आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

चौथौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव शुरु, ३४ राष्ट्रको सहभागिता

चौथौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव शुरु, ३४ राष्ट्रको सहभागिता

मनोरन्जन, समाचार
काठमाडौं – चौथौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०७९ को उदघाटन भव्यता का साथ आयोजना गरी सम्पन्न गरियो। काठमाडौं दरबारमार्ग मा रहेको राइजिङ मल मा चौथौं नेपाल अन्तराष्ट्रिय चलिचित्र महोत्सवमा प्रमुख अथिती का रूप मा नेपाल चलचित्र विकास बोर्ड का कार्यकारी अधक्ष्य भुवन केसी ज्यू एबम् नेपाल को प्रथम महिला अभिनेत्री भुवन चन्द,त्यसै गरी नेपाल को पहिलो हास्य महिला कलाकार वसुन्धरा भुसाल, अन्तराष्ट्रिय निर्देशक तथा निर्माता एलिना नोडेल, एन मेटि स्कपलरेन लगायत का बिशेष अतिथि हरुको उपस्थिति मा एबम् नेपाल संस्कृति तथा चलचित्र केन्द्रका अधक्ष्य सन्तोष सुवेदीको सभापतित्व मा आयोजना गरिएको थियो।उक्त महोत्सब मा विभिन्न राष्ट्रीय तथा अन्तराष्ट्रिय चलचित्रकर्मीहरु, निर्माता तथा निर्देशक हरु की उपस्थिति रहेको थियो।उक्त महोत्सवमा नेपाल चलचित्र विकास बोर्ड का कार्यकारी अधक्ष्य भुवन केसीले महोत्सव को लागि शु...
स्नेही काखको सहयोगार्थ ‘गाँस’ च्यारिटी शो हुदै

स्नेही काखको सहयोगार्थ ‘गाँस’ च्यारिटी शो हुदै

मनोरन्जन, समाचार
नेपाल स्नेही काखले गाँस नामक लघु चलचित्र प्रदर्शन गर्ने भएको छ । मानसिक सन्तुलन गुमाएर सडकमा रहेका बेवारिसेहरुलाई सरंक्षण गर्दै आएको उक्त संस्थाले आगामी पुष १७ गते काठमाडौंको अष्ट नारायण हलमा उक्त चलचित्र प्रदर्शन गर्ने भएको हो । मानसिक स्वास्थ्यबिना स्वास्थ्यको कुनै अर्थ छैन त्यसैले पहिला आहारबिहारमा ध्यान दिदै स्वस्थ जीवनको सुख र खुसी साटासाट गरौं भन्ने मुल मन्त्रका साथ लामो समयदेखि बेवारिसे अवस्थामा रहेका मानिसहरुको सेवा गर्दै आएको स्नेही काखले धेरैजना असहायहरुको उद्धार गरिसकेको छ । विभिन्न कारणबाट मानसिक सन्तुलन गुमाएका र घरपरिवारबाट बेवास्ता गरिएका कारण बाँच्ने आधार समेत नभएका सडक मानवहरुको निमित्त सन् २०१० देखि निरन्तर सेवा गर्दै आएको नेपाल स्नेही काखमा करिब ९० जना बेवारिसेहरु छन् । जसको लालनपालन र स्वास्थ्य अवस्थाको जिम्मेवारी लिएको उक्त सँस्थाले दाताहरूको सहयोगमा गुजारा चलाइरहे...
“मिस इकलेज २०२३” को लागि आवेदन फारम खुल्ला

“मिस इकलेज २०२३” को लागि आवेदन फारम खुल्ला

मनोरन्जन, समाचार
मंसिर १९, काठमाडौं, विगत १४ वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज २०२३ को एघारौंै संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ । उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २५ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखि “ मिस ईकलेज २०२३” को आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले वताउनु भयो । कलेज स्तरका युवतीहरुको शैक्षिक विकास , व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको हो । विगत १३ वर्षदेखि काठमाडांैमा रहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर...
निम अवार्ड छैठौं संस्करणको आवेदन खुल्ला

