अदूरदर्शी नेता र अन्धभक्त कार्यकर्ता
डा.डिआर उपाध्याय
अहिले हाम्रो देशको राजनीतिक, सामाजिक, आर्थिक एवं शैक्षिक अवस्था खल्बलिएको स्थिति छ । यसलाई सही बाटोमा ल्याउनका लागि राजनीतिक पाटो सही ठाउँमा आउन जरुरी छ ।अझै पनि देशमा गरिबी, बेरोजगारी, अशिक्षा विभेद, अभाव, पछौटेपन, भ्रष्टाचार, महँगी हटेको छैन । यसको मुख्य कारण राजनीतिक अस्थिरता हो । लामो समयसम्मको राजनीतिक लडाइँबाट प्राप्त लोकतन्त्रका मूल्य र मान्यता संस्थागत हुन सकेको छैन ।
देशमा भएका कुनै दल र तिनका नेताहरुले यी समस्याको समाधान गर्न सकेका छैनन् । देशमा पटक पटक भएका आन्दोलन र त्यसबाट प्राप्त उपलब्धीहरु यतिखेर धरापमा परेको अवस्था छ । देशमा प्रजातन्त्र आएको तीन दशकसम्म पनि देश र जनताका समस्याहरू ज्युका त्युँ रहेका छन् । यी परिवर्तनले नेता मोटाउने र जनता दुब्लाउने मात्र काम भएको छ । यो बाहेक अरु उपलब्धी हुन सकेन । यावत यी समस्याहरु उत्पन्न हुनुको जड राजनीतिक दल र तिन...








