शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

शिक्षा

नयाँ शैक्षिक सत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम

नयाँ शैक्षिक सत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, समाचार
काठमाडौं – यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन नसकेपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको हो । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले नयाँ शैक्षिक सत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरिने जानकारी दिए । “त्यसका लागि आवश्यक तयारी भइरहेको छ”, उनले भने । कक्षा १ मा पनि यसै वर्ष नयाँ पाठ्यक्रम लागू गर्ने तयारी छ । त्यसअनुसार अब कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले छ सय पूर्णाङ्कको अध्ययन गर्नुपर्नेछ । नयाँ पाठ्यक्रमअनुुसार अब नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन गरी तीन विषय अनिवार्य पढ्नु पर्नेछ । यसअघि कक्षा ११ मा नेप...
विद्यालयले अभिभावकलाई जथाभावी शुल्क लिने कार्य बन्द गर्नुपर्छ:डा. डिआर उपाध्याय

विद्यालयले अभिभावकलाई जथाभावी शुल्क लिने कार्य बन्द गर्नुपर्छ:डा. डिआर उपाध्याय

शिक्षा, समाचार, समाज
डा .डिआर उपाध्याय, कोरोना संक्रमणको बढ्दो महामारीका कारण धेरै क्षेत्रमा प्रभाव पारेको छ । सवै भन्दा महत्वपूर्ण कुरा के हो भने भविश्यका कर्णधार विद्यार्थीहरुको भविश्य अन्योलमा छ । शैक्षिक सत्र सुरु भइसक्दासमेत अधिकांश विद्यालयको पठनपाठन सुरु हुन सकेको अवस्था छैन । निजी विद्यालयहरूले अनलाइनमार्फत कक्षा सञ्चालन गरिरहेका छन । तर अनलाइनमार्फत पढाई भएता पनि खासै प्रभावकारी हुन सकेको देखिदैन । यो भनेको निजी विद्यालयहरूको शुल्क उठाउने खेलो मात्र हो । यतिखेर विद्यार्थी र अभिभावकहरू निकै चिन्तित अवस्थामा छन् । सरकारले पनि शैक्षिक क्षेत्रलाई कसरी सञ्चालन गर्ने भन्ने बिषयमा स्पष्ट कार्ययोजना बनाउन सकेको छैन । केही निजी विद्यालयहरुले लकडाउन अवधिको समेत अभिभावकलाई शुल्क तिर्न ताकेता गरिरहेका छन । जुन कारणले गर्दा यति खेर अभिभावकहरू चिन्तित बन्न पुगेका छन् । पढाउँदै नपढाइ विभिन्न शीर्षकमा अभिभावकल...
गोत्रको सुरुवात कसरी भएको थियो  ? गोत्र थाहा नभए के गर्ने ?

गोत्रको सुरुवात कसरी भएको थियो ? गोत्र थाहा नभए के गर्ने ?

Featured, शिक्षा, समाचार
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र ‘त्र’ आशय हुन्छ ‘रक्षा गर्नु’ । अतः गोत्रको एक अर्थ ‘इन्द्रिय आघातबाट रक्षा गर्नु’ । जसको स्पष्ट संकेत ‘ऋषि’ को तर्फ पनि हुन्छ । सामान्यतया ‘गोत्र’ ऋषि परम्परासँग सम्बन्धित मानिन्छ । ब्राह्मणाका लागि ‘गोत्र’ विशेष रूपमा महत्वपूर्ण हुन्छ । किनकी ब्राह्मणहरु ऋषिका सन्तान मानिन्छन् । जसअनुसार प्रत्येक ब्राह्मणको सम्बन्ध ऋषिकूलसँग हुन्छ । प्राचीन कालमा चार जना ऋषिका नामबाट गोत्र पराम्परा सुरु । ति ऋषि हुन्, अंगिरा, कश्यप, वशिष्ठ र भगु । केही समय पछि जमदग्नि, अत्रि, विश्वामित्र तथा अगस्त्य पनि त्यसमा जोडिए । व्यावहारिक रूपमा ‘गोत्र’ को आशय पहिचानसँग जोडिएको हुन्छ । जो ब्राह्मणहरुका लागि उनीहरुको ऋषिकुलसँग सम्बन्ध...
विद्यालयको शुल्क भुक्तानी गर्न प्याब्सन र एन–प्याब्सनको आग्रह

