शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

भवन बनाएको क्षेत्र चीनकै हो :चिनियाँ दूतावास

असोज ७ काठमाडौं । चीनले नेपालसँग जोडिएको कुनै पनि स्थानमा सीमा विवाद नरहेको र नेपाली भूमिमा भवन नबनाएकाे चीनले दाबी गरेकाे छ ।

हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएको बेला चीनको यस्तो धारणा आएको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले एक प्रेस नोट जारी गर्दै भनेको छ, ‘चीन र नेपालबीच कुनै पनि क्षत्रीय विवाद छैन । दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएका छन् ।’

साथै नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरूको सत्यतथ्य जाँच नेपालले गर्न सक्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *