बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

विश्वमा एकैदिन १६ हजार १ सय ७१ जना कोरोना संक्रमितको मृत्यु

विश्वमा एकैदिन १६ हजार १ सय ७१ जना कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
काठमाडौं । विश्वमा एकैदिन १६ हजार १ सय ७१ जना कोरोना संक्रमितको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ । यसरी विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख ९८ हजार ५३ पुगेको छ । अमेरिकामा एकैदिन एक लाख ८० हजार १ सय १४ जनामा संक्रमण देखिएको छ भने चार हजार ११ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै भारतमा एकैदिन १३ हजार ७ सय १ जनामा संक्रमण देखिएको छ भने १ सय ४७ जनाको मृत्यु भएको छ । त्यस्तै बेलायतमा एकैदिन ३७ हजार ८ सय ९२ जनामा संक्रमण देखिएको छ भने १२ सय ९० जनाको संक्रमणबाट मृतयु भएको छ । ...
ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

समाचार, समाज
सप्तरी ।जिल्लाकाे कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ट्र्याक्टर आफैँ अनियन्त्रत भई पल्टिँदा ट्र्याक्टरमा सवार कञ्चनरूप–११ का १६ वर्षीय कृष्ण साह, ट्र्याक्टर चालक १७ वर्षीय विशाल राम, १७ वर्षीय सुनिलकुमार राम र अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ मटिगढाका २१ वर्षीय मदन साह घाइते भएका छन्। शरीरका विभिन्न भागमा चोट लागेका घाइते कृष्णको अवस्था गम्भीर छ। ट्र्याक्टर चालक विशालको खुट्टामा, सुनिलको खट्टा, पेट र टाउकामा तथा मदनको टाउकामा चोट लागेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरुको सप्तरीको रूपनीस्थित युनिक अस्पतालमा उपचार ...
नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय

नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय

आर्थिक, समाचार
 नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ। विश्वबजारमा गुणस्तरीय मानिने भारतको दार्जिलिङ र कलकत्ताको अर्थोडक्सभन्दा नेपालको चिया उच्च गुणस्तरीय भएको दाबी गरिन्छ। यही लोकप्रियताले पश्चिमा मुलुकमा नेपाली चियाको माग उच्च छ। नेपाली चियाको ठूलो हिस्सा खपत हुने भारतबाहेक अन्य तेस्रो मुलुकमा नेपाली चिया उच्च मूल्यमा बिक्छ। विश्वका कुनाकुना पुग्ने नेपाली चिया नेपालकै अधिकांश जिल्लामा अहिले पनि देखिँदैन। अर्थोडक्सलाई स्वास्थ्यबद्र्धक मानिन्छ तर एकातिर गुणस्तरीय र अर्कातिर स्वदेशी उत्पादन भए पनि नेपालमै पहिचान बनाउन नसक्नु लज्जास्पद देखिन्छ। भारतले नेपाली चियालाई ‘गुणस्तरहीन’ भन्दा पनि भारतमै चिया बेच्नुपर्ने बाध्यता छ तर नेपाली बजारमा चिया पुर्याउन अहिलेसम्म कसरत भएकै देखिँदैन। पन्ध्र प्रतिशत अर्थोडक्स मात्र नेपालमा खपत हुने गरेको तथ्याङ्कले देखाउँछ...
(नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै

(नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै

राजनीति, समाचार
 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ। केन्द्रीय सङ्घर्ष समितिले सभालाई पनि व्यवस्थित बनाउन आग्रह गरेको छ। रत्नपार्कमा शुक्रबार हुने विरोधसभामा काठमाडौँ उपत्यका र आसपासका जिल्लाका जनसमुदायको सहभागिता हुने नेकपाले जनाएको छ। विरोधसभा शुरु हुनुअघि राजधानीका विभिन्न स्थानबाट निकालिने जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईँ, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतल...
‘मुसेको छोरा’ (हातभरी टाटु) सार्वजनिक(भिडियोसहित)

‘मुसेको छोरा’ (हातभरी टाटु) सार्वजनिक(भिडियोसहित)

