शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

शिक्षा

लायन्स क्लब अन्तराष्ट्रिय ३२५ ए टु डा.मल्लको नेतृत्वमा ,जुलाईदेखी कार्यभार सम्हाल्ने

लायन्स क्लब अन्तराष्ट्रिय ३२५ ए टु डा.मल्लको नेतृत्वमा ,जुलाईदेखी कार्यभार सम्हाल्ने

शिक्षा, समाचार, समाज
काठमाडौं । डा.सुशिला मल्ल लायन्स क्लब अन्तराष्ट्रिय ३२५ ए टु को डिस्ट्रिक गभर्नर पदमा चयन भएकी छन । अघिल्लो हप्ता भएको इ भोटिङमा डा. मल्लसँगै फस्ट डिस्ट्रिक गभर्नरमा केशव पाण्डे र सेकेण्ड डिस्ट्रिक गभर्नरमा दिनेश श्रेष्ठले पनि एस भोट प्राप्त गरी उक्त पदमा चयन भएका छन् । कोभिड–१९ का कारण यो वर्ष लायन्समा कन्भेन्सनको आयोजना नगरि इ भोटिङको व्यवस्था गरिएको थियो । जसमा ३५७ जना मतदाता सहभागि भएका थिए । मत परिणाम अनुसार डा. मल्लले एक मात्र नो भोट पाएकी थिइन् भने ३५६ एस भोट प्राप्त गरेकी थिइन् । त्यस्तै पाण्डेले १७ नो भोट र ३४० एस भोट तथा श्रेष्ठले २ नो भोट र ३५५ एस भोट पाएका थिए । नयाँ नेतृत्वले आगामी जुलाइदेखि कार्यभार सम्हाल्ने छ । उनीहरुको कार्यकाल आगामी सन् २०२१ को जुनसम्म रहने छ । यसअघि नै डा.मल्लले आफ्नो कार्यकालमा क्लबहरुलाई थप क्रियाशिल बनाउने उद्घोष गरिसकेकी छन । ...
सुत्नेवेलामा निन्द्रा परेन ? अपनाउनुहोस यि उपाय

सुत्नेवेलामा निन्द्रा परेन ? अपनाउनुहोस यि उपाय

शिक्षा, समाचार, स्वास्थ्य
गहिरो निद्राका लागि पहिलो सर्त हो, मनमा शान्ति । मनलाई कसरी शान्त तुल्याउने त रु मन त चञ्चल छ । मन भोको छ, मन लोभी छ, मन इष्र्यालु छ । पर्याप्त धन दौलतले, सुख सुविधाले मन शान्त हुँदैन । मनलाई शान्त तुल्याउने भनेको आफुले आफैसँग चित्त बुझाउने हो । यसको सरल विधी चाहि योग, प्राणायाम, ध्यान हो । ध्यान विधीबाट हामी मनलाई शान्त तुल्याउन सक्छौं । आध्यात्मिक चेतले पनि मनलाई वशमा राख्न सकिन्छ । मनमा सकारात्मक भाव पैदा हुनुपर्छ । सकारात्मक, कृतज्ञ र प्रफुल्ल भएपछि मन स्थिर हुन्छ । मन स्थिर भएपछि हामी गहिरो निद्रामा पुग्न सक्छौं । यसैगरी समुचित श्रम पनि आवश्यक छ । हामी निस्क्रिय बस्छौं वा ऐश आरममा मात्र रुची राख्छौं भने पनि हामीलाई गहिरो निद्रा लाग्दैन । शरीर भनेकै समूचित श्रम गर्नका लागि हो । जब हामी श्रम गर्छौं, शरीरले विश्रामको खोजी गर्छ । त्यही बेला हामी गहिरो निद्रा पाउन सक्छौं । खानपान...
प्रदिप धमलाको “जिन्दगी- मुस्कुराउ तिमी” सार्वजनिक(भिडियो सहित)

प्रदिप धमलाको “जिन्दगी- मुस्कुराउ तिमी” सार्वजनिक(भिडियो सहित)

