बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

शुक्रबार नेपालमा थप ३०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

शुक्रबार नेपालमा थप ३०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
शुक्रबार नेपालमा थप ३०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ रहेको छ । पछिल्लो २४ घण्टामा ४८० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९८६ पुगेको छ। यस्तै हालसम्म १५८ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख ३५ हजार ३०१ जनाको पीसीआर परीक्षण गरिएको छ । ...
प्रधानमन्त्री ओलीले आफुहरुले माघ २३ गते जनप्रदर्शन गरेर देखाउने बताए

प्रधानमन्त्री ओलीले आफुहरुले माघ २३ गते जनप्रदर्शन गरेर देखाउने बताए

राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओली समूहले पनि जनप्रदर्शन गर्ने भएको छ । शुक्रबार काठमाण्डौमा पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुहरुले माघ २३ गते जनप्रदर्शन गरेर देखाउने बताएका हुन् । प्रचण्ड–माधव समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभाबारे टिप्पणी गर्दै उनले आफुहरुले वास्तविक  जनप्रदर्शन कस्तो हुन्छ भनि गरेर देखाउने बताएका हुन् । उनले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका रुपमा लिँदै सुशासन र विकासको गतिलाई तीव्र बनाइने बताएका छन् । उनले प्रतिनिधिसभा पुनःस्थापनाको व्यवस्था संविधानमा नभएकाले अदालतलाई नधम्क्याउन आग्रह गरे । प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनका समयमा तत्कालीन आफ्नो पार्टीले विधानमा संवैधानिक राजतन्त्रको वकालत गरिरहेको नेपाली कांग्रेससँग संयुक्त आन्दोलन गरिरहेका स्थितिमा ‘बयल...
कुनै व्यक्तिलाई कोरोना भाइरसविरुद्ध खोप लगाएकै कारण असर देखिए सरकारले उपचार खर्च बेहोर्ने

कुनै व्यक्तिलाई कोरोना भाइरसविरुद्ध खोप लगाएकै कारण असर देखिए सरकारले उपचार खर्च बेहोर्ने

समाचार, स्वास्थ्य
 कोरोना भाइरसविरुद्ध नेपालमा खोप भित्रिएसँगै कुनै व्यक्तिलाई खोप लगाएकै कारण असर देखिए सरकारले उपचार खर्च बेहोर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोपकै कारण समस्या देखिए उपचार गरिनेछ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले खोप लगाएकै कारण समस्या देखिए सरकारले उपचार गर्ने बताए । उनले भने, ‘केही समस्या देखिए उपचार गर्ने हो । उपचार सरकारले गर्छ ।’ खोप ऐन २०७२ मा उपचार तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्था छ । उपचार तथा क्षतिपूर्ति व्यवस्थामा उल्लेछ, ‘कुनै खोप लगाएकै कारण खोप लिएको व्यक्तिको स्वास्थ्यमा गम्भीर असर परेको कुरा अनुसन्धान समितिले ठहर गरेमा सो खोप जुन निकाय वा संस्थाबाट दिइएको हो, सो निकाय वा संस्थाले त्यस्तो व्यक्तिको उपचार गरी क्षतिपूर्तिसमेत दिनुपर्नेछ ।’ यस्तै, कुनै खोप लगाएकै कारणबाट कुनै व्यक्तिको अंगभंग भई गम्भीर प्रकारको शारीरिक ...
आज विक्रम सम्बत २०७७ माघ १० गते शनिवारको राशिफल

आज विक्रम सम्बत २०७७ माघ १० गते शनिवारको राशिफल

राशिफल, समाचार
आज विक्रम सम्बत २०७७ माघ १० गते शनिवार । इश्वी सम्बत २०२१ जनवरी २३ तारिख । नेपाल सम्वत् ११४१ पोहेलाथ्व । पौष शुक्लपक्ष दशमी , २०:०० बजे उप्रान्त एकादशी । नक्षत्र : २०:०० बजे उप्रान्त एकादशी । करण: तैतिल ०६:५८ बजेदेखि गर , २०:०० बजे उप्रान्त वव । योग : शुक्ल , २२:०१ बजे उप्रान्त ब्रह्म । आज सूर्योदय बिहान ६ बजेर ५६ मिनेटमा हुनेछ भने सूर्यास्त बेलुकी ०५ बजेर ३६ मिनेटमा हुने छ । आजको राशिफल निम्नानुसार छ– मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भौतिक साधन जुट्नेछन र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हाँकेका काममा सफलता आर्जन गर्न सकिने छ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगाउन सकिने छ । प्रशंसकहरूले साथ दिनेछन । वृष (इ, उ, ए, ओ, बा...
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको प्रयासलाई प्रभावकारी बनाउनका लागि कार्यकारी आदेश जारी

