आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

बेलायतको तीन अर्ब ५२ करोड अनुदान सहयोग

बेलायतको तीन अर्ब ५२ करोड अनुदान सहयोग

राजनीति
असोज १३ काठमाडौं । नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रमका लागि बेलायत सरकारले तीन अर्ब ५२ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रमको तेस्रो फेजका लागि बेलायत सरकारले उपलव्ध गराउने भनेको २२.५ मिलियन पाउण्डस्टिर्निङ करीव तीन अर्ब ५२ करोड रुपैयाँको अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरको हो । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बेलायतले उपलब्ध गराउने ३ अर्ब ५२ करोड आर्थिक र प्राबिधिक सहयोग स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो । ...
एकता बिना गरिबी दुष्चक्रलाई परास्त गर्न सकिदैन:डा. डीआर उपाध्याय

एकता बिना गरिबी दुष्चक्रलाई परास्त गर्न सकिदैन:डा. डीआर उपाध्याय

राजनीति, समाचार
अव मुलुक आर्थिक विकासमा केन्द्रित हुनुपर्छ । राजनीतिक मुद्दामा मात्र अल्झिएर देशको बिकास हुँदैन । देशको आर्थिक विकास नै अहिलेको मुख्य बिषय हो । विगतमा राजनीतिक द्वन्द्वका कारण देशको बिकास हुन सकेन । अब त्यस्तो अवस्था छैन । मुलुकमा झण्डै दुई तिहाईको सरकार छ । मुलुकको भाग्य र भविश्य निर्माणका लागि सवै दलहरू साझा एजेन्डा बनाएर अघिबढनु पर्ने बेला आएको छ । एकले अर्काको खुट्टा तान्र्ने प्रवृतिको अन्त्य गरौं । मिलेर देशको बिकास गरौं । यो नै आजको आबश्यकता हो । बिगतमा अस्थिर सरकारका कारण नेपालले ठूला आयोजनाहरू निर्माणमा निकै समस्या भोग्नु परेको थियो । राजनीतिक मुद्दामा मात्र केन्द्रित बनेर अब हुँदैन । बिगतमा फोहोरी राजनीतिकै कारण मुलुक बिकासको गतिमा अघि बढन सकेन । अब आर्थिक तथा भौतिक विकासमा सवैको ध्यान जानुपर्छ । सरकारले अघि सारेको समृद्धिको महासङ्कल्प पूरा गर्ने दिशामा अघि बढनुपर्छ । मुलुक...
Australian ambassador calls on President

Australian ambassador calls on President

राजनीति
Kathmandu, Sept 28:Ambassador of Australia to Nepal, Peter Budd, paid a courtesy call on President Bidya Devi Bhandari today.In the meeting took place at the President House, Shital Niwas, President Bhandari congratulated the Ambassador Budd for successfully completing his term and also expressed her confidence that the relations between the two countries would grow stronger in the days to come, Spokesperson for the Office of the President, Hari Prasad Dahal, said. (RSS)
बालुवाटारमा ओली-प्रचण्डबीचको अढाइ घण्टाको छलफल निष्कर्षबिहीन

बालुवाटारमा ओली-प्रचण्डबीचको अढाइ घण्टाको छलफल निष्कर्षबिहीन

राजनीति
असोज १२ काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनलगायतका विभिन्न विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा चलेको अढाइ घण्टाको छलफल निष्कर्षबिहीन सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का नेकपा अध्यक्ष प्रचण्डबीच झण्डै अढाइ घण्टा छलफल भए पनि सहमति निस्किनसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । दुई अध्यक्षबीच मन्त्रिमण्डल पुनर्गठनकै विषयमा मुख्य केन्द्रित रहेर छलफल भएको भए पनि उक्त छलफल कुनै पनि टुंगोमा पुग्न नसकेको जनाइएको छ । प्रचण्डका प्रेस संयोजक विष्णु साप्कोटाले पनि दुई अध्यक्षबीच मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक निकायलाई पूणर्ता दिने कुरामा छलफल भए पनि ठोस सहमति बनिनसकेको जानकारी दिएका छन् । आजको छलफलमा मन्त्रालय बाँडफाँडमा ...
मन्त्रिपरिषद् पुनर्गठन गर्ने हल्लाले मन्त्रालयका प्रशासनिक काम कारबाहीमा सुस्तता :डा. डिआर उपाध्याय

मन्त्रिपरिषद् पुनर्गठन गर्ने हल्लाले मन्त्रालयका प्रशासनिक काम कारबाहीमा सुस्तता :डा. डिआर उपाध्याय

राजनीति, समाचार
सत्तारूढ दल नेकपाले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेको छ । तर अहिले सम्म कुनै टुंगो लगाउन सकेको छैन । नेकपा भित्र मन्त्री बन्नका लागी धेरैको बालुवाटारमा भिड लाग्ने गरेको समाचार आउछ । सत्ता स्वार्थमा धेरै नेताहरु लिप्त छन । देश र जनताका लागी भन्दा पनि आफनो ब्यक्गित स्वार्थ पुरा गर्न केहि नेताहरु मन्त्री बन्न खोज्दै छन । जो मन्त्री बने पनि देश र जनताको पक्षमा काम प्रभावकारी ढंगले हुन सकेन भने त्यसको के अर्थ ? सरकारको कामलाई अझै बढी प्रभावकारी बनाउनु पर्नेमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीले आमनागरिक निराश छन । किन भने जो आए पनि त्यस्तै हो भन्र्ने जनतामा परेको छ । बर्तमान सरकार चलायमान हुन सकेन । समस्या यो हो । नेकपाले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी धेरै पहिले देखि नै गरेको हो तर अहिले सम्म त्यसलाई मूर्त रूप दिन सकेको छैन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का...
इजरायलसँग बागवानी सम्झौता गर्ने निणर्य

