आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

विश्वकीर्तिमानी गीतकार डा.डीआरको  ‘मन बिगार्‍यो स्त्री जातैले’सार्वजनिक(भिडियो)

विश्वकीर्तिमानी गीतकार डा.डीआरको ‘मन बिगार्‍यो स्त्री जातैले’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘मन बिगार्‍यो स्त्री जातैले…’ सार्वजनिक भएको छ । ‘मन बिगार्‍यो स्त्री जातैले, तन बिगार्‍यो लोकलको मातैले’ गीतको भिडियो डीआर म्युजिक क्रियशनमार्फत सार्वजनिक भएको हो । बाबुल गिरीको सङ्गीत तथा सङ्गीत सङ्योजन, एचबीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतमा प्रतापदास र रचना रिमालको स्वर छ । https://youtu.be/1EkO9LoGOIU माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ, प्रियना आचार्य र उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । अनिता ग्वाचाको शृङ्गार रहेको गीतको भिडियोमा माइकल स्टेप अप आर्ट एण्ड एकेडमीको कोरियोग्राफी छ । रोमाटिक शैलीको भिडियोमा उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन तथा कलर रहेको छ । एउटा फरक स्वादको गीतको भिडियो दर्शकमाझ प्रस्तुत गरेको निर्देशक माइकल चन्दले बताउनुभ...
बिनोद र अस्मिताको स्वरमा ‘सुन सानो कथा’सार्वजनिक (भिडियो)

बिनोद र अस्मिताको स्वरमा ‘सुन सानो कथा’सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गायक तथा संगीतकार बिनोद ढकाल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘सुन सानो कथा’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत बिनोद ढकालको रहेको छ। भिडियो राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो। भिडियो सार्वजनिक कार्यक्रममा भिडियो निर्माण टिम,अभिनेता आर्यन सिग्देल,मोडल रोजी पन्त लगायत संचारकर्मीको उपस्थिति रहेको थियो। एम्सन इन्टरटेन्टमेन्ट र ओएमजी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिएको भिडियोको निर्देशन अनुभवी निर्देशक जनकदीप पराजुलीले गरेका हुन्। क्रियटिभ हेड चलचित्रकर्मी भानु प्रताप रहेका छन्। https://www.youtube.com/watch?v=yc9ayWHl2AE अमर रसाइलीको कन्सेप्टमा बनेको भिडियोको मेकिङ्ग भ्यालु हाइ देखिएको छ। गीतको संगीत संयोजन प्रमोद परियारले गरेका हुन्। अभिनेता आर्यन सिग्देल र मोडल रोजी पन्त फिचर्ड भिडियोक...
बानिका प्रधानको स्वरको भजन ‘कहाँ छन् प्रभु’सार्वजनिक(भिडियो)

बानिका प्रधानको स्वरको भजन ‘कहाँ छन् प्रभु’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
बानिका प्रधानको स्वरमा रहेको भजन ‘कहाँ छन् प्रभु…’ सार्वजनिक भएको छ । हरि उप्रेतिको शब्द, एमके गजमेरको सङ्गीत र अजनिश राईको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=PPnJhv4jqQA&t=3s राधिका उप्रेतिको प्रस्तुति रहेको भजनको भिडियोमा विजय गुरूङ, समप्रिया खडका र मुना खडकाको साथमा पुनम गुरूङ र बालकलाकार त्रिबि गुरूङको अभिनय रहेको छ । विक्रम चौहानले निर्देशन गरेको भजनको भिडियोमा प्रकाश खडकाको छायाँकन र लक्षमण चौहानको सम्पादन छ । भजनको भिडियो हरि उप्रेति अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ । ...
विशिष्ठ गायक सीताराम पोखरेललाई ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान’

विशिष्ठ गायक सीताराम पोखरेललाई ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान’

मनोरन्जन, समाचार
काठमाडौ । ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान ‘-२०७७ बाट गायन तथा रचना विधाबाट लोकप्रिय गायक सीताराम पोखरेल सम्मानित हुनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा नातिकाजी स्मृति समाजले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उहांलाई विशेष सम्मान प्रदान गर्नुभएको छ ।समाजले प्रत्येक वर्ष सांगितिक क्षेत्रमा लामो समयदेखि विशेष योगदान दिने श्रष्टाहरुलाई विशेष सम्मान प्रदान गर्दै आएको छ । स्व.नातिकाजीको स्मृतिमा स्थापना भएको उक्त समाजले स्थापनाकालदेखि नै सांगितिक क्षेत्रको विकास प्रवद्र्धन र उत्थानका लागि विभिन्न कार्यहरु गर्दै आएको छ । सोही अवसरमा राष्ट्रपति भण्डारीले नातिकाजीका सिर्जना सम्पदाका रूपमा रहेको उल्लेख गर्दै उनका सिर्जनामा राष्ट्र, राष्ट्रियता र देशप्रेम ओतप्रोत रहेको भनाइ व्यक्त गर्नु भएको थियो । नेपाली मौलिकताको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको...
मिस्टर एण्ड मिस एसईई आईकन पूर्वान्चल हुदै