शिक्षा
सांगितिक क्षेत्रमा उदयमान हुँदै गरेका प्रदिप धमलाको “जिन्दगी- मुस्कुराउ तिमी” गित सार्वजनिक भएको छ । अहिलेको स्थिति र अवस्थामा सकारात्मक रहन अत्यन्त जरुरी छ ।“जिन्दगी- मुस्कुराउ तिमी” गितमा पनि जिन्दगीमा सकारात्मक भर्इ जिन्दगी सजाएर र मुस्काराएर जिउनु पर्छ भन्ने सन्देश बोके को छ। यो गित प्रदिप धमलाले आफ्नै च्यानलबाट सार्वजनिक गरेका छन् । https://www.youtube.com/watch?v=yr6Hwo0S6-o&fbclid=IwAR3vD8Ytn7qXZmIbG-AWk3oL5BaZFUWAPi3-KvWKfMzI5hb7GOpVx4IvZE4 मनोरञ्जन संगै सन्देशमुलुक र प्रेरणादार्इ संगित श्रीजना गर्न रुचाउने नव गायक प्रदिप धमललाका अरु गीतहरु पनि सन्देश मुलुक र प्रेरणादार्इ छन् । जस्तै पहिलो गित “खोजि गन्तव्यको” क्रमश “हजुरआमा”, “जिवन साथी” र “चरा सरी” हुन । “जिन्दगी- मुस्कुराउ तिमी” गितको शब्द संगित प्रदिप धमलाका आफ्नै हुन र संगित संयोजक गोपाल रसाइली गरेका छन् । भिड...
१५ औँ इन्टर कलेज रोट्रयाक्ट रनिङ्ग शिल्ड क्विज कन्टेस्ट सम्पन्न

१५ औँ इन्टर कलेज रोट्रयाक्ट रनिङ्ग शिल्ड क्विज कन्टेस्ट सम्पन्न

शिक्षा, समाचार
रोट्रयाक्ट क्लब अफ काठमाडौँ, रोट्रयाक्ट क्लब अफ बुटवल साउथ र रोट्रयाक्ट क्लब अफ पोखराले संयुक्त रुपमा आयोजना गरेको “१५ औँ इन्टर कलेज रोट्रयाक्ट रनिङ्ग शिल्ड क्विज कन्टेस्ट” सम्पन्न भएको छ जसमा काठमाडौँ को ‘चेल्सी इन्टरनेसनल एकेडेमी’ प्रथम भएको छ। फाल्गुन ३ गते शनिबार रोटरी हल, थापाथली काठमाडौँमा सम्पन्न भएको उक्त कार्यक्रममा काठमान्डौ कै ‘युनिग्लोब कलेज’ ले दोश्रो र पोखराको ‘स्कुल अफ इञ्जिनियरिङ्ग, पोखरा युनिभर्सिटी’ ले तेस्रो स्थान हासिल गर्न सफल भए। यस कार्यक्रमको रिजनल गेम काठमान्डौ, बुटवल र पोखरामा गरि ३८ वटा टिमबीच माघ २५ गते प्रतिस्पर्धा भएको थियो जसबाट उत्कृस्ट चार टिमलाई फाइनलमा समावेश गरिएको थियो। विगत १५ बर्सदेखी हुदै आएको यस इन्टर कलेज रोट्रयाक्ट रनिङ्ग शिल्ड क्विज कन्टेस्टको १५औं संस्करणमा मुख्य स्पोन्सर को रुपमा 'द आशा प्रोजेक्ट' रहेको थियो साथै स्पोन्सरिङ्ग पार्टनर कै रुपम...
मदन स्मारक माध्यमिक विद्यालयको जग्गा अतिक्रमण

मदन स्मारक माध्यमिक विद्यालयको जग्गा अतिक्रमण

शिक्षा, समाज
काठमाडौं, फागुन २ - ललितपुर महानगरपालिका पुल्चोकस्थित मदन स्मारक माध्यमिक विद्यालयको क्षेत्रभित्र रहेको जग्गा अतिक्रमणमा परेको छ । बाटो विस्तार गर्ने क्रममा सरकारी विद्यालयको झन्डै ७ करोड मूल्यबराबरको ८ आना जग्गा अतिक्रमणमा परेको हो । ललितपुर–३ र २० नम्बर वडाको सिमानामा पर्ने विद्यालयको पूर्वतर्फको खाली जग्गाका विषयमा सडक विस्तारका क्रममा दुई वडाध्यक्षले मापदण्डविपरीत एकतर्फी निर्णय गर्दा अतिक्रमणमा परेको स्थानीयको आरोप छ । स्थानियले व्यापारिक भवन बनाउन सडक मापदण्ड नपुगेकाले विद्यालयको जग्गा अतिक्रमण गरी सडक फराकिलो बनाउन लागेको भन्दै विरोध जनाएका छन् । विद्यालय २०६८ सालमा विद्यालयको पूर्वपट्टिको तीन रोपनी जग्गामा व्यापारिक भवन बनाउन क्लासिक डाइमन्सलाई दिने निर्णय गरेको थियो। सोही सहमति अनुरुप ठेकेदारले भवन बनाउन लाग्दा ललितपुर महानगरपालिकाले गाइडेड ल्यान्ड डेभलपमेन्ट (जीएलडी) मापदण्डअनुस...
पुष्पराज पौडेलको ‘सयपत्री’ कविता संङ्ग्रह लोकार्पण

पुष्पराज पौडेलको ‘सयपत्री’ कविता संङ्ग्रह लोकार्पण

शिक्षा, समाचार
तनहुँ, २२ पौष -कवि एवम् साहित्यकार पुष्पराज पौडेलको सयपत्री कविता संङ्ग्रह लोकार्पण गरिएको छ । भानु ०८ पुर्कोटस्थित मनोहर मा.वि. को ५२ औं वार्षिकोत्सव समारोहमाझ कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद कृष्ण कुमार श्रेष्ठ, विशिष्ट अतिथिद्वय संघीय सांसद लालबहादुर थापा एवम् प्रा. डा. खगेन्द्र प्रसाद लुइटेल, कवि पौडेल स्वयम्, कवि रमेश पौडेल, प्राज्ञ नमूना शर्मा, लगायतका अतिथिहरूले संयुक्त रूपमा विमोचन गरे । कार्यक्रममाझ कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ, विशिष्ट अतिथिद्वय लुइटेल एवम् थापा लगायत अन्य अतिथिहरुले मन्तब्य राख्दै कृतिकारको ब्यक्तित्वको चर्चा गरे । त्यसैगरि कार्यक्रमका बिशिष्ट अतिथि लुइटेलले नेपालको वर्तमान शैक्षिक अवस्थाका बारेमा चर्चा गर्दै कवि पौडेलको सिर्जनधर्मिता बारेमा विवेचना गर्दै पौडेलको लेखनीमा मिठासपन र सहृदयताको आभास पाइने उल्लेख गरे । कवि रमेश पौडेलले सयपत्रीभित्र विभिन्न ...
हङकङका विद्यार्थी मण्डल र नेपाल चीन प्रतिष्ठानका पदाधिकारी बीच भेटवार्ता

हङकङका विद्यार्थी मण्डल र नेपाल चीन प्रतिष्ठानका पदाधिकारी बीच भेटवार्ता

शिक्षा, समाचार
काठमाडौं, १९ पौष - सयान्डी ल्याम नेतृत्वको तीस सदस्यीय हङकङका विद्यार्थी मण्डल एघार दिने भ्रमणका लागि नेपाल अाइपुगेको छ । उनीहरु बिहिवार नेपाल उत्रिएका हुन । यसै माझ उक्त समुहले नेपाल चीन प्रतिष्ठानका पदाधिकारीहरुसँग भेटवार्ता गरेको छ । उनीहरुबीच चिनिया सांस्कृती तथा पर्यटन मन्त्रालय मातहतको चिनिया सांस्कृतिक केन्द्रको समन्वयमा शुक्रबार महाराजगंजस्थित केन्द्रको परिसरमा छलफल भएको हो । सो अवसरमा दुई पक्षले बिबिध बिषयमा छलफल गरेका थिए । छलफलका क्रममा भ्रमण दलका प्रतिनिधी मण्डलले नेपालको पर्यटन पूर्वाधार, शैक्षिक परिवेश, धर्म-संस्कृती, नेपाल चीन संबन्ध आदीका बिषयमा जिज्ञासा राखेका थिए । प्रतिष्ठान सम्बद्ध पदाधिकारीहरुले उनीहरुले सोधेका प्रश्नको जवाफ दिदै नेपाल प्राकृतिक सौन्दर्यता, सांस्कृतिक एवम् पुरातात्विक महत्व एवम् मानवियताको हिसावले विश्वकै अनुपम देश भएको जिकिर गर्दै यहाँको विकास...
नेपाल फ्युजन डान्स क्रु,दुवई द्वारा गीतकार युवराज अधिकारीलाई सम्मान

