आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘आफ्नै छायाले छोडेर’ सार्वजनिक (भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘आफ्नै छायाले छोडेर’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत आफ्नै छायाले छोडेर…’ सार्वजनिक भएको छ । स्वरुप राज आचर्यको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत र देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । कृष्ण पौडेलको निर्देशन रहेको गीतको भिडियोमा असिम दाहाल, सविना शर्मा र पुण्यप्रसाद वन्जाराको अभिनय रहेको छ । सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोमा युवराज खत्रीको सम्पादन छ । https://youtu.be/l8YvpwegvKk फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उहाँका चाड पर्...
‘एक तर्फी माया’ले श्वेता खड्काको दिल टुट्यो (भिडियो)

‘एक तर्फी माया’ले श्वेता खड्काको दिल टुट्यो (भिडियो)

मनोरन्जन
कात्तिक २ काठमाडौं । सरना श्रेष्ठले स्वरमॉएक तर्फी मायाबोलको गीत सार्वजनिक भएको छ । भिडियोमा श्वेतासँगै अनुपविक्रम शाही र निराजन प्रधानको अभिनय रहेको छ । सुरेन्द्र श्रेष्ठको संगीत रहेको गीतका शब्द वरिष्ठ हाँस्य व्यांग्य कलाकार मदनकृष्ण श्रेष्ठले लेखेका हुन् । सरना उनकी आफ्नै छोरी हुन् । श्वेता खड्काको काया फिल्मले निर्माण गरेको भिडियोको कन्सेप्ट तथा निर्देशन गायिका सरना श्रेष्ठले नै गरेकी हुन् । गीतको भिडियोमा श्वेताले दिल टुटेकी युवतीको भूमिका निर्वाह गरेकी छिन् ।‘एक तर्फी माया’ गीतको भिडियोबाट श्वेता खड्काले आफ्नो अफिसियल युटुव च्यानल “क का की”पनि सञ्चालनमा ल्याएकी छिन् । https://youtu.be/kVE2iStMQUA ...
डीआर उपाध्यायको नव दुर्गा भजन सार्वजनिक (भिडियोसहित)

डीआर उपाध्यायको नव दुर्गा भजन सार्वजनिक (भिडियोसहित)

मनोरन्जन
कात्तिक १ काठमाडौं । आजदेखि नेपालीको महान् चाड वडा दशैँ सुरू भएको छ । यही सन्दर्भमा विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको दशैँ भजन ‘नव दुर्गा’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर तथा सङ्गीत र देवेन्द्र नेवाःको एरेञ्ज रहेको भजनको लिरिकल भिडियो सार्वजनिक भएको हो । सर संगीतमा रेकर्डिङ गरिएको गीतलाई पवन भाटले रेकर्डिङ गनुभएको हो भने सन्तोष पौडेलको मिक्सिङ/माष्टरिङ रहेको छ । फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाक...
गायिका रेखा पौडेल र गायक कन्हैया सिंह परियारको स्वरको ‘राख्न त राख जमरा आमा’ सार्वजनिक (भिडियो)

गायिका रेखा पौडेल र गायक कन्हैया सिंह परियारको स्वरको ‘राख्न त राख जमरा आमा’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
हिन्दुहरुको महान चाड वडा दशैं संघारमै आइसकेको छ । नजिकिंदो दशैंसँगै पछिल्लो समय दशैंको महत्व र सिर्जीत परिस्थितीलाई समेटेर नेपाली साङगीतिक क्षेत्रमा धेरै गीतहरु सार्वजनिक भइरहेको छन् ।यहि सिलसिलामा ‘राख्न त राख जमरा आमा’ बोलको मार्मिक गीत सार्वजनिक भएको छ । गीतमा संगीतकार तथा गायिका रेखा पौडेल र गायक कन्हैया सिंह परियारको स्वर रहेको छ । https://youtu.be/9zXMzsHIorI बिमल गौतमको मर्मश्पर्शी शब्द रहेको गीतमा रेखाको नै संगीत रहेको छ । मारुनी डिजिटल रेकर्डिङमा रेकर्ड गरिएको यो गीतलाई कुमार राना मगरले मिकिस्ङ गरेका हुन् । गीतमा रत्न बिकेको बाँसुरीवाद तथा भुवन गन्धर्वको तबलावादन सुन्न सकिन्छ । श्रमका लागि परदेशीएका नेपालीलाई चाडपर्वमा स्वदेश फर्कन नपाउँदाको पिडा गीतमा हुबहु समेटिएको छ । गीतको भिडियोलाई समिर लामाले निर्देशन गरेका हुन । ...
गीतकार अम्बिका र गायक वीरेन्द्रको ‘परदेशीको जीवन’ सार्वजनिक(भिडियो)

