आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

बुटवलमा आन्दोलन चर्किन थालेपछि  निषेधाज्ञा

बुटवलमा आन्दोलन चर्किन थालेपछि निषेधाज्ञा

राजनीति, समाचार
प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन हुन थालेपछि रुपन्देही प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र तोक्दै ५ जना भन्दा बढी जम्मा हुन रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति साढे ८ बजे सूचना जारी गरी असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको जनाएको छ। मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म ५ जना भन्दा धेरै भेला हुन पाइनेछैन। यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्...
प्रधानमन्त्री निवासको सुरक्षामा खटाइएको पाँच दर्जनभन्दा बढि सुरक्षाकर्मीमा कोरोना संक्रमण

प्रधानमन्त्री निवासको सुरक्षामा खटाइएको पाँच दर्जनभन्दा बढि सुरक्षाकर्मीमा कोरोना संक्रमण

राजनीति, समाचार
प्रधानमन्त्री निवासको सुरक्षामा खटाइएको पाँच दर्जनभन्दा बढि सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि सुरक्षा निकायले उनीहरुलाई फिर्ता बोलाएको छ। उनीहरुको ठाउँमा अन्य टोली पठाउन सुरु गरिसकेको छ। प्रधानमन्त्री निवास र सुरक्षामा खटाइएका ६० जनाभन्दा बढि सुरक्षाकर्मीमा संक्रमण देखिएको हो। प्रधानमन्त्री निवासको सुरक्षामा खटिएका तर प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष सम्पर्कमा नभएका २८ जनामा कोरोना संक्रमण पुष्टि भएकोले वहाँहरुलाई बदली गर्ने कार्य भइरहेको छ,’ सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए। संक्रमण देखिएका अन्य सुरक्षाकर्मी नेपाल प्रहरी र सशस्त्र प्रहरीका हुन् ...
नेकपाको सचिवालय बैठक आज बस्दै

नेकपाको सचिवालय बैठक आज बस्दै

राजनीति, समाचार
सत्तारुढ नेकपाको सचिवालय बैठक आज (शनिबार) बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो चार बजे बैठक बस्न लागेको हो। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको छलफलमा आज सचिवालय बैठक बोलाउने सहमति भएको थियो। पछिल्लो समय राजदूत लगायतका राजनीतिक नियुक्तिमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको भन्दै सचिवालय सदस्यहरुले आलोचना गर्न थालेपछि बैठक बालोइएको हो। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र चीनका लागि महेन्द्रबहादुर पाण्डेलाई राजदूतमा सिफारिस गरेको थियो। पार्टीमा सल्लाहै नगरी प्रधानमन्त्रीले मुख्य सचिव र तीन देशमा राजदूत सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहितका वरिष्ठ नेताहरु असन्तुष्ट छन्। आजको बैठकमा अध्यक्ष प्रचण्ड...
प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने निर्णय

प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने निर्णय

राजनीति
असोज १६ काठमाडौं ।प्रदेश नम्बर ५ को सरकारले प्रदेशको राजधानी दाङको भालुवाङमा बनाउने निर्णय गरेको छ।शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश नं ५ को स्थायी राजधानी बारे निर्णय गरेको हो। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति जुटेपछि प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले दाङलाई राजधानी तोकेको हो। दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरिएको छ।यसअघि राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन। रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभमा मतभेद थियो।नेकपाको प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजध...
नेता गौतमको सुनुवाई आज पनि ‘हेर्दाहेर्दै’मा

नेता गौतमको सुनुवाई आज पनि ‘हेर्दाहेर्दै’मा

राजनीति
असोज १६ काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको विवादका विषयमा परेको मुद्दा ‘हेर्दाहर्दै’ मा बुधबारका लागि तोकेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले आज सुनुवाइ हुँदाहुँदै समय अभावका कारण हेर्दाहेर्दैमा राखेको हो । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र अधिकारीका अनुसार निवेदकका तर्फबाट बहस सकिएको छ । नेता वामदेवका तर्फबाट तीन जना कानून व्यवासयीले मात्र बहस गरेका छन् । बाँकी बुधबार बहस हुनेछ । यही असोज १४ गतेदेखि संवैधानिक इजलासमा उक्त विवादको सुनुवाइ शुरु भएको हो । यही असोज ७ गते न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले आदेशमा विषयवस्तुको गाम्भीर्यता एवं संवैधानिक महत्वलाई दृष्टिग...
पूर्वअर्थमन्त्री डा खतिवडा अमेरिकाको राजदूतमा नियुक्त, बैरागी मुख्यसचिव : मन्त्रिपरिषद्को निर्णय

पूर्वअर्थमन्त्री डा खतिवडा अमेरिकाको राजदूतमा नियुक्त, बैरागी मुख्यसचिव : मन्त्रिपरिषद्को निर्णय

राजनीति, समाचार
पूर्वअर्थमन्त्री डा युवराज खतिवडाको फेरी भाग्य चम्कियो, ओलीले अमेरिकाको राजदूत नै बनाइदिए, मुख्यसचिवमा शंकरदास बैरागी नियुक्त काठमाडौं । पूर्वअर्थमन्त्री डा।युवराज खतिवडाको फेरी भाग्य चम्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका खास मान्छेका रुपमा चिनिएका डा। खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई राजदूतमा नियुक्त गरेको हो । त्यस्तै सरकारले केही दिनअघि मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गरेको छ भने नयाँ मुख्यसचिवमा शंकरदास बैरागी नियुक्त भएका छन् । उनी परराष्ट्र सचिव थिए । ...
कात्तिक ७ देखि क्लिनफिड लागू हुन्छः प्रधानमन्त्री ओली