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको प्रयासलाई प्रभावकारी बनाउनका लागि कार्यकारी आदेश जारी

अन्तराष्ट्रिय, समाचार
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको प्रयासलाई प्रभावकारी बनाउनका लागि कार्यकारी आदेश जारी गरेका छन् । बाइडेनले बुधबार मात्रै अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिएका थिए । कार्यकारी आदेश अनुसार खोप अभियानलाई तीव्रता प्रदान गरिने छ भने परीक्षणको दायरा बढाइने छ । मास्कसहितका अत्यावश्यक सामग्रीको उत्पादन बढाउनका लागि आकश्मिक कानून लागु गरिने भएको छ । कोरोना भाइरसविरुद्धको अभियानका लागि १० अभियानको घोषणा गर्दै राष्ट्रपति बाइडेनले महामारीमाथि विजय प्राप्त गर्न केही महिना लाग्ने भए पनि अमेरिका यसबाट बाहिरि निस्कने बताए । तर त्यसका लागि नागरिक एकतावद्ध हुनु पर्ने उनले बताएका छन् । ...
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्ने ठोकुवा

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्ने ठोकुवा

राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्ने ठोकुवा गरेका छन् । उक्त समूहले शुक्रबा राजधानीमा आयोजना गरेको सभामा बोल्दै उनले संविधान बचाउन संसद पुन:स्थापनाको विकल्प नरहेको बताए । अदालतले के गर्ला भने भ्रममा बस्नु नपर्ने उनको भनाइ छ । खनालले भने, ‘हामीलाई सर्वोच्च अदालतप्रति पूरा विश्वास छ । त्यस अदालतले संसदको पुन:स्थापना गर्छ, गर्छ । त्यो भन्दा अर्को कुनै विकल्प छैन । अदालतले के गर्ला भनेर भ्रम छर्नुपर्ने आवश्यकता छैन । सर्वोच्च अदालतका न्यायमूर्तिहरुले नेपाली जनता के भन्दैछन् सुनिरहनुभएको छ, मनमा गुनिरहनुभएको छ ।’ निर्वाचन आयोगले पनि कुन पार्टी आधिकारिक भन्ला भनेर जनताले पर्खेर बसेको उनले बताए । ‘तर अहिलेको निर्वाचन आयोग पनि हुकुमी शासनले बनाएको होइन । हामीले बनाएको हो, संविधानसभाले बनाएको हो । दल ऐनको धाराले...
‘दुई स्वास्नीको पोई’ बने गोपाल ढकाल ‘छन्दे’

‘दुई स्वास्नीको पोई’ बने गोपाल ढकाल ‘छन्दे’

मनोरन्जन, समाचार
आगामी मंगलबारदेखि दर्शकमाझ नयाँ हास्य श्रृंखला ‘दुई स्वास्नीको पोइ, कुना पसी रोई’ को प्रसारण हुने भएको छ । श्रृंखला योहो टेलिभिजन एचडीमा प्रत्येक मंगलबार राति ८:३० बजेदेखि प्रसारण हुन लागेको हो । काठमाडौँमै छायांकन भइरहेको यो श्रृंखला यूट्युबबाट पनि प्रसारण हुनेछ । समसामयिक तथा पारिवारिक विषयवस्तुमा आधारित उक्त श्रृंखलालाई एसकेएस फिल्म्सको प्रस्तुतिमा निर्माण गरिएको हो । गीता नेपाल (दाउरी) को लेखन रहेको यो श्रृंखलामा ज्ञानकुमार कट्टेलको निर्देशन छ । श्रृंखलामा हास्य अभिनेता गोपाल ढकाल ‘छन्दे’ दुई श्रीमतीको श्रीमानको को भूमिकामा देखिँदैछन् । श्रृंखलामा गोपालसहित शुभेच्क्षा थापा, विद्या कार्की, विशाल पहाडी, शुशिला निरौला (बिम्ली), गीता नेपाल (दाउरी), पुरुषोत्तम खड्का, चिन्तामणि पोखरेल, आयुष दाहाल, आयुष कार्की, कृष्ण खड्का, रामकृष्ण नेपाल, विजया बडाल आदि कलाकारको अभिनय रहनेछ । काठमाडौं...
काठमाडौ लेडि जेसिजको आयोजनामा राजधानीमा साइवर अपराध सूरक्षा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौ लेडि जेसिजको आयोजनामा राजधानीमा साइवर अपराध सूरक्षा सचेतना कार्यक्रम सम्पन्न

