विप्लव समूहमा कोरोनाको ‘बबाल’, कमरेडहरुलाई मरिने ‘त्रास’
असोज ७ काठमाडौं । मोरङ, इलाम, सुनसरी र महोत्तरीका जेलमा विप्लव माओवादी पार्टीका तीन दर्जन जति कार्यकर्ता बन्दी छन् ।राज्यद्रोह आरोपबाट अदालतले मुक्त गरे पनि थप विभिन्न अभियोग लगाउँदै प्रशासनले विभिन्न जेलमा अड्डासार गर्दै आएको छ ।
महामारीका बेला ती कार्यकर्ता कोरोना लाग्ने भयले त्रस्त छन् । मोरङ र सुनसरी जेलमा रहेका कार्यकर्ताले चाहिँ आफूहरूलाई कोरोना लागिसकेको बताए भने अन्य जेलमा रहेकाहरूले भने आफू कोरोनाको उच्च जोखिममा रहेको कमाण्डलाई जानकारी गराएका छन् ।
उनीहरूले आफू फौजदारी अपराधको अभियुक्त नभएर आस्थाका बन्दी भएकाले राज्यले विशेष चासो दिएर अलग्गै आइसोलेसनमा राख्नुपर्ने, पिसिआर परीक्षण गराउनुपर्ने र पोजेटिभ पाइएकाहरूलाई उचित उपचार गराउनुपर्ने मागसमेत राखेका छन् ।
विप्लव मओवादीको पूर्वी कमाण्ड अन्तर्गत इलाम कारागारमा पुष्प कोइरालालगायत ४ जना छन् । मोरङमा नन्दबहादुर बोहरा (जोखिम...








