छुट्टै परिचय बनाउदै मोडल आशा
काठमाडौं,मंसिर,२०- नेपाली कलाकारिता र मोडलिङमा आफ्नो छुट्टै परिचय बनाउने उदेश्यका साथ नेपाली कलाकारिता तथा मोडलिङमा प्रवेश गरेकी मोडल तथा कलाकार हुन आशा श्रेष्ठ । मोडलिङको साथ साथै एक सफल बिजनेश वुमनको रुपमा स्थापित भए पनि सानै उमेर देखि नृत्य तथा मोडलिङमा रुचि भएर यो क्षेत्रमा सौखको रुपमा आएकी आशा बिभिन्न रियालिटि शो र सौन्दर्य प्रतियोगिताहरुमा प्रतिस्पर्धिको रुपमा रहदै दर्जनौ उपाधी हातपार्न सफल भै सकेकि छिन ।
“प्रतिभाको आँगन”, “को भन्दा को कम” जस्ता नृत्य रियालिटि शोहरु मार्फत आफ्नो प्रतिभा निखार्दै आएकिन आशा मिस टीन,२००३ की बिजेता समेत हुन। गङ्गा, मेरी प्यारी बहिनीजस्ता थुप्रै चलचित्रहरुमा समेत नृत्य तथा अभिनय गरिसकेकि आशा पछिल्लो समय बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा आफ्नो प्रतिभा प्रस्तुतीमै ब्यस्त रहेकी छिन।
राजधानि तथा राजधानि बाहिर मोफसलमा हुने बिभिन्न सौन्दर्य ...