कात्तिक ७ देखि क्लिनफिड लागू हुन्छः प्रधानमन्त्री ओली

राजनीति
असोज १४ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कात्तिक ७ गतेदेखि कानूनबमोजिम विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने बताउनुभएको छ । नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै प्रधानमन्त्री ओलीले कानूनको पालनामा सरकार पछि नहट्ने स्पष्ट गर्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले सूचनाको हकसम्बन्धी कानून अफवाहको चक्रव्यूह सिर्जना गर्न नभएको स्पष्ट गर्दै पारस्परिक सहयोगका साथ अघि बढ्न पनि आह्वान गर्नुभयो । प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले पत्रकारको भौतिक सुरक्षाको सरकारले शतप्रतिशत सुनिश्चितता गर्ने र अन्य क्षेत्रमा सम्भव भएसम्मका सहयोग, सुरक्षा र संरक्षण हुने पनि बताउनुभएको थियो । (रासस) ...
वामदेव गौतमविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

वामदेव गौतमविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

राजनीति
असोज १४ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रिय सभा सदस्य पदविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई शुक्रबारसम्मलाई सरेको छ । आज (बुधबार) सर्वोच्च अदालतको संवैधानिक इजलासको पूणर् इजलासमा रिट निवेदक र विपक्षी दुबैपक्षबाट बहस भए पनि अझै कानून व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएका कारण शुक्रबारसम्मलाई सरेको हो । सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले सुनुवाई नसकिएकाले शुक्रबारसम्म सरेको जानकारी दिएका छन् । नेकपा उपाध्यक्ष गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले उक्त मनोनय नबदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, ...
हेर्दै जानुस्, उहाँले पछुताउने दिन आउँछ : लालबाबु पण्डित

हेर्दै जानुस्, उहाँले पछुताउने दिन आउँछ : लालबाबु पण्डित

राजनीति
असोज १४ काठमाडौं । मन्त्रीको रुपमा विदेश बस्ने डिभी, पिआरधारी कर्मचारीको दोहोलो काढेर वाहवाही कमाएका लालबाबु पण्डित पछिल्लो कार्यकालमा भने त्यति जम्न सकेनन् । कारण हो, प्रत्येक मन्त्रालयमाथि प्रधानमन्त्री सचिवालयको हस्तक्षेप । फलतः लालबाबुले गत वर्षको क्याबिनेट पुनर्गठनसँगै मन्त्री पदबाट बिदा लिए । आफूले कार्यसम्पदानमा उच्च अंक ल्याएर पनि मन्त्रिपरिषद्मा हटाइएकोमा पण्डितले आक्रोश व्यक्त गरेका छन् ।जनआस्था साप्ताहिकसँगको कुराकानीमा पण्डितले भनेका छन्, प्रधानमन्त्रीज्यूसँग जिन्दगीमा कहिल्यै सोध्नेवाला छैन कि मलाई के कारणले हटाइयो ? प्रधानमन्त्री कार्यालयले नै म हटेको एक हप्तापछि राष्ट्रिय योजना आयोगमा कार्य प्रगति प्रस्तुत गर्दा दोस्रो नम्बरमा मेरो मन्त्रालय थियो । मेरो मन्त्रालयले सयमा ८६ अंक ल्यायो । त्यो रिपोर्टले मलाई असफल भन्छ त ? यो भनेको डिष्टिङ्कसन नम्बर हो । डिष्टिङ्सनलाई फेल भन...
प्रहरी समायोजनको बाटो खुल्यो

प्रहरी समायोजनको बाटो खुल्यो

राजनीति
असोज १३ काठमाडौं ।उपत्यकाको सुरक्षा जिम्मेवारीसम्बन्धी कानुनी व्यवस्था स्पष्ट भएसँगै प्रहरी समायोजनको प्रक्रिया अब अगाडि बढ्ने भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस अनुसार नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी अध्यादेश जारी गर्नुभएसँगै सुरक्षा जिम्मेवारीको विषय टुङ्गिएको हो । अध्यादेशले ऐन संशोधन गरेको छ । जसअनुसार काठमाडौँ, भक्तपुर र ललितपुरको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीले पाउनेछ ।उपत्यकाको सुरक्षा जिम्मेवारीको विषयमा विवाद हुँदा प्रहरी समायोजनको प्रक्रिया रोकिएको थियो । विधेयकले उक्त विषय सम्बोधन गरेसँगै समायोजनको प्र्रक्रिया समेत अब अघि बढ्नेछ । समायोजन विधेयक पारित भएको लामो समय भए पनि विवादका कारण प्रक्रिया अघि बढेको थिएन ।अध्यादेश अनुसार मूल ऐनको दफा १०(क) थप गरिएको छ । जसमा भनिएको छ, ‘दफा ८ र ९ मा जुनसुकै कुरा लेखि...