विद्यालयको शुल्क भुक्तानी गर्न प्याब्सन र एन–प्याब्सनको आग्रह

शिक्षा, समाचार
काठमाडौं/८ असार– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (एन–प्याब्सन) ले अभिभावकहरुलाई विद्यालयमा बुझाउनु पर्ने शुल्क बुझाउनका लागि अनुरोध गरेका छन् ।उनीहरुले अभिभावकहरुलाई विद्यालयमा उपस्थित भई सामाजिक दूरी कायम गरी आ–आफ्ना छोराछोरीको (नयाँ तथा पुरानो) अभिलेखीकरण गराउन, ०७७ सालमा विद्यालयमा बुझाउनु पर्ने शुल्क भुक्तानी लगायतका आर्थिक गतिविधिमा सहयोग गर्न आग्रह गरेका हुन् ।कोरोना भाइरस संक्रमणका कारण विद्यालय लामोदेखि समय बन्द हुँदा निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालयमा कार्यरत दुई लाख बढी शिक्षकले तलब पाउन सकेका छैनन् । शिक्षकहरुले लामो समयदेखि तलब नपाउँदा जीविकोपार्जनमा समस्या आएको गुनासो गरेका छन् भने अर्को तिर भाडामा सञ्चालन भएका निजी विद्यालयलाई कोठा भाडा र बैंकको साँवारब्याज, किस्ता तिर्न समेत समस्या भएपछि प्याब्सन र ए...
वेद विद्याश्रमलाई सनराइज ब्यांकको दुईलाख २५ हजार र खाद्य सामग्री सहयोग

वेद विद्याश्रमलाई सनराइज ब्यांकको दुईलाख २५ हजार र खाद्य सामग्री सहयोग

आर्थिक, शिक्षा, समाचार
बुढानिलकण्ठ वेद विद्याश्रमलाई सनराइज ब्यांकले रु. दुईलाख २५ हजार र खाद्य सामग्री सहयोग गरेको छ। बन्दाबन्दीको वेला उक्त विद्याश्रममा रहेका छात्रहरुलाई आर्थिक र खाद्य सामग्री प्रबन्ध गर्न कठिनाइ भएकाले ब्यांकले सो सहयो उपलब्ध गराएको जनाएको छ। ब्यांकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ वेद विद्याश्रमलाई सो आर्थिक सहयोग गरेको पनि जनाएको छ। शनिबार एक कार्यक्रम बीच बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल र ब्यांकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा रु. दुईलाख २५ हजार नगदको चेकका साथै पूजा सामग्री, दाल, चामल, गेडागुडी गहुँ, पिठो, तेल आदि खाद्य सामग्री बुढानिलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्दलाई हस्तान्तरण गरेका थिए। ...
प्रसिद्ध शिक्षासेवी तथा समाजसेवी अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन

प्रसिद्ध शिक्षासेवी तथा समाजसेवी अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन

Featured, शिक्षा, समाचार, समाज
काठमाडौँ — प्रसिद्ध शिक्षासेवी तथा समाजसेवी अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा शनिबार निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित जोशीको उपचारको क्रममा महाराजगन्जस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपालको छात्रा शिक्षालाई जोशीको महत्वपूर्ण योगदान रहेको छ । उनकै अगुवाईमा काठमाडौंमा पद्म कन्या ९पीके० क्याम्पसको जग्गा व्यवस्था र क्याम्पस स्थापना भएको हो । उक्त क्याम्पसमा पढ्ने छात्राले पहिरिने पोशाक गेरु रंगको सारी र चोला जोशीले लागू गरेकी थिइन् । जोशीको जन्म सन् १९३२ अगस्ट १५ मा काठमाडौंको डिल्लीबजारमा भएको थियो । जोशीको कलिलै उमेरमा नेपालका पहिलो आणविक वैज्ञानिक बलराम जोशीसँग विवाह भएको थियो । त्यसपछि शिक्षाआर्जन गरेकी थिइन् । २००७ सालमा एसएलसी उत्तीर्ण गरेकी जोशीले पतिसँगै वनारसबाट राजनीति शास्त्र र संस्कृत विषयमा बिए शिक्षा हासिल गरेका थिए । त्यसपछ...
एसइईको कानूनी व्यवस्थामा परिवर्तन गरिँदै