गीतकार अम्बिका र गायक वीरेन्द्रको ‘परदेशीको जीवन’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
‘जाले रुमाल’ गीतको अपार सफलता पछी गायक इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वर रहेको ‘परदेशीको जीवन बरिलै’ शीर्षकको छोटो म्युजिकल मुभीको भिडियो सार्वजनिक भएको छ । गीतमा चर्चित गीतकार अम्बिका गुरुङको रचना तथा दिपकराज विश्वकर्माको संगीत तथा एरेन्ज रहेको छ । https://youtu.be/n4BjB9--H0U टिकाराम आचार्य निर्देशित लक्षमण गजुरेल निर्माण रहेको भिडियोमा निर्मल खत्री, निशा राई लगायत नानी धानु, गजेन्द्र प्रिथक, पेम्बा शेर्पा, माया सिटौला, माधव सिटौला, धर्म खतिवडा, सरु शर्मा, किरण कन्दवाको अभिनय रहेको छ । म्युजिक भिडियोमा बेरोजगारी, गरिबी, केही गर्न परदेश गएर कमाउने उत्साह बोकेका आम मानिसको भोगाइको प्रतिनिधित्व देख्न सकिन्छ । योगेश दाहालको छाँयाकन सम्पादन रकहेको भिडियो भवसागर इन्टरटेन्टमेन्टको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । ...
चर्चित गायक श्रीकृष्ण लुइँटेल (बोकेदारी)ले दशैं–तिहारलक्षित गीत सार्वजनिक (भिडियो)

चर्चित गायक श्रीकृष्ण लुइँटेल (बोकेदारी)ले दशैं–तिहारलक्षित गीत सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
चर्चित गायक श्रीकृष्ण लुइँटेल (बोकेदारी)ले दशैं–तिहारलक्षित गीत सार्वजनिक गरेका छन् । ‘दशैं आयो तिहार आयो’ बोलको गीतलाई बोकेदारी मिडिया अफिसियलको युट्युब च्यानलमार्फत् रिलिज गरिएको हो । सार्वजनिक गरिएको गीतको भिडियोले दशैँ–तिहार नजिकिएको आभास गराउँछ । गीतमा स्वर, शब्द तथा संगीत श्रीकृष्ण लुइँटेलकै रहेको छ । कमेडी शैलीमा बनेको गीतको भिडियोमा कोरोनाको कहरमा दशैं र तिहार मनाएको देखिन्छ । https://youtu.be/aZ-buawBQ9A सार्वजनिक गरिएको गीतको भिडियोमा कलाकारको रुपमा श्रीकृष्ण लुइँटेलका साथ शम्भु श्रेष्ठ, विक्रम गेलाल, नहिम अली, अरुण राजवंशी, रजत श्रेष्ठ, दिपेन्द्र कटुवाल र विष्णु कार्की रहेका छन् । रोहित लाम्गादेको निर्देशनमा तयार भएको गीतको भिडियोलाई जोनी योन्जनले एरेन्ज गरेका हुन् । सुवास लिम्बूको छायांकन तथा सम्पादन रहेको गीतको भिडियोलाई नहिम अलीले कोरियोग्राफ गरेका हुन् । ...
मेलिनाको ‘बैगुनी २’मा पल र प्रियाना

मेलिनाको ‘बैगुनी २’मा पल र प्रियाना

मनोरन्जन
असोज २९ काठमाडौं । मेलिना राई र बुद्धिमान श्रेष्ठको स्वर रहेको ‘बैगुनी २ सितल छायाँलाई’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा नायक पल शाह, प्रियाना आचार्य, कमलमणी नेपाल लगायतको अभिनय रहेको छ । तराई भेगको परिवेशलाई समावेश गरिएको गीतमा शब्द तथा संगीत बदल घिमिरेको रहेको छ । उत्सव दाहालले खिचेको भिडियोलाई विकाश ज्ञावालीले सम्पादन गरेका छन् । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको म्युजिक भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका हुन् । भिडियोलाई अत्यन्तै मन पराइएको छ । https://youtu.be/ZF_6rkGWyiE ...
चौथौ स्टेजको क्यान्सरबाट ग्रसित संजयमा छ क्यान्सरलाई जित्ने आत्मविश्वास