इजरायलसँग बागवानी सम्झौता गर्ने निणर्य

राजनीति
असोज १२ काठमाडौं ।नेपालले इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापना गर्ने निणर्य गरेको छ ।मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले सातैवटा प्रदेशमा इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापनाका लागि इजरायलसँग सम्झौता गर्ने निणर्य गरेको कृषि मन्त्रालयका उपसचिव गङ्गा आचार्यले जानकारी दिए । नेपालको कृषि क्षेत्रका लागि इजरायलले प्रविधिमा सहयोग गर्ने प्रस्ताव यसअघि गरेको थियो । त्यसैको आधारमा मन्त्रिपरिषद्ले इजरायलसँग सम्झौता गर्ने निणर्य गरेको हो । सम्झौता गर्न इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यलाई अख्तियारी दिइएको कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले बताए । यसैगरी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी नियुक्त भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले उनलाई नियुक्त गर्ने निणर्य गरेको उपसचिव आचार्यल...
आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकको निर्णय

आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकको निर्णय

राजनीति, समाचार
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले केहि महिनादेखि निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत् रहेका भण्डारीलाई नै सो पदमा नियुक्त गरिएको छ । यसैगरी, नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता गर्नका लागि इजरायलयका लागि नेपाली राजदूत डा अञ्जान शाक्यलाई अख्तियार प्रदान गर्ने निर्णय बैठकले गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले कृषि अनुसन्धान परिषद् नार्कको कार्यकारी निर्देशकमा डा दीपक भण्डारीलाई नियुक्त गरेको छ। नियमित रुपमा सोमबार तथा बिहीबार बस्ने गरेको बैठक आइतबार नै राखिए पनि कुनै विशेष जरुरी प्रस्तावबारे छलफल नभएको एक मन्त्रीले जानकारी दिए । यसअघि आजको बैठकले दुई वटा मन्त्रालय फुटाउने निर्णय गर्ने सम्भावना रहेको जनाइएको थियो । ...
मन्त्रिमण्डल पुनर्गठन गर्न कस्सिए प्रधानमन्त्री

मन्त्रिमण्डल पुनर्गठन गर्न कस्सिए प्रधानमन्त्री

राजनीति, समाचार
पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेको विषयमा अदालतमा परेको मुद्दाको किनारा लाग्नु अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गरी तयारी तीव्र पारेका छन्। यसै विषयमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग केहि दिनदेखि निरन्तर छलफल गरिरहेका छन्। तर पार्टीका दुई प्रमुख नेताबीच सो विषयमा सहमति जुट्न नसकेको नेताहरुको भनाइ छ। नेकपाको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न दबाब दिएपछि भदौ २९ मा प्रधानन्त्री ओलीले उनलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए। असोज १ गते शपथ लिएका गौतमलाई मन्त्री बनाउने चर्चा चलेपछि असोज ५ गते सर्वाेच्च अदालतमा रिट परेको थियो। सो रिटमाथि असोज ७ गते सुनुवाइ गर्दै न्यायाधिश आनन्दमोहन भट...
अकस्मात प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

अकस्मात प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

राजनीति
असोज ११ काठमाडौं । प्रधानमन्त्री ओलीले बालुवाटारमा मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले बतायो। ‘आइतबार बैठक बोलाउनुपर्ने त्यस्तो विशेषत केही थिएन। त्यसमा पनि राति नै खबर आएको छ’, स्रोतले भन्यो,’प्रधानमन्त्रीले केही अपरझट परेर नै बोलाउनुभएको होला।’ समान्यतया मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्छ। ...
मन्त्रिपरिषद पुनर्गठनकाे तयारी

मन्त्रिपरिषद पुनर्गठनकाे तयारी

राजनीति, समाचार
काठमाडौं। संवैधानिक निकायमा नियुक्ती, पार्टी एकताका बाँकी कामलाई पूर्णता दिने र मन्त्रिपरिषद पुनर्गठनलगायतका विषयमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा संवैधानिक निकायमा पदाधिकारी नियुक्ती र मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल भएको हो। बिहीबार पनि दुई अध्यक्षबीच झण्डै तीन घण्टा छलफल भएको थियो। मंगलबार बसेको सविचलाय बैठकले संवैधानिक निकायमा पदाधिकारी नियुक्ती तथा पार्टी एकताको काम चाँडो सक्ने गरी काम गर्न आग्रह गरेको थियो। नेकपा अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता भएको जनाए। प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार दशैं अगाडि नै मन्त्रिपरिषद पुनर्गठन गर्ने गरी दुई अध्यक्षबीचको छलफल केन्द्रित छ। मन्त्रिपरिषद पुनर्गठनका विषयमा दुई अध्यक्ष ठोस निर्णयमा पुग्न...