मनोरन्जन, समाचार
र्‍याप गीत ‘मुसेको छोरा’ (हातभरी टाटु) सार्वजनिक भएको छ । र्‍याप स्टार एल्बममा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । नेपाली हिपहप रेकर्डसको प्रस्तुति रहेको गीतमा शब्द, सङ्गीत र र्‍याप साङ्गे तामाङ (यसटी म्यान)को रहेको छ भने मिक्सिङ तथा माष्टरिङ रुथलेशको छ । https://www.youtube.com/watch?v=CRC3nBb8WnQ&feature=emb_logo झोले टिमको छायाँकन रहेको गीतको भिडियोमा रवी तामाङको सम्मादन, राजु तामाङको कलर, विविके घतानीको एनिमेशन छ । गीतको भिडियो नेपालमै पहिलो अन्तर्राष्ट्रिय लेभलको र्‍याप गीत भएको निर्माण पक्षले दाबी गरेको छ । सार्वजनिक यो र्‍याप गीतको भिडियोले हुलिया हेरेर कसैले कसैलाई जज नगर्नु भन्ने सन्देश दिन खोजेको र्‍यापर साङ्गे तामाङले बताउनुभयो । झोले टिमकै निर्देशन रहेको गीतको भिडियोमा रामचन्द्र अधिकारी, शुसान्त घलान, शृजना तामाङ, भावना वराईली, ऋतु थापामगर, अञ्जना तामाङ, य...
च्याउ खेतीमा जम्दै ‘लभ डायरीज’ नायक विश्वजित रिमाल

च्याउ खेतीमा जम्दै ‘लभ डायरीज’ नायक विश्वजित रिमाल

मनोरन्जन, समाचार
करिब १ बर्ष अघि प्रदर्शन भएको सफल चलचित्र ‘लभ डायरीज’ नायक विश्वजित रिमाल यतिबेला कृषि कर्ममा तल्लिन छन् । कोरोनाको कारण भएको लामो लकडाउन र त्यसले चलचित्र छेत्रमा पारेको असरका कारण पनि नायक रिमालले पूर्णरुपमा च्याउ फर्म खुलेर च्याउको व्यवसायिक उत्पादन सुरु गरेका हुन् । नुवाकोटको देवीघाट खड्गभज्याङ स्थायी घर भएका विश्वजितले आफ्नो दाइ बिकाश रिमालसंग मिलेर करिब ३ करोडको लगानीमा ललितपुरको गोदावरीमा ”मा दुर्गा मशरुम इण्डस्ट्रीज”संचालन गरिरहेका छन् । उनको च्याउ फर्म अत्याधुनिक हाइटेक प्रविधिबाट च्याउ उत्पादन हुने नेपालकै दोस्रो ठुलो च्याउ फर्म हो । १२ रोपनी जग्गा भाडामा लिएर सुरु गरिएको उनको ”मा दुर्गा मशरुम इण्डस्ट्रीज”मा अहिले हरेक महिना करिब १० टन च्याउ उत्पादन हुने गरेको छ। उनलाइ च्याउ फर्मको अनुभबको बारेमा प्रश्न गर्दा यसो भन्छन हामीकहाँ कृषि पेशालाई हेयको दृष्टिले हेरिन्छ । कृषि कर्ममा...
पिएचडी चेम्वरको आयोजनामा फाइभ पि नेपाल भर्चुअल अन्तर्राष्ट्रिय एक्स्पो शुरु

पिएचडी चेम्वरको आयोजनामा फाइभ पि नेपाल भर्चुअल अन्तर्राष्ट्रिय एक्स्पो शुरु

आर्थिक, समाचार
काठमाडौं, माघ -नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा भारतको पिएचडी चेम्वर अफ कमर्सले बुधबारबाट फाइभ पि नेपाल भर्चुअल अन्तर्राष्ट्रिय एक्स्पो आयोजनामा ल्याएको छ । जनवरी २० देखि २३ सम्म जारी रहने उक्त एक्स्पोको भर्चुअल समुद्घाटनसंगै नेपाल भारत व्यवसाय प्रवद्र्धनका चुनौति तथा संभावना बिषयमा वेबिनार समेत आयोजना गरिएको छ । सो अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोभिडको बेलामा नेपाल भारत वीच व्यवसाय प्रवद्र्धनका बिषयमा कार्यक्रम आयोजना गरेकोमा पिएचडी चेम्वरलाइ धन्यबाद दिदै दुइ मुलुक बीच विद्यमान व्यापार तथा लगानीका विविध चुनौति एवम् संभावना बारे प्रकाश पारे । भारतले अन्य मुलुकहरुमा गरेको लगानीको तुलनामा नेपालमा नगन्य लगानी भएकोले भारत तथा नेपालका निजी क्षेत्रले नेपालमा भारतीय लगानी बढाउन संयुक्त पहल गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष श्रेष्ठले नेपालमा कृषि,जडिवुटीजन्य, खनिज ...
काठमाडौं महानगरपालिकाको आठौँ अधिवेशनले तीन विधेयक पारित गर्दै विभिन्न कार्यक्रममा बजेट संशोधन