मिस्टर एण्ड मिस एसईई आईकन पूर्वान्चल हुदै

मनोरन्जन, समाचार
विगत तिन वर्ष यता देखि आयोजना भइरहने मिस्टर एंड मिस एसईई यस वर्ष पनि आयोजना हुने भएको छ। एसईई सकेर बसेका विद्यार्थीहरुलाई लक्क्षित गरि आयोजना हुने यस कार्यक्रममा विद्यार्थीहरुलाइ फेसन र मोड्लिङ्गको क्षेत्रमा पहुच पुर्याउने मात्र नभई यस कार्यक्रमले एसईई पछिको शिक्षालाइ पनि उपयोगी हुने प्रशिक्षणहरु दिने जसले गर्दा भविष्यका दिनहरुमा सो बिधार्थीहरुलाई आफ्नो कुनै पनि क्षेत्रमा करियर बनाउन सक्ने सम्म क्षमता बिकास गराउने आयोजकले अठोट लिदै आएको छ। यस प्रतियोगितात्मक कार्यक्रममा विधार्थीहरुले विभिन्न विधाका दक्ष व्यक्तिहरुबाट प्रशिक्षण गराइने छ । प्लानेट मल्टिमेडियाले आयोजना गर्ने यस कार्यक्रमको यो तेस्रो संस्करण हो। बिगतका बर्षमा कोरोना महामारीका कारण संचालन हुन नसकेको र यस बर्ष बिगतको कार्यक्रमको भन्दा उत्कृष्ट ढंगबाट कार्यक्रमको तयारी भईरहेको पनि आयोजकले जनाएको छ। एसईईको परिक्षा सकिए लगतै...
स्पाइनी ब्याब्लर अन्तराष्ट्रिय फिल्म फेष्टिवल २०२२ सम्पन्न

स्पाइनी ब्याब्लर अन्तराष्ट्रिय फिल्म फेष्टिवल २०२२ सम्पन्न

मनोरन्जन, समाचार
काठमाण्डौ– स्पाईनी मुभिजको आयोजनामा राजधानीमा एक समारोहको विच दोश्रो स्पाइनी ब्याब्लर अन्तराष्ट्रिय फिल्म फेष्टिवल २०२२ सम्पन्न भएको छ । स्पाइनी मुभिज प्रा.ली.को प्रस्तुतीमा आयोजना गरिएकोे स्पाइनी ब्याब्लर फिल्म अन्तराष्ट्रिय फेष्टिवल २०२२ मा पाकिस्तान, फिलिपिन्स, भारत, अमेरिका, जापान, क्यानेडा, श्रीलंका, बंगलादेश लगायतका देशहरुबाट लामा तथा छोटा चलचित्रहरुको सहभागीता रहेको थियो । पुर्व रक्षामन्त्री भिमसेनदास प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा चलचित्र गीत संगीत लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागीता रहेको थियो । स्पाईनी ब्याब्लर अर्थात काँडे भ्याकुरको नामबाट सञ्चालन गरिएको यस फेष्टिवलको उदेस्य विश्वकै दुर्लभ चरा जो नेपालमा मात्रै पाईने र यसैको माध्यमबाट पनि हामी नेपाललाई चिनाउन सक्छौं भन्दै स्पाईनी मुभिजले विगत दुई वर्ष देखी स्पाईनी ब्याब्लरको नामबाट अन्त...
मिस हिमालय लिटल एन्जल काठमाडौं २०२२ को ट्यालेन्ट राउन्ड सम्पन्न

