काठमाडौं ।  एएनपि मिडिया हाउसको आयोजनामा लिटिल आईकन अफ नेपाल २०२२  सम्पन्न भएको छ ।  प्रतियोगीता आईतबार  राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको आयोजक संस्थाका प्रमुख लव बहादुर कार्कीले जानकारी दिए ।

आयोजकका अनुसार प्रतियोगिता अन्तर्गत जुनियर गर्ल्स, सिनियर गर्ल्स र ब्वाइज ग्रुप गरि तीन भिन्न समुहमा प्रतिस्पर्धा गराईएको थियो ।  जसमा जुनियर गर्ल्सतर्फको उपाधि सान्वी भट्टले जितिन् भने प्रशान्ती चन्द ठकुरी र स्वस्तिका पाण्डे क्रमश: फर्स्ट रनर अप र सेकेण्ड रनर अप बन्न सफल रहे । त्यस्तै, जिया घर्ती मगर मस्ट पपुलर विनर र पब्लिक च्वाइसको विजेता बन्न सफल रहे ।

त्यस्तै, सिनियर गर्ल्सतर्फ सरोना गुरुङले लिटिल आईकन अफ नेपाल २०२२ को ताज हासिल गरिन ।  जसमा क्रमश: मिरा रोका छेत्री, क्रिजल लिम्बु र क्युरिना परियार फर्स्ट रनर अप, सेकेण्ड रनर अप र थर्ड रनर अप बन्न सफल रहे । सुयान्सी ढुङ्गाना मस्ट पपुलर विनर र नुमा लिम्बु पब्लिक च्वाइसको विजेता बन्न सफल रहे ।

ब्वाइज ग्रुप अन्तर्गत अर्मोन खत्री लिटिल आईकन अफ नेपाल २०२२ को विजेता बन्दै ताज हासिल गरे भने मस्ट पपुलर विनरको टाईटल समेत हात पारे ।  त्यस्तै रिदम गौतम, अनमोल गुरुङ र आश्रय अर्याल क्रमश: फर्स्ट रनर अप, सेकेण्ड रनर अप र थर्ड रनर अप बन्न सफल रहे भने अनमोलले पब्लिक च्वाइसको टाईटल समेत हात पारे । अन्य प्रतिस्पर्धीहरु समेत विभिन्न टाइटल जित्न सफल भएको कार्कीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here