निम अवार्ड छैठौं संस्करणको आवेदन खुल्ला

मनोरन्जन, समाचार
काठमाडौं –  निम अवार्डको छैठौं संस्करणको आवेदन खुल्ला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२३’ को आवेदन खुल्ला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिएकि छन् । उक्त अर्वाडका लागि यही मंसिर १५ गतेबाट आवेदन फारम खुल्ला गरिएको जोशीले बताईन । विगत ५ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डको यो छैठौं संस्करण हो।उक्त अवार्डमा पहिलो वर्षदेखि नै नेपालमा बोलिने विभिन्न भाषा–भाषीका गीत संगीतहरुलाई विशेष प्राथमिकताका साथ समेटिँदै आएको छ । अहिले सम्मकै बृहत संख्याका भाषा–भाषीका गीतहरुको उत्साह पूर्वक सहभागिता हुँदै आएकाले पनि यसलाई नेपालकै पहिलो समावेशी अवार्डको रुपमा लिने गरिन्छ ।नेपाल भित्र बोलिने विभिन्न भाषा र भाकाका गीतहरुलाई कार्यक्रममा सहभागी गर्दै आईरहेको उक्त अवार्डमा काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मै...
चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को उत्कृष्ट ५ सार्वजनिक

चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को उत्कृष्ट ५ सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौं –  सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको यस अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको सहारा एपले मुख्य प्रायोजन गरेको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेका अवार्डमा ३४ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको हो । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र लोक दोहोरी विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् । अवार्डमा भोट र जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम संयोजक मनोज थापा  । सहारा एप चौथो सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥या...
‘चाहँदिन हाँस्न’को भिडियो सार्वजनिक(भिडियो)

‘चाहँदिन हाँस्न’को भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
चर्चित गीत सुटुक्कै दिलमा बस्यो राजै बोलकी गीतकी गायिका रानी शाक्य आम नेपाली संगीत पारखीहरुको लागि एक चर्चित नाम हो । उनले धेरै गीत र गीतको भिडियो नेपाली श्रोता तथा दर्शक माझ ल्याई सकेकी छिन । यसै क्रममा चाहदिन हाँस्न म बोलको गीत हालै उनको आफनै युटुव च्यानल रानी शाक्य युटुव च्यानल मार्फत सार्वजनिक गरेकी छिन । https://www.youtube.com/watch?v=Nl4V43exLtQ उक्त बोलको गीतको भिडियोमा रामचन्द्र अधिकारी,सुरविर पण्डित,कमल सिङ्ग र परी शाक्यको जीवन्त अभिनय रहेको छ । यस भिडियोको निर्देशन भने र्यान कार्कीले गरेका हुन । यस कर्णप्रिय गीतको संगीतकार अर्जुन पोखरेल हुन भने यस गीतमा रानी शाक्य र रामकृष्ण ढकालको स्वर रहेको छ । ...
सुरज नेपालको ‘द एस्सेंस ऑफ साउण्ड’(भिडियो)

सुरज नेपालको ‘द एस्सेंस ऑफ साउण्ड’(भिडियो)

मनोरन्जन, समाचार
द एस्सेंस ऑफ साउण्ड (धोनी को सार) संगीत ब्रमाण्डको भाषा हो,जुन मनमस्थिक संग जोडेको हुन्छ जसले सकारात्मक मार्गदर्शन देखाउछ।नेपालमा २०० वर्ष पुरानो इतिहास बोकेको बाधयन्त्र एसराज बाजा र छोटो समयमा नै अति धेरै लोकप्रिय भएको ह्यण्डप्यान ड्रम संग एक नौलो इन्स्ट्रुमेन्ट म्युजीक भिडियो द एस्सेंस ऑफ साउण्ड सुरज नेपालको आफ्नो युटयुब च्यानलबाट सार्वजनिक गरिएको छ। https://www.youtube.com/watch?v=ZZ9QTBqKLB8 एसराज बाजा बाधबादक सुरज नेपाल र ह्यण्डप्यान ड्रमर रोहित मानन्धर बीच को यस सांगेतिक सहकार्य नेपाली शास्त्रीय संगीत र पश्चिममेलि संगीतको घनिस्ट मेल मेलाप भेटिन्छ। द एस्सेंस ऑफ एक ध्यानत्मक संगीतको यात्रा हो, जसले भुगोलिक अबरोधहरु पार गर्छ र भित्रि आत्मालाई गहीराईबाट छुन्छ। गायक सुरेन्द्र श्रेष्ठको एरेन्ज रहेको यस म्युजीकमा सुरज नेपाल तथा रोहितको कम्पोज रहेको छ भने ,रेकर्ड सुर मेलोडी स्टुडियो...
निर्देशक खरेल र गीतकार खानको हिन्दी भिडियो “ओ बेवफा”सार्वजनिक (भिडियो)