काठमाडौं महानगरपालिकाको आठौँ अधिवेशनले तीन विधेयक पारित गर्दै विभिन्न कार्यक्रममा बजेट संशोधन

समाचार, समाज
काठमाडौं महानगरपालिकाको आठौँ अधिवेशनले तीन वटा विधेयक पारित गरेको छ । पारित भएका विधेयकमा ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक-२०७७’, ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक—२०७७’ र ‘काठमाडौं महानगरपालिका संस्था दर्ता तथा नियमनसम्बन्धी विधेयक—२०७७’ रहेको छ । हिजो (बुधवार) कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले ती विधेयक पारित गर्दै विभिन्न कार्यक्रममा बजेट संशोधनसमेत गरेको छ । सातौँ नगर सभाबाट स्वीकृत कार्यक्रममध्ये शीर्षक मिलाउनुपर्ने, स्रोत सुनिश्चित गर्नुपर्ने, कार्यान्वयनमा आउन नसक्ने कार्यक्रमलाई कार्यान्वयन गर्न सकिने योजनामा परिवर्तन गर्नुपर्ने कार्यक्रमलाई वार्षिक बजेट सीमामा फरक नपर्ने गरी बजेट संशोधन गरिएको हो । बैठकबाट लेखा समितिको प्रतिवेदन पनि पारित भएको छ । समितिले प्रतिवेदनमा वित्तीय सुशासन...
जिल्ला प्रशासन कार्यालय तनहुँले एक करोड १७ लाख २१ हजार राजश्व संकलन

जिल्ला प्रशासन कार्यालय तनहुँले एक करोड १७ लाख २१ हजार राजश्व संकलन

आर्थिक, समाचार
जिल्ला प्रशासन कार्यालय तनहुँले एक करोड १७ लाख २१ हजार राजश्व संकलन गरेको छ । कार्यालयले आ.व ०७७-०७८ को साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा उक्त राजश्व संकलन भएको जनाएको छ । राहदानी शुल्कबापत ९२ लाख १० हजार ५००, न्यायिक दण्ड, जरिवाना र जफत शुल्क १६ लाख ९१ हजार, कम्पनी संस्था रजिष्ट्रेशन नवीकरण शुल्क पाँच लाख ३६ हजार २२० संकलन गरेको छ । त्यसैगरी प्रशासनिक दण्ड, जरिवाना,जफत शुल्क दुई लाख आठ हजार ९००, हातहतियारको इजाजतपत्र दस्तुर ६५ हजार ६५० र अन्य प्रशासनिक सेवा शुल्क आठ हजार ७३० गरी उक्त राजस्व संकलन गरेको हो । जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकता प्रमाणपत्र चार हजार ३४५, प्रतिलिपि नागरिकता दुई हजार १३४ नाबालक परिचयपत्र ११०, अङ्गिकृत दुई र एउटा नागरिकता रद्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । त्यसैगरी जिल्लाबाट सिफारिस गरिएका राहदानी एक हजा...
कांग्रेसले आज संसद विघटनको विरोधमा  देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन  गर्दै

कांग्रेसले आज संसद विघटनको विरोधमा देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गर्दै

राजनीति, समाचार
 प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले आज वडाहरुमा विरोध प्रदर्शन गर्दैछ । संसद विघटनको विरोधमा आज देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन आयोजना गरिएको कांग्रेसले जनाएको छ । यसअघि विघटनको विरोधस्वरुप गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकामा प्रदर्शन गरिसकेको कांग्रेसले विरोधका कार्यक्रमलाई वडा स्तरमा केन्द्रित गरेको हो । विरोध प्रदर्शनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवाले सबैमा अपिल समेत गरेका छन् । ...