एसइईको कानूनी व्यवस्थामा परिवर्तन गरिँदै

आर्थिक, शिक्षा, समाचार
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ। कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदबाट गत जेठ २८ गते २०७६ को एसइईको परीक्षा नलिई आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेडिङ गर्ने निर्णय भएकामा यसलाई संरचनाका रुपमा विकास गर्न कानूनमा परिवर्तन आवश्यक हुन्छ। उक्त निर्णयलाई शिक्षा क्षेत्रमा सकारात्मक मानिएको छ। मुलुकमा सङ्घीयता लागू भइसकेको र माध्यमिक शिक्षा भन्नाले कक्षा ९ देखि १२ सम्मलाई जनाइने नीति जारी भइसकेको अवस्थामा यसअघि नै कक्षा १० को एसइई परीक्षा राष्ट्रियस्तरमा गरिरहन आवश्यक नपर्ने शिक्षाविज्ञले आवाज उठाउँदै आएका थिए। सरकारले सङ्घीय शिक्षा ऐन जारी नभ...
सरकारले असार १ देखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने (तालिकासहित)

सरकारले असार १ देखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने (तालिकासहित)

शिक्षा, समाचार
काठमाडौं । लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि सरकारले असार १ गतेदेखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने भएको छ । एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले अनलाइनखबरसँग भने, ‘टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम्मको पढाइ भोलिदेखि सुरु हुने रुटिन निकालिसकेका छौं ।’ उनका अनुसार असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुने छ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने छ । विद्यालयहरु तत्कालै खुल्ने अवस्था नरहेकाले वैकल्पिक विधिबाट पढाउन क्रियाकलापमा आधारित सिकाइ सहयोगी सामग्री पनि बनाइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महा...
फेसबुकमा लाइभ टकशो संचालन गर्दै चर्चित कोरियोग्राफर रोजिन शाक्य

फेसबुकमा लाइभ टकशो संचालन गर्दै चर्चित कोरियोग्राफर रोजिन शाक्य

शिक्षा
फेसबुकमा लाइभ टकशो सचालन गर्दै कोरियोग्राफर रोजिन शाक्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन तथा सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी, नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मंचीय कार्यक्रमको उद्घोषण, फेसन कलेज अध्यापन लगायतका क्षेत्रमा आफूलाई निरन्तर सक्रिय राख्दै आएका फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले सामाजिक संजालको प्लेटफर्मलाई प्रयोग गर्दैै आफ्नो फेसबुक पेजमा लाइभ टक शो संचालनमा ल्याएका छन् । ‘स्पीक टू मी’ नाम दिइएको उक्त टक शो विगत ५ साताबाट नियमित रुपमा शुक्रबार र शनिबार साँझ ४ बजेबाट करिब एक घण्टा संचालन हुने गरेको छ । विशेषतः फेसन, मोडलिङ, ब्युटी, संचार, अभिनय तथा सौन्दर्य प्रतियोगिता क्षेत्रमा उपलब्धी हासिल गरेका व्यक्तित्वहरुको उपलब्धी, उनीहरुको क्यारिएर, व्यवसायिक यात्राको विभिन्न पाटो संगै व्यक्तिगत जीवनका रमाइला पक्षहरुको सेरोफेरोमा सो कार्यक्रम केन्दि«त रहेको ...
यस वर्षको एसईई नहुने,आन्तरिक मूल्यांकनको नम्बरकै आधारमा परीक्षा बोर्डले ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक गर्ने

यस वर्षको एसईई नहुने,आन्तरिक मूल्यांकनको नम्बरकै आधारमा परीक्षा बोर्डले ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक गर्ने

शिक्षा, समाचार
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा( एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसईई परीक्षा लिने विकल्प दिएको थियो । तर तत्काल सार्वजनिक विद्यालयहरूमा क्वारेन्टिन स्थल बनाएकाले तत्काल परीक्षा सम्भव छैन । लामो समयको बन्दाबन्दीका कारण विद्यार्थीमा परेको असर र कोरोना संक्रमणको बढ्दो जोखिमलाई समेत मध्यनजर गर्दै यो वर्ष एसईईको परीक्षा नगरिएको एक मन्त्रीले बताए । उनकाअनुसार अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर पठाउनेछन् र त्यसकै आधारमा परीक्षा बोर्डले ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक गर्नेछ । एसईई परीक्षा गत ...