आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

शिक्षा

एन–९५ मास्क कोरोना भाइरस रोक्न अपनाइने नियमविपरीत :भारतका स्वास्थ्यमन्त्री डा. हर्ष वर्धन

एन–९५ मास्क कोरोना भाइरस रोक्न अपनाइने नियमविपरीत :भारतका स्वास्थ्यमन्त्री डा. हर्ष वर्धन

शिक्षा
कोरोना भाइरसबाट बच्न मास्क लगाउनु एक प्रभावकारी उपाय मानिएको छ। त्यसमा पनि एन–९५ मास्कलाई सबैभन्दा सुरक्षित ठान्ने गरिएको छ। तर भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्ष वर्धनले छिद्रवाला एन–९५ (एन–नाइन्टी फाइभ) मास्क कारोना रोक्न सक्षम नभएको जानकारी दिएका छन्। ट्विट गर्दै उनले भनेका छन्, ‘छिद्रयुक्त श्वास यन्त्र राखिएको एन–९५ मास्क कोरोना भाइरस रोक्न अपनाइने नियमविपरीत छ। सबैलाई कपडाले बनेको तीन तहयुक्त मास्क लगाउन र अरूलाई पनि यसैमा प्रोत्साहन गर्न आग्रह छ।’  ...
साउन ८ पछि विद्यार्थी भर्ना खुला गर्ने सरकारको तयारी

साउन ८ पछि विद्यार्थी भर्ना खुला गर्ने सरकारको तयारी

शिक्षा, समाचार
सरकारले विद्यार्थी भर्ना खुला गर्ने तयारी गरेको छ। लामो समयदेखि बन्द रहेका विद्यालयहरुमा साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने मन्त्रिपरिषदले निर्णय गरेको एक मन्त्रीले बताए। यद्यपी अहिले तत्काल विद्यालयहरु खुल्ने छैनन्। धेरैजसो विद्यालयमा अहिले पनि क्वारेन्टिन बनाइएको छ। ति विद्यालयलाई निर्मलीकरण गर्नेसमेत निर्णय भएको स्रोतले जनाएको छ। यस्तै, सामुदायिक विद्यालयका शिक्षकहरुलाई साउन ८ देखि १५ गतेसम्म विद्यालयमा पुग्नु भनिएको छ। ...
मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध

मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध

शिक्षा
चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा साेमबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा एकतर्फी सवारी लामबद्ध गरिदिन अनुरोध गरेको छ। दुई दिनदेखि यस क्षेत्रमा लगातार वर्षा भइरहेको छ। इच्छाकामना–६ मा पर्ने चारकिलोमा त्यसअघि पनि पटकपटक पहिरो खस्दा समस्या हुँदै आएको छ। रासस ...
निजी स्कुलहरुले साउन १ गतेदेखि शिक्षक तथा कर्मचारीलाई बेतलबी बिदा दिँदै अनलाइन कक्षा बन्द गर्ने

निजी स्कुलहरुले साउन १ गतेदेखि शिक्षक तथा कर्मचारीलाई बेतलबी बिदा दिँदै अनलाइन कक्षा बन्द गर्ने

शिक्षा, समाचार
काठमाडौँ– निजी स्कुलहरुले साउन १ गतेदेखि वैकल्पिक सिकाइ बन्द गर्दै शिक्षकहरुलाई बेतलबी बिदामा राख्ने भएका छन्। निजी स्कुल सञ्चालकहरुको छाता संस्था प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त बैठक गरेर साउन १ गतेदेखि नै लागु हुनेगरि शिक्षक तथा कर्मचारीलाई बेतलबी बिदा दिँदै अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफूहरुले उठाएको माग सम्बोधन नभएको भन्दै निजी स्कुलले अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्न निर्णयमा पुगेका हुन्। प्याब्सन र एनप्याब्सनले साउन १ गतेदेखि विद्यालय खोल्न पाउनुपर्ने, विद्यार्थी भर्ना गर्न पाउनुपर्ने, कोरोनाका कारण समस्यामा परेका स्कुललाई ऋण दिनुपर्ने, अनलाइन माध्यमबाट भइरहेको पढाइलाई औपचारिकता दिएर शुल्क लिन पाउनुपर्नेलगायतका माग राखेका थिए। मागबारे सरकारले कुनै सम्बोधन नगरेपछि प्याब्सन र एनप्याब्सन स्कुल ...
एसईईको नम्बरिङ अधिकार दुरुपयोग, विद्यार्थीलाई पूर्णांकभन्दा बढी नम्बर

एसईईको नम्बरिङ अधिकार दुरुपयोग, विद्यार्थीलाई पूर्णांकभन्दा बढी नम्बर

शिक्षा, समाचार
काठमाडौं, ३० असार  कोभिड-१९ को त्रासका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नम्बरिङ अधिकार सरकारले विद्यालयलाई दियो । यो अधिकार दुरुपयोग गर्दै काठमाडौं उपत्यकाका कतिपय विद्यालयले नतिजा राम्रो देखाउन नम्बर पढाएर जिल्ला शिक्षा विकास तथा समन्वय एकाइमा पठाएका छन् । कतिपयले पूर्णांकभन्दा बढी नम्बर पनि दिएको पाइएको छ । लकडाउन कारण सरकारले तोकेको समयमा परीक्षा सञ्चालन गर्न उचित मानेन र विद्यार्थीले विद्यालयमै दिएको आन्तरिक परीक्षाको आधारमा नम्बर दिने व्यवस्थासहित कार्यविधि बनाएर राष्ट्रिय परीक्षा बोर्डले कार्यान्वयनमा ल्यायो । यसअनुसार प्रत्येक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा परीक्षा मूल्यांकन समिति गठन गरी इमानदार भएर आन्तरिक मूल्यांकनको आधारमा नम्बर दिनुपर्ने व्यवस्था गरियो । सो कार्यविधिमा विद्यालयले ३ प्रति विद्यालयको विवरण भरेर एउटा परीक्षा नियन्त्रण कार्...
साउन १ गतेदेखि स्कूल बन्द गर्ने निजी विद्यालयको चेतावनी