चौथौ स्टेजको क्यान्सरबाट ग्रसित संजयमा छ क्यान्सरलाई जित्ने आत्मविश्वास

मनोरन्जन
असोज २९ काठमाडौं । भारतीय चर्चित अभिनेता सञ्जय दत्तले आँफुले छिट्टै नै क्यान्सरलाई जित्ने बताएका छन् । क्यान्सरजस्तो प्राणघातक रोगसँग जुधिरहँदा पनि चलचित्र छायांकनमा ब्यस्त रहेका सञ्जयले केही दिनमा नै चलचित्र ‘शमशेरा’को डब गर्ने तयारीमा पनि रहेका छन् । नोबेम्बरमा ‘केजीएफ च्याप्टर २’को सुरु गर्ने तयारीमा रहेका उनले नयाँ हेयरस्टाइल र दाह्री पनि बनाएका छन् । लकडाउनपछि पुनः काममा फर्किन पाएकामा खुशी ब्यक्त गर्दै उनले हालै शल्यक्रिया गरेको घाउ देखाउँदै के म संजय नै हुँ भन्ने प्रश्न गर्छन् । फोक्सो क्यान्सरको चौथो चरणमा पुगेको थाहा पाएपछि उपचाररत संजयले अगस्तमा सञ्जयले स्वास्थ्य उपचारका लागि केही समय कामबाट छुट्टी लिने घोषणा गरेका थिए । उनी फोक्सो क्यानसरको चौथो चरणमा रहेको बताइएको छ । एजेन्सी ...
गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले’ सार्वजनिक(भिडियो)

गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले’ सार्वजनिक(भिडियो)

मनोरन्जन
असोज २९ काठमाडौं । लामो समयदेखि पत्रकारितामा रहनुभएका गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले…’ सार्वजनिक भएको छ । एलिना चौंहान र रुपक डोटेलको स्वर तथा किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो । यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बेहुला बेहुली र राजा रानीको कथा बोकेको छ । गीतको भिडियो ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्युजिक’ एल्बम समावेश छ । https://youtu.be/IoemGpJrino सार्वजनिक गीतमा बालापनमा गोठालो गएको, मेलापात भरेको, पानी पँधेरो धाएको सम्झनाहरू प्रस्तुत गरिनुका साथैं भाँडाकुटी खेलेको, बेहुला बेहुली बनेको, राजा रानी बनेको, लुकामारी खेलेको कुरालाई नबिर्सिएर ताजैं स्मरण गरेको भावहरु छर्लङ्ग दर्शाइएको हेर्न पाईन्छ । गीतकार रावलले निश्चल एल्बमको ‘म मा...
सञ्चारकर्मी जनक रावलको ‘भुल्यौं कि मायाले’ सार्वजनिक (भिडियो)

सञ्चारकर्मी जनक रावलको ‘भुल्यौं कि मायाले’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
लामो समयदेखि पत्रकारितामा रहनुभएका गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले…’ सार्वजनिक भएको छ । एलिना चौंहान र रुपक डोटेलको स्वर तथा किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो । यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बेहुला बेहुली र राजा रानीको कथा बोकेको छ । गीतको भिडियो ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्युजिक’ एल्बम समावेश छ । https://www.youtube.com/watch?v=IoemGpJrino&feature=emb_logo सार्वजनिक गीतमा बालापनमा गोठालो गएको, मेलापात भरेको, पानी पँधेरो धाएको सम्झनाहरू प्रस्तुत गरिनुका साथैं भाँडाकुटी खेलेको, बेहुला बेहुली बनेको, राजा रानी बनेको, लुकामारी खेलेको कुरालाई नबिर्सिएर ताजैं स्मरण गरेको भावहरु छर्लङ्ग दर्शाइएको हेर्न पाईन्छ । गीतकार रावलले निश...