अभियन्ता बिजय थापाले आइओएममा आन्दोलतरत बिद्यार्थीको मागप्रति ऐक्यबद्धता जनाए
अभियन्ता बिजय थापाले आइओएममा आन्दोलतरत बिद्यार्थीको मागप्रति ऐक्यबद्धता जनाएका छन्। थापाले बुधबार एक बिज्ञप्ती जारी गर्दै आन्दोलनरत बिद्यार्थीहरुको समर्थन गरेका हुन्।
थापाद्वारा जारी बिज्ञप्तीमा आईओएमका डिन जगदिश अग्रवालले पैसाको चलखेल गर्ने गरेको उल्लेख गर्दै उनीबिरुद्ध उत्रन आग्रह समेत गरिएको छ।
बिजय थापाद्वारा जारी प्रेस बिज्ञप्ती
‘शिक्षा, स्वास्थ, रोजगार.हाम्रो मौलिक अधिकार भन्ने नाराका साथमा हामी निरन्तर संघर्षरत रहेको सर्व्बिदितै छ। शिक्षा र स्वास्थ सेवा पुर्ण रूपमा निशुल्क, गुणस्तरीय, ब्यवस्थित, मर्यादित हुनुपर्छ। यसको प्रत्यक्ष रुपमा सुनिस्चितताको प्रत्याभूति सरकारले दिलाउनुपर्छ।
स्वास्थ, शिक्षा रोजगारलाई जबसम्म मौलिक अधिकारका रूपमा सुनिश्चितता सहितको प्रत्याभूति दिलाइन्दैन तबसम्म हामी निरन्तर रचनात्मक तवरमा दबाबमुलक, शान्तिपूर्ण संघर्षका कार्यक्रमहरु जारी राख्ने प्रण ...









