थापना भएको हो ...
आराध्य र दीक्षा नेशन्स् गट ट्यालेन्ट

आराध्य र दीक्षा नेशन्स् गट ट्यालेन्ट

मनोरन्जन, समाचार
गायन र नृत्यको टेलिभिजन रियालिटी शो नेसन्स् गट ट्यालेन्ट केही अघि सम्पन्न भएको छ। देशभरका ८ देखि १३ वर्षका सहभागी नेशन्स गट ट्यालेन्टमा नृत्यतर्फ आराध्य महर्जन विजयी हुँदा दीपशिखा कार्की फस्ट, साम्रगी पन्थी सेकेन्ड, आयु खत्री थर्ड र मोनालिषा धामी फोर्थ रनर्सअप भए। त्यसैगरी गायनतर्फ दीक्षा उप्रेती विजयी भइन् भने अप्सानी डंगोल फस्ट, अर्पण विश्वकर्मा सेकेन्ड, रितिन झा थर्ड र युमी राई फोर्थ रनर्सअप भए। रियालिटी शोका दर्शकको भोटका आधारमा विजयी घोषणा गरिएको थियो । रियालिटी शोमा देशका प्रमुख स्थानबाट गायन तथा नृत्य विधाका सयौँले अडिसन दिएका थिए। त्यसमध्ये निर्णायक मण्डलको निर्णयको आधारमा उत्कृष्ट २६ छनोट गरी दुवै विधाबाट १६–१६ जना अर्को चरणमा प्रवेश गरेका थिए। निर्णायकको निर्णयको आधारमा १२ प्रतिस्पर्धीको प्रिमियर राउन्ड घोषणा गरिएको थियो। रियालिटी शोको गायन विधामा गायक आनन्द कार्की र गायिक...
मोडल सन्ध्या सानु रामेछाप सांस्कृतिक कलाकार समाजको वरिष्ठ उपाध्यक्षमा चयन

मोडल सन्ध्या सानु रामेछाप सांस्कृतिक कलाकार समाजको वरिष्ठ उपाध्यक्षमा चयन

मनोरन्जन, समाचार
काठमाडौं । मोडल सन्ध्या सानु रामेछाप सांस्कृतिक कलाकार समाजको वरिष्ठ उपाध्यक्षमा चयन भएकी छिन ।   उत्तम पौडेल नेतृत्वको  नयाँ कार्यसमिति उनलाई सो पदमा चयन गरिएको हो । समाजको शुक्रवार १५ औँ साधारण सभा तथा पाँचौँ अधिवेशन काठमाडौँको कोटेश्वर स्थित् सुनुवार सेवा समाजको भवनमा भएको थियो | रामेछाप जिल्लाका कलाकारहरु जसले कलाकरिताको बिभिन्न क्षेत्रमा रहेर काम गरि समाज, जिल्ला, देश र राष्ट्रलाइ नै चिनाउने बाटोमा हिडेका छन् ती सबै कलाकारलाई थप सहयोग गर्न, एक जुट भएर कार्य गर्न, परेको बखत कलाकारको संगठनले समाजसेवाका समेत कार्य गर्ने भनि रामेछाप कलाकार समाजको परिकल्पना गरि निरन्तर संचालनमा हाल वरिष्ठ उपाध्यक्ष भएकी सानुले बताईन । लामो समयदेखि कलाकारितामा सक्रिय सानु राजधानीमा रहि नृत्य प्रशिक्षण गराउनुका साथै सौन्दर्यकलाको तालिम समेत प्रदान गर्दै आएकी छिन । राजनीति तथा समाजसेवामा...
गायिका सुमी पराजुलीको ‘लुकामारी’(भिडियो)

गायिका सुमी पराजुलीको ‘लुकामारी’(भिडियो)

मनोरन्जन, समाचार
चर्चित गायिका सुमी पराजुलीको नयाँ नेपाली गीत ‘लुकामारी’ सार्वजनिक भएको छ । सुमी पराजुलीको आधिकारिक युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो । मिन सागरको शब्द रहेको गीतमा रेखा पौडेलको संगीत रहेको छ । दिपेश एस. केको कोरियोग्राफी रहेको भिडियोमा टेकेन्द्र शाहको निर्देशन तथा संम्पादन रहेको छ । भिडियोमा चर्चित गायिका सुमी पराजुली आफैले अभिनय गरेकी छन् । https://youtu.be/gnsaCyHxFMg गीतलाई सन्तोष प्रगाडले एरेन्ज गरेका हुन् । गायीका पराजुलीका यस अघिको गित चुम्मा चपक्कैले २०८०/८१ मा ३ वटा वर्षको सर्वोत्कृष्ट लोक पप गायन महिला अवार्ड पाउन सफल भैसकेका छन् । ...
किरण माइकल घिमिरेको लेखन निर्देशनमा वेभ सिरिज ‘मोड’ बन्ने