मिस हिमालय लिटल एन्जल काठमाडौं २०२२ को ट्यालेन्ट राउन्ड सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं । कथा इभेन्टको आयोजनमा हुन लागेको मिस हिमालय लिटल एन्जल काठमाडौं २०२२ को ट्यालेन्ट राउन्ड शनिबार वैशाख १७ गते नेपाल हाउँस रेष्टुरेन्ट, हात्तीसार, काठमाण्डौंमा सम्पन्न भएको छ । ट्यालेन्ट राउन्डको अध्यक्षता गनिका गुरुङ ज्यूले गर्नु भएको थियो । ट्यालेन्ट राउन्डको प्रमुख निर्णायकमा भने वरिष्ट समाजसेवी तथा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ A1 को पूर्व गर्भनर अनन्त प्रसाद भेटुवाल ज्यू रहनु भएको थियो भने निर्णायकमा मिसेस नेपाल वल्ड २०२१ दिक्छ्या केसी, अभिनेता तथा मोडल जोर्डन राज भण्डारी, मिस हिमालय नेपाल २०१९ सुरक्षा सुवेदी र उद्यमी बिनोद खड्का ज्यू रहनु भएको थियो । ट्यालेन्ट राउन्ड जम्मा ५३ जनाले भाग लिएको जानकारी इभेन्ट डाइरेक्टर अनिल बुर्जा मगरले दिनुभयो । छनौट भएका ५३ प्रतियोगीहरुले आ-आफ्नो प्रतिभा देखाएका छन् । प्रतिभा देखाउने क्रममा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, भाषण, रेखा...
जीवन शाहीको निर्देशनमा ‘पैसा कागजको‘’सार्वजनिक(भिडियो)

जीवन शाहीको निर्देशनमा ‘पैसा कागजको‘’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
प्रमोद खरेलको स्वरमा रहेको गीत ‘पैसा कागजको…’ सार्वजनिक भएको छ । लेखराज गिरीको शब्द÷सङ्गीत र सन्दीप कार्कीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=QZvfeTnQz5o जीवन शाहीको निर्देशन र राजिव बलामीको कोरियोग्राफी रहेको गीतको भिडियोमा सुन्दर एसडीएस र सरस्वती खत्रीलाई फिचरिङ गरिएको छ । भिडियोमा दीपेन बस्नायतको छयाँकन र सम्पादन रहेको छ । ...
निर्देशक माधव राज खरेल गोरखा पोलब्रेकर्स संघ नेपालको केन्द्रिय सदस्यमा मनोनित

निर्देशक माधव राज खरेल गोरखा पोलब्रेकर्स संघ नेपालको केन्द्रिय सदस्यमा मनोनित

मनोरन्जन, समाचार
काठमाण्डौ– गोरखा पोलब्रेकर्स संघ नेपालको केन्द्रिय सदस्यमा चलचित्र निर्देशक माधव राज खरेललाई मनोनयन गरिएको छ । एक विज्ञप्ति जारी गर्दै यस अघिका दुई केन्द्रिय सदस्य सरोज लामिछाने र बुजुली बहादुर तामाङले राजिनामा दिए पछि तत्काल संघले निर्देशक खरेल र करण कार्कीलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको जानकारी दिएको छ । लामो समय देखी नेपाली चलचित्र क्षेत्रमा सक्रिय खरेल यस अघि गोरर्खा पोलबे्रकर्स क्लवमा समेत आवद्ध रहेका थिए पछि क्लबले राष्ट्रिय खेलकुद परिषद्वाट संघको मान्यता पाएपछि गोरखा पोलब्रेकर्स संघ नेपालको रुपमा चर्चामा हरेको छ, हालै खरेल र कार्कीलाई संघको विशेष बैठकले केन्द्रिय सदस्यमा मनोनयन गरेको अध्यक्ष उद्धव नारायण श्रेष्ठले जानकारी दिएका छन् । हालै मनोनय गरिएका खरेल र कार्कीले पक्कै पनि  संघको हितमा काम गर्ने र यसलाई अझै अन्तराष्ट्रिय स्तरमा लैजानेमा संघ विश्वस्त रहेको सम...
प्रशन्नको निर्देशनमा स्ट्रिक फ्लोको ‘जुनेली रातमा’ (भिडियो)

प्रशन्नको निर्देशनमा स्ट्रिक फ्लोको ‘जुनेली रातमा’ (भिडियो)

मनोरन्जन, समाचार
प्रशन्न रिमाल ‘पुरुषोत्तम’को निर्देशनमा स्ट्रिक फ्लोको र्‍याप गीत ‘जुनेली रातमा’ सार्वजनिक भएको छ । वैदेशिक रोजगार र कुलतलाई मुख्य विषय बनायर ‘जुनेली रातमा’ र्‍याप गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियो एमएमएस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । https://youtu.be/WG2go1fgPDA गीतमा एकेए स्ट्रिक फ्लो (प्रफुल घिमिरे) को शब्द, सङ्गीत, र्‍याप छ । भिक्टरको एरेञ्ज, मिक्स तथा माष्टरिङ रहेको गीतको भिडियोमा डम्बर राईको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ । भिडियोमा ईश्वर गुरुङ, दीपसागर केसी, बुद्धि यामीलगायत कलाकारको अभिनय छ । गीतको भिडियोमा बेरोजागर युवाको कथा बुनिएको छ । ...