बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई नेकपाको आग्रह

असोज ६ काठमाडौं । सत्तारुढ दल नेकपाले संवैधानिक आयोगहरुमा पदपूर्ती गर्न सरकारलाई आग्रह गरेको छ ।बैठकले संवैधानिक परिषद्को बैठक राख्न पहल गर्न सरकारलाई अनुरोध गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकपछि प्रवक्ता नारायण काजी श्रेष्ठले भने,‘संवैधानिक परिषद्को बैठक राखेर पदपूर्तीको पहल गर्न अनुरोध गरेको छ । बैठकलाई सुचारु गर्न र पदपूर्ती गर्ने प्रकृयामा अघि बढ्न बैठकले सबैलाई अनुरोध गरेको छ ।’

विविध कार्यसूची अन्तर्गत रहेका अन्य विषयलाई दुई तीनदिन भित्र अर्को बैठक बसेर निष्कर्ष निकाल्ने निर्णय भएको उनले जानकारी दिए ।

बैठकले पार्टी एकता , समझदारी र विश्वासलाई सुदृण बनाउनका साथै पार्टीर सरकारको सम्बन्धलाई मजवुद बनाउने सफल भएको विश्वास लिइएको प्रवक्ता श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *