विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायलाई भारतमा‘दादा साहेव फाल्के’अवार्ड
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासका डा. डीआर उपाध्यायलाई भारतको प्रतिष्ठित अवार्ड दादा साहेव फाल्के अवार्ड २०२२ प्रदान गरिएको छ । आइतबार मुम्बईमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई यो अवार्ड अर्पण गरिएको हो ।
भारतमा दादा साहेव फाल्के अवार्ड एउटा भारतको केन्द्रीय सरकारले प्रदान गर्दै आएको छ भने अर्को श्री दादा साहेव फाल्के इन्टरनेशनल अवार्ड फिल्म फाउण्डेशन र श्रीडिएसपी फिल्म प्रोडक्सनले प्रदान गर्दै आएको छ । डा. उपाध्यायलाई फिल्म फाउण्डेशनले अवार्ड प्रदान गरेको हो ।
भारतले प्रदान गर्ने यो अवार्ड जति प्रतिष्ठित मानिन्छ त्यति नै फाउण्डेशनले प्रदान गर्ने अवार्डलाई मानिन्छ । डा. उपाध्यायले सो अवसरमा आफूलाई अवार्ड प्रदान गरिएकोमा आयोजकलाई धन्यवाद दिँदै छोटो मन्तव्य राख्नुभएको थियो । यो अवार्डले आफूलाई थप क्रियाशिल बनाउने उहाँले बताउनुभयो ।
डा. उपाध्यायका गीत-संगीत र साहित्यका विभ...









