असोज २९ काठमाडौं । भारतीय चर्चित अभिनेता सञ्जय दत्तले आँफुले छिट्टै नै क्यान्सरलाई जित्ने बताएका छन् । क्यान्सरजस्तो प्राणघातक रोगसँग जुधिरहँदा पनि चलचित्र छायांकनमा ब्यस्त रहेका सञ्जयले केही दिनमा नै चलचित्र ‘शमशेरा’को डब गर्ने तयारीमा पनि रहेका छन् ।

नोबेम्बरमा ‘केजीएफ च्याप्टर २’को सुरु गर्ने तयारीमा रहेका उनले नयाँ हेयरस्टाइल र दाह्री पनि बनाएका छन् । लकडाउनपछि पुनः काममा फर्किन पाएकामा खुशी ब्यक्त गर्दै उनले हालै शल्यक्रिया गरेको घाउ देखाउँदै के म संजय नै हुँ भन्ने प्रश्न गर्छन् ।

फोक्सो क्यान्सरको चौथो चरणमा पुगेको थाहा पाएपछि उपचाररत संजयले अगस्तमा सञ्जयले स्वास्थ्य उपचारका लागि केही समय कामबाट छुट्टी लिने घोषणा गरेका थिए । उनी फोक्सो क्यानसरको चौथो चरणमा रहेको बताइएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here