शुक्रबार नेपालमा थप ३०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४८० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९८६ पुगेको छ।

यस्तै हालसम्म १५८ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख ३५ हजार ३०१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here