साउन १ गतेदेखि स्कूल बन्द गर्ने निजी विद्यालयको चेतावनी

शिक्षा, समाचार
काठमाडौ- निजी विद्यालयको संगठन प्याब्सन र एनप्याब्सनले सरकारलाई असार मसान्तसम्मको म्याद दिएका छन् । ३ दिनअघि सरोकारवालासँग भएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए । मन्त्रीको आग्रहलाई स्वीकारेका प्याब्सन र एनप्याब्सनले अहिले मन्त्रालयको निर्णय कुरेर बसिरहेका छन् । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले सरकारको निर्णयको प्रतीक्षामा रहेको जानकारी गराउँदै अब धेरै दिन कुर्नुपर्ने अवस्था नभएको बताए । उनले भने, ‘हामी सरकारले के निर्णय गर्छ प्रतीक्षामा छौं, यदि माग पूरा नभए असार मसान्तपछि पूर्ण बन्द गर्नुको विकल्प छैन ।’ शिक्षा मन्त्रालयले भने निजी विद्यालयको जायज मागको विषयमा छलफल गरी उपप्रधान तथा रक्षामन्त्री संयोजक रहेका कोभिड उच्चस्तरीय समितिमा सिफारिस गर्ने तयारी गरेको छ । ...
दुई नेपाली युवा वल्ड बुक अफ रेकर्ड अन्तरार्ष्टिय उपाधिबाट सम्मानित

दुई नेपाली युवा वल्ड बुक अफ रेकर्ड अन्तरार्ष्टिय उपाधिबाट सम्मानित

Featured, शिक्षा, समाचार
दुई नेपाली युवा वल्ड बुक अफ रेकर्ड, लण्डनको STAR 2020 अन्तरार्ष्टिय उपाधिबाट सम्मानित लायन्स क्लब अफ काठमाण्डौ कृयेटिभ युथको संस्थापक अध्यक्ष गनिका गुरुङ र पूर्व अध्यक्ष अनिल बुर्जा मगरलाई वल्ड बुक अफ रेकर्ड, लण्डन ले ( STAR 2020) द्वारा विभुशीत गरेको छ। वरिष्ठ समाजसेवक लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ( 325 ए वान ) को डिस्ट्रिक गर्भनर लायन टंक बहादुर श्रेष्ठको प्रमुख आतिथ्य, त्यसै गरी जि.एस.टि मल्टीपल कोडीनेटर लायन अन्नत प्रसाद भेटुवाल, भाईस डिस्ट्रिक गर्भनर लायन कर्म गुरुङ, वरिष्ठ ऱ्यापर निर्णय श्रेष्ठ र पि. ई.एफ का अध्यक्ष विष्णु पोखरेलको विशेष उपस्थितिमा STAR 2020 को प्रमाण पत्र प्रदान गरिएको जानकारी श्री सागर कटवाल, अध्यक्ष वल्ड बुक अफ रेकर्ड,नेपालले दिनु भएको छ। वल्ड बुक अफ रेकर्ड विश्वव्यापी रूपमा रेकर्डहरू प्रमाणिकरण गर्ने अन्तराष्ट्रिय संस्था हो। यसले बेलायत, अमेरिका, अष्ट्रे...
यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने

यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने

शिक्षा, समाचार
काठमाडौं । यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ । यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षा हुन सकेन । अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनेछ ।विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् । यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो । ...
आज गुरु पूर्णिमा : किन मान्ने गुरुलाई ?

आज गुरु पूर्णिमा : किन मान्ने गुरुलाई ?

शिक्षा
काठमाडौँ -आज आषाढ शुक्ल पूर्णिमाका दिन  गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ– गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर  ।गुरु : साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम  ।।माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भन...
एसईईको मूल्यांकन गर्दा विगत तीन वर्षको परीक्षाफल समेत अध्ययन गर्न निजी विद्यालयलाई निर्देशन

एसईईको मूल्यांकन गर्दा विगत तीन वर्षको परीक्षाफल समेत अध्ययन गर्न निजी विद्यालयलाई निर्देशन

शिक्षा, समाचार
काठमाडौं । निजी विद्यालयका प्रतिनिधिमूलक संस्थाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्यांकन गर्दा विगत तीन वर्षको एसईईको परीक्षाफल समेत अध्ययन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) ले बुधबार संयुक्त रुपमा आफ्ना सदस्य विद्यालयहरूलाई यस्तो आग्रह गरेका हुन् । प्याब्सनका महासचिव कुमार घिमिरे र एनप्याब्सनका महासचिव सुवास न्यौपानेद्वारा जारी विज्ञप्तिमा नतिजाको सम्बन्धमा अनावश्यक प्रचारप्रसार नगर्न समेत निर्देशन दिइएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रमाणीकरण गरी प्रकाशित नगरुन्जेल अपनाउनुपर्ने गोपनीयता कायम गर्नुपर्ने निर्देशन छ । ‘विद्यार्थीहरूको आन्तरिक मूल्यांकन गर्दा स्वतन्त्र र निष्पक्षताको सिद्धान्त अपनाई विद्यार्थीहरूको सही मूल्यांकन गर्ने र विद्यालयले गरेको मूल...