निर्देशक खरेल र गीतकार खानको हिन्दी भिडियो “ओ बेवफा”सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
काठमाण्डौ – चलचित्र निर्देशक माधव राज खरेलको निर्देशनमा हिन्दी गीत “ओ वेवफा”को म्युजिक भिडियो सार्वजनिक भएको छ । आर.जे.म्युजिक प्रोडक्सनको युटुव च्यानलबाट सार्वजनिक भएको भिडियोमा माधव आर. खरेल, साक्षी लम्साल र सागर जि. तमाङको अभिनय देख्न सकिन्छ । नेपाली, भोजपुरी मैथली, हिन्दी लगायतका विभिन्न भाषाहरुमा कलम चलाई सकेका गीतकार समिर खानको शब्द रहेको उक्त गीतमा लोकप्रिय गायक रुपक डोटेलको स्वर, राजेन्द्र बजागाईको संगीत र एरेन्ज तथा मनोज परियारको मिक्सिङ रहेको छ । https://youtu.be/oLOuYE9HX8g झण्डै आधा दर्जन चलचित्र तथा दर्जनौ म्युजिक भिडियोहरुको निर्देशन गरिसकेका निर्देशक खरेलले पछिल्लो युवा पुस्ताले माया प्रेमलाई धन,सम्पति संग तुलना गर्नेुका साथै मिलन र विछोडको कथालाइ दृश्य मार्फत देखाउन खोजेका छन् । नगरकोटका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको भिडियोमा जिवन पराजुलीको छायाँकन रहेक...
निरकमलको शव्दमा अस्मिताको स्वरको ‘कहाँ राखुँ प्रिय’(भिडियो)

निरकमलको शव्दमा अस्मिताको स्वरको ‘कहाँ राखुँ प्रिय’(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गीतकार निर कमल खड्का(ममल) द्वारा रचित गीत ‘कहाँ राखु प्रिय’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियो बालुवाटारस्थित टाईम्स स्कव्वाएरमा एक समारोहका विच सार्वजनिक गरिएको हो ।लोकप्रिय वरिष्ठ अभिनेता राजाराम पौडेलको हातबाट गरिएको गीतको भिडियो सार्वजनिक समारोहमा गीत संग सम्बन्धित कलाकार तथा प्राविधिक टिमलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा अभिनेता पौडेल ,नायक श्रीदेव भट्राई,गायक रामकृष्ण श्रेष्ठ लगायत अतिथीहरुले भिडियो निकै उत्कृष्ट बनेको र विदेशमा वस्ने नेपालीहरुको नेपाली गीत संगीत प्रतिको लगावका कारण आज नेपाली सांगीतिक क्षेत्र यहां सम्म आईपुगेको कुरा बताउनु भयो । यसै गरि भिडियो निर्माणका विषयमा भएका गतिविधि र निर्माणका क्रममा भएका अनुभव वताउदै निर्देशक ढकालले आफुले शव्द र गीत अनुसारको भिडियो निर्माणमा करिब २ महिनाको तयारी ...
लिटिल आईकन अफ नेपाल २०२२ को उपाधी सान्वी, सरोना र अर्मोनलाई

लिटिल आईकन अफ नेपाल २०२२ को उपाधी सान्वी, सरोना र अर्मोनलाई

मनोरन्जन, समाचार
काठमाडौं ।  एएनपि मिडिया हाउसको आयोजनामा लिटिल आईकन अफ नेपाल २०२२  सम्पन्न भएको छ ।  प्रतियोगीता आईतबार  राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको आयोजक संस्थाका प्रमुख लव बहादुर कार्कीले जानकारी दिए । आयोजकका अनुसार प्रतियोगिता अन्तर्गत जुनियर गर्ल्स, सिनियर गर्ल्स र ब्वाइज ग्रुप गरि तीन भिन्न समुहमा प्रतिस्पर्धा गराईएको थियो ।  जसमा जुनियर गर्ल्सतर्फको उपाधि सान्वी भट्टले जितिन् भने प्रशान्ती चन्द ठकुरी र स्वस्तिका पाण्डे क्रमश: फर्स्ट रनर अप र सेकेण्ड रनर अप बन्न सफल रहे । त्यस्तै, जिया घर्ती मगर मस्ट पपुलर विनर र पब्लिक च्वाइसको विजेता बन्न सफल रहे । त्यस्तै, सिनियर गर्ल्सतर्फ सरोना गुरुङले लिटिल आईकन अफ नेपाल २०२२ को ताज हासिल गरिन ।  जसमा क्रमश: मिरा रोका छेत्री, क्रिजल लिम्बु र क्युरिना परियार फर्स्ट रनर अप, सेकेण्ड रनर अप र थर्ड रनर अप बन्न सफल रहे । स...