समाचार, समाज
काठमाडौ लेडि जेसिजको आयोजनामा राजधानीमा साइवर अपराध सूरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ । लोकप्रिय हांस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम नेपाली कला क्षेत्रमा लागेका कलाकाहरुका लागी विशेष रुपमा आयोजना गरिएको थियो ।नेपाली गीत संगित तथा कलाकारहरुका लागी लक्षित उक्त सचेतना तालिम कार्यक्रमले लाखौं सर्वसाधारण विच पुग्न सक्ने कलाकारहरुले नेपालमा बढ्दो साइवर अपराधलाई न्यूनिकरणका लागी सहयोगी भूमिका खेल्न सक्ने भएकोले उक्त कार्यक्रमको आयोजना गरिएको हो । ईसिपिआई युनिभर्सिटि अमेरिकाका प्रोफेसर डा. रामहरि सुवेदीले साईवर अपराध सम्बन्धि महत्वपूर्ण जानकारी दिएका थिए । नेपालमा बढ्दो साईवर अपराध र त्यसको न्यूनिकरण विषयक चेतनामूलक जानकारीबाट उपस्थित कलाकारहरुले आफुले ज्ञानवद्र्धक कुराहरु हासिल गरेको र यस्ता जानकारी दर्शक श्रोतामाझ पुर्याउने प्रत...
अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्वन्धलाई दिए निरन्तरता

अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्वन्धलाई दिए निरन्तरता

अन्तराष्ट्रिय, समाचार
अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्वन्धलाई निरन्तरता दिएका छन। उनले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्लुएचओसँगको सम्वन्धलाई निरन्तरता दिने निर्णय गरेका हुन। यसअघि निवर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओसँगको सम्वन्ध अन्त्य गरिएको घोषणा गरेका थिए। सो निर्णयको सर्वत्र आलोचना भएको थियो। वाइडेनले ट्रम्पको गल्तीलाई सच्याएको रुपमा लिइएको छ। अघिल्लो राष्ट्रपतिको निर्णयलाई सच्याएकोमा डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले धन्यवाद दिएका छन। विश्वभरी स्वास्थ्य महामारी चलिरहेका बेला डब्लुएचओसँग अमेरिकाको सहकार्य अत्यावश्यक रहेको आवाज उठिरहेका बेला अमेरिकाले फेरि सम्वन्धलाई जोडेको बताएको हो। ...
मुलुक असहज परिस्थितिबाट गुज्रिदै

मुलुक असहज परिस्थितिबाट गुज्रिदै

राजनीति, समाचार
डा.डिआर उपाध्याय अहिले मुलुक असहज परिस्थितिबाट गुज्रिरहेको छ । यो असहज परिस्थितिमा विदेशी चलखेल पनि बढीरहेको छ । देशमा दिगो शान्ति स्थापित नहुञ्जेल सम्म यस्ता गतिविधि बढिरहन्छन् । नेपाली जनताको चाहना भनेको विकास, समृद्धि र सुशासन हो ।तर यी सबै चाहनाहरु निराशामा परिणत भएका छन् । अहिले देशमा जे जति राजनीतिक दलहरुले राजनीति गरेका छन् । ती सबै जनताको भलाई भन्दा व्यक्तिगत स्वार्थमा लिप्त भएको देखियो । जनतामा कुनै आशा जगाउने किसिमले कुनै दलले काम गर्न सकेका छैनन् । अहिले नेपालमा सिद्धान्तको राजनीति सबैजसो दलहरुले छोडेको देखिन्छ । किनभने सिद्धान्तको राजनीति गरेको भए सिद्धान्त बमोजिम व्यवहारमा कार्यन्वयन हुन्थ्यो ।त्यो हुन सकेको छैन । त्यसैले राजनीतिप्रति नेपाली जनतामा वितृष्णा बढ्दै गएको छ । नेताहरुमा गलत प्रवृति हावी हुँदै जादा नेपालमा राजनीति त्यति सम्मानित हुन सकेको छैन । यसमा सुधार ल्य...