चर्चित गीत सुटुक्कै दिलमा बस्यो राजै बोलकी गीतकी गायिका रानी शाक्य आम नेपाली संगीत पारखीहरुको लागि एक चर्चित नाम हो । उनले धेरै गीत र गीतको भिडियो नेपाली श्रोता तथा दर्शक माझ ल्याई सकेकी छिन । यसै क्रममा चाहदिन हाँस्न म बोलको गीत हालै उनको आफनै युटुव च्यानल रानी शाक्य युटुव च्यानल मार्फत सार्वजनिक गरेकी छिन ।

उक्त बोलको गीतको भिडियोमा रामचन्द्र अधिकारी,सुरविर पण्डित,कमल सिङ्ग र परी शाक्यको जीवन्त अभिनय रहेको छ । यस भिडियोको निर्देशन भने र्यान कार्कीले गरेका हुन । यस कर्णप्रिय गीतको संगीतकार अर्जुन पोखरेल हुन भने यस गीतमा रानी शाक्य र रामकृष्ण ढकालको स्वर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here