आइत, असार ३, २०८१
Sun, June 16, 2024
Shadow

नेपाली सुन्दरी श्रृंखला खतिवडालाई ‘ब्यूटी विथ पर्पज’ अवार्ड

काठमाडौं, मंसिर १८ ।
चीनमा जारी मिस वर्ल्ड प्रतियोगितामा नेपाली सुन्दरी शृङ्खला खतिवडाले ‘ब्यूटी विथ पर्पज’ अवार्ड हात पारिन ।

चीनको सान्यामा चलिरहेको प्रतियोगितामा शृङ्खलाले सहभागी कुल ११७ देशका सुन्दरीलाई पछि पार्दै सो अवार्ड जितेकी हुन् । मिस वर्ल्डमा सहभागी हुने सुन्दरीले समाजमा सकारात्मक प्रभाव पर्ने एक परियोजनामा काम गर्नुपर्ने व्यवस्था अनुसार श्रृंखलाले आफ्नो गृह जिल्ला मकवानपुरको चेपाङ बस्तीमा स्वास्थ्य चौैकी र अन्य बिभिन्न भौतिक संरचना बनाएकी थिइन् ।

उनी एक आर्किटेक्चर हुन् र त्यही ज्ञानको प्रयोग गरेर स्वास्थ्य चौकी तथा अन्य बिभिन्न भौतिक संरचना बनाएकी हुन् ।

यसअघि सन् २०१३ मा भएको प्रतियोगितामा नेपालकी प्रतिस्पर्धी इशानी श्रेष्ठले प्रोजेक्ट स्माइल मार्फत ‘ब्यूटी विथ पर्पज’ अवार्ड पाएकि थिइन् ।

साथै श्रृंखलाले भोटिङ मार्फत छानिने मल्टिमिडिया अवार्ड समेत जितिसकेकि छिन् । दुई अवार्ड हात पार्न सफल नेपाली सुन्दरी खतिवडा प्रतिस्पर्धाको उत्कृष्ट ३० मा पर्न सफल भएकी छन् । यसअघि हेड–टू–हेडको दोस्रो चरणमा भने उनी पराजित भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *