पहाडमा बढी पहिरो जाने ठाउँको वस्तीलाई सार्ने र अब एकीकृत बस्ती निर्माण गर्नुपर्छ :डा.डि.आर.उपाध्याय
विगत तीन दिनदेखी देशभर अविरल वर्षा भइरहेको छ । जसका कारण बाढी पहिरो जानुका साथै जनधनको क्षति हुन पुगेको छ । अविरल वर्षाका कारण नदीहरूमा बहाव बढेको छ भने पहिरोले देशका मुख्य राजमार्ग र ग्रामिण सडकहरु ठाउँ ठाउँमा प्रभावित भएका छन् ।
सामान्यतया सेप्टेम्बर २३ मा नेपालबाट मनसुन बाहिरिनुपर्ने भए पनि केही वर्षयता ढिला प्रवेश गरी ढिलै बाहिरिने गरेको छ । विगतका तुलनामा यस वर्षको बाढी पहिरोले धेरै क्षति पुर्याएको छ । कोरोना कहरमा रहेका बेला वर्षाको कहरले थप पीडा थपेको छ । कोरोनाको कहरसँगै मुलुक बाढी र पहिरोको चपेटामा परेको छ । वर्षामा पहाड र हिमाली क्षेत्रमा पहिरो जाने र तराईमा बाढी र डुबानका कारण बर्षेनी अर्बौको धनजनको क्षति भइरहेको छ ।
हरेक वर्षको वार्षायाममा धेरै नेपालीको विचल्लि हुने घटना बढदो छ । पहाडमा पहिरो र तराई मधेशमा डुबानको समस्या भोग्न बाध्य छौ हामीहरू । पहिरोले धनजनको क्षतिसँगै...