नेपाल फ्युजन डान्स क्रु,दुवई द्वारा गीतकार युवराज अधिकारीलाई सम्मान

शिक्षा
नेपाल फ्युजन डान्स क्रुले गीतकार युवराज अधिकारीलाई सम्मान गरेको छ । युएईको दुवईमा रहेको उक्त संस्थाले हालै आयोजित एक कार्यक्रममा गीतकार अधिकारीलाई सम्मान गरेको हो । दुवईमा रहेर नेपाली कला संस्कृतिको प्रवद्र्धनमा सक्रिय नेपाल फ्युजनका अध्यक्ष लक्ष्मण दियाली तथा लामो समयदेखि कलाकारितामा सक्रिय मोडल, गीतकार एवं कार्यक्रम संचालकको रुपमा समेत ख्याती कमाएका आशिष पुरुषले गीतकार अधिकारीलाई सम्मान गरेका थिए । कार्यक्रममा संस्थाका प्रशिक्षक सनम रसाईली, भुवन थापा मगर, बबीन विसी लगायतको उपस्थिती रहेको थियो । गीतकार युवराज अधिकारीको साथमा मोडल आशिष पुरुष नेपाल एयरलाईन्सका निर्देशक समेत रहेका गीतकार अधिकारीका थुप्रै गीतहरु लोकप्रिय छन । हालै मात्र कतारमा आयोजना भएको स्टार ईन्टरनेशनल अवार्डमा सर्वोत्कृष्ट एल्बमको अवार्ड जित्न सफल भएको देउरालीको फुलमा समावेश केहि गीतहरुको चर्चामा रहेका छन । ...
तिहार र मेकअप टीप्स  : वरिष्ठ सौन्दर्यविद सुष्मा महरा

तिहार र मेकअप टीप्स : वरिष्ठ सौन्दर्यविद सुष्मा महरा

शिक्षा, समाज
तिहार र मेकअप टीप्स (वरिष्ठ सौन्दर्यविद सुष्मा महरा) तिहार नेपालीहरुको दशैं पछिको सबैभन्दा ठूलो चाड हो । यो पर्व काग तिहार देखि शुरु भएर भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यही दिन भगवान धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरिन्छ । नेवारहरुको म्ह पुजा र...
चर्चित कोरियोग्राफर रोजिनलाई इन्टरनेसनल प्रोफेसनल अचिभमेन्ट अवार्ड

चर्चित कोरियोग्राफर रोजिनलाई इन्टरनेसनल प्रोफेसनल अचिभमेन्ट अवार्ड

शिक्षा
आ आफ्नो क्षेत्र र विधामा लामो समयको अनुभव, उपलब्धी र निरन्तरताको कदर गर्दै विभिन्न विधाका व्यक्तिहरुलाई इन्टरनेसनल प्रोफेसनल अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । जस अन्तर्गत विगत दुई दशक देखि फेसन र ब्युटी पेजेन्टको कोरियोग्राफीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सक्रिय रहँदै आएका फेसन कोरियोग्राफर रोजिन शाक्यलाई इन्टरनेसनल प्रोफेसनल फेसन कोरियोग्राफर अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर गएको असोज ३ गते दुबई स्थित एभरेष्ट क्लबमा संचालन गरिएको इन्टरनेसनल प्रोफेसनल अचिभमेन्ट अवार्ड २०१९ अन्तर्गत कोरियोग्राफर रोजिनलाई सो अवार्ड प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुविकास मन्त्री चक्रपाणी खनालले उक्त अवार्ड हस्तान्तरण गरेका थिए । यस अघि वेष्ट अन्टरप्रिनर इन मल्टि टास्क पर्सनालिटी अफ द इयर, मिष्टर भर्सटाइल अफ द इयर, इन्टरनेसनल एक्...