किरण माइकल घिमिरेको लेखन निर्देशनमा वेभ सिरिज ‘मोड’ बन्ने

मनोरन्जन, समाचार
किरण माइकल घिमिरेको लेखन निर्देशनमा वेभ सिरिज ‘मोड’ बन्ने भएको छ । सम्पूर्ण छायांकन अष्ट्रेलियामा रहेन यो सिरिजको हाल प्रि प्रोडक्सनको काम भइरहेको निर्देशक घिमिरेले बताए । करियरको दुई दशक लामो समय सांगितिक र फिल्मी क्षेत्रमा खर्चिएका घिमिरे हाल अष्ट्रेलियामा छन् । यो बीचमा उनले दर्जन बढि नेपाली फिल्मको कथा लेखनको काम गरिसकेका छन् । सोहि अनुभवलाई लिएर ‘वेभ सिरिज’ निर्माण निर्देशनमा जुटेको घिमिरेले बताए । ‘मोड’ नाम दिईएको यो सिरिजले वैदेशिक ग्रिनकार्ड, प्रेम र विवाहसम्मको कथावस्तु पेश गर्नेछ । १८ महिना लगाएर लेखिएको भनिएको यो सिरिज आध्या प्रोडक्सन अष्ट्रेलियाको ब्यानरमा तयार हुनेछ । ९ एपिसियोडमा तयार हुने सिरिजमा १२ वटा ओएसटी समावेश हुने घिमिरेले बताएका छन् । सेप्टेम्बर दोस्रो साताबाट छायांकनमा जाने सिरिजमा हालसम्म आकाश पल, अभी सुनार, पवित्रा केसी र रमेश सेन्चुरी प्रमुख कलाकारमा फा...
अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा मिनिल्यान्ड माध्यमिक विद्यालय सहभागी

अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा मिनिल्यान्ड माध्यमिक विद्यालय सहभागी

शिक्षा, समाचार
भारतको राजधानी नयाँ दिल्लीमा सृष्टि परफमिङ आर्ट्स द्वारा आयोजित अन्तर्राष्ट्रिय लोक नृत्य सम्मेलनमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५, काठमाडौँमा अवस्थित मिनिल्याण्ड माध्यमिक विद्यालयले नेपालको प्रतिनिधित्व गर्दै नेपाली संस्कृति, भेषभुषा तथा परम्परालाई विश्व सामु परिचित गराउने हेतुले सहभागिता जनाएको थियो । उक्त कार्यक्रममा कक्षा ८,९ र १० का १२ विद्यार्थीहरूले नेपाली लोक नृत्यहरू प्रस्तुत गरेका थिए । उक्त सम्मेलनमा नेपाल लगायत बेल्जियम, श्रीलंका, भारत, घाना आदि राष्ट्रहरूको सहभागिता हुनुको साथसाथै भारतको दिल्ली लगायत विभिन्न राज्यहरुबाट सम्मेलनमा आएका विद्यालयहरू तथा डान्स एकेडेमीहरूले पनि उत्कृष्ट सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । चार दिनसम्म चलेको उक्त सम्मेलनमा नेपालको तर्फबाट मिनिल्यान्डका विद्यार्थीहरूले गुरुङ्ग, सुनार र नेपाली भेषभूषामा ३ वटा सांस्कृतिक प्रस्तुतिहरु प...
लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल हुदै’

लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल हुदै’

मनोरन्जन, समाचार
थर्ड आइ, लण्डनको आयोजनामा बेलायतको राजधानी लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल, लण्डन–२०२४’ प्रारम्भ भएको छ । नेपालका लागि द दिनेश डिसी प्रोडक्सनले व्यवस्थापन गरेको उक्त फेस्टिभल गत जुलाई ७ (असार २३ गते आइतवार) लण्डनमा प्रारम्भ भैसकेको छ । मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार यो फेस्टिवल यही जुलाई २० (साउन ५ गते) सम्म चल्नेछ । धेरै लामो समयदेखि नेपाली फिल्मसँग सम्बन्धित तथा संगीतिक कार्यक्रम आयोजना गर्दै आएको थर्ड आईले बेलायतको राजधानी लण्डनमा यो फेस्टिभल दोस्रो पटक आयोजना गरेको हो । यो फिल्म फेस्टिभलमा पाँच वटा नेपाली फिल्म प्रदर्शनको लागि छनौट भएका छन् । कार्यक्रम उद्धघाटन आइतवार स्थानिय समय अनुसार साँझ ४ः३० बजे Tramshed, 51-53 Woolwich New Rd, London SE18 6ES हलमा मा प्रदीप शाहिको लेखन तथा निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’ तथा विक्रम सापकोटाको लेखन तथा निर...