आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडको यो सिजन खराब सुरुवात

च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडको यो सिजन खराब सुरुवात

अन्तराष्ट्रिय, खेलकुद, समाचार
च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडको यो सिजन खराब सुरुवातको क्रम अझै टुट्न सकेको छैन । समूह बी अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मड्रिड बोरुसिया मोनचेङ्गग्लाडवाचसँग बराबरीमा रोकिएको छ । समूहको पहिलो खेलमा पराजित भएको रियल मड्रिड मंगलबार राति अवे मैदानमा भएको खेलमा बोरुसियासँग २-२ को बराबरीमा रोकिएको हो । दुई गोलले पछि परेको अवस्थाबाट रियल मड्रिड अन्तिम समयमा बराबरीको अवस्थामा भने आउन सक्यो । घरेलु टोली बोरुसियाका लागि ३३ र ५८ औँ मिनेटमा मार्कस थुरामले गोल गरेका हुन् । १३ पटकको च्याम्पियन रियल मड्रिडका लागि ८७ औँ मिनेटमा करिम बेन्जिमाले एक गोल फर्काए । इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा कासेमिरोले गोल गरेका हुन् । बेन्जिमाको गोलका लागि सहयोग गरेका कासेमिरोलाई गोलका लागि सर्जियो रामोसले सहयोग गरेका हुन् । बराबरीपछि रियल मड्रिडले एक अंक जोडेको छ । चार अंकसहित बोरुसिय...
च्याम्पियन्स लिग फुटबलमा लिभरपुलको लगातार जित

च्याम्पियन्स लिग फुटबलमा लिभरपुलको लगातार जित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले लगातार जितको यात्रा कायम राखेको छ । समूह डी अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले एफी मिड्टजील्याण्डलाई २-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा डिओगो जोटा र मोहम्मद सालहले गोल गरेका हुन् । ५५ औँ मिनेटमा जोटा र इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा पाएको पेनाल्टीमा सालहले गोल गरी टिमलाई जित दिलाएका हुन् । लगातार दुई खेलमा जित निकालेको लिभरपुल ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । सोही समूहको अर्को खेलमा एट्लान्टा र अजाक्सले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएका अरु खेलमा बार्यन म्युनिखले लोकोमोटिभ मस्कोलाई २-१ तथा एथ्लेटिको मड्रिडले आरबी साल्जबर्गलाई ३-२ ले पराजित गरेका छन् । ...
आईपीएल क्रिकेट अन्तर्गतको किंग्स इलाभेन पन्जाबले छैठौं जित

आईपीएल क्रिकेट अन्तर्गतको किंग्स इलाभेन पन्जाबले छैठौं जित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
युएईमा जारी आईपीएल क्रिकेट अन्तर्गतको आफ्नो १२ औं खेलमा किंग्स इलाभेन पन्जाबले छैठौं जित हात पार्दै चौथो स्थानमा उक्लिएको छ । पञ्जाबले सोमबार राति सम्पन्न खेलमा कोलकाता नाइटराइडर्सलाई ८ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको कोलाकताले पञ्जाबलाई जितका लागि १५० रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पन्जाबका मन्दीप सिंह र क्रिस गेलले १०० रनको साझेदारी गर्दै १९ औं ओभरमा २ विकेट गुमाएर पुरा गरेका थिए । मन्दीप सिंहले नटआउट ६६ र क्रिस गेलले ५१ रन बनाए । पाँच छक्का र दुई चौका प्रहार गरेका गेल म्यान अफ द म्याच भए । जारी आईपीएलको १३ औं संस्करणमा यो पन्जाबको छैठौं जित र कोलकाताको छैटौं हार हो । जितसँगै पन्जाब १२ अंकसहित अंक तालिकाको चौथो नम्बरमा पुगेको छ । यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाता नाइट राइडर्सले निर्धारत २० ओभरमा नौ विकेट गुमाएर १४९ रन बनाएको थियो । शुभमन गिलले अर्धशतक बन...
स्पेनिस ला लिगा फुटबलमा  रियल मड्रिडले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्तमा रियल मड्रिडले जित निकालेको छ । क्याम्प नाउमा शनिबार भएको सिजनको पहिलो एल क्लासिकोमा रियलले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित गरेको हो । रियललाई जित दिलाउन फेड्रिको भालभर्डे, सर्जियो रामोस र लुका मोड्रिचले एक एक गोल गरे । बार्सिलोनाका अन्सु फातीले एक गोल फर्काए । खेलको पाँचौ मिनेटमा फेड्रिकोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर, नवौं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए । यस गोलसँगै फाती एल क्लासिकोमा गोल गर्ने सर्वाधिक कम उमेरका खेलाडी बनेका छन् । फातीले १७ वर्षको उमेरमा गोल गरेका हुन् । खेलको ६३ औं मिनेटमा कप्तान रामोसले पेनाल्टी गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । बार्सिलोनाका लेग्लेटले पेनाल्टी क्षेत्रमा रामोसलाई फउल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो । जसमा ...
चेन्नईको मुम्बईलाई ११४ रनको लक्ष्य

चेन्नईको मुम्बईलाई ११४ रनको लक्ष्य

अन्तराष्ट्रिय, खेलकुद, समाचार
 आईपीएलको १३ औँ सीजनको ४१ औँ म्याचमा आज चेन्न्नई सुपरकिंग्स र मुम्बई इण्डियन्सबीच खेल भईरहेको छ । टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११४ रनको लक्ष्य रहेको छ । चेन्नईका यो खेल हारेमा प्लेअफबाट आउट हुनेछ । मुम्बई भने खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिने मनशायमा छ । चेन्नईले भने प्लेअफमा कायमै रहनका लागि अबका सबै ४ म्याच जित्नै पर्ने हुन्छ । ...
लियोनल मेस्सीको सम्झौताका सम्बन्धमा गरेको व्यवहारलाई लिएर डिफेन्डर जेराड पिकेले बार्सिलोनाको गरे आलोचना

लियोनल मेस्सीको सम्झौताका सम्बन्धमा गरेको व्यवहारलाई लिएर डिफेन्डर जेराड पिकेले बार्सिलोनाको गरे आलोचना

अन्तराष्ट्रिय, खेलकुद
लियोनल मेस्सीको सम्झौताका सम्बन्धमा गरेको व्यवहारलाई लिएर डिफेन्डर जेराड पिकेले बार्सिलोनाको आलोचना गरेका छन् । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति एल क्लासिको अर्थात बार्सिलोना र रियल मड्रिडबिच खेल हुँदैछ । सिजनको पहिलो एल क्लासिकोको अघि पिकेले क्लबको आलोचना गरेका हुन् । कप्तान मेस्सीले यो सिजन क्लबबाट बाहिरिन इच्छा व्यक्त गरेका थिए । तर बार्सिलोनाले उनलाई बाध्य पारेर क्लबमै राखेको छ । क्लबका सर्वकालीन सर्वाधिक गोलकर्ता मेस्सी सम्झौता रहेको नियमका कारण अदालती झमेला हुन सक्ने भन्दै मन नभएर पनि बार्सिलोनामै बस्ने निर्णय गरे । मेस्सी सबथोक पाउनका लागि योग्य रहेको बताएका पिकेले भने, ‘हाम्रो शक्ति सुरक्षित हुनु पर्छ, यसलाई बेवास्ता गर्न मिल्दैन । नयाँ रंगशाला मेस्सीको नाममा राखिनु पर्छ र त्यसपछि स्पोन्सर गरिनु पर्छ ।’ ...
टोटनह्यामले एलएएसकेलाई ३-० ले पराजित

टोटनह्यामले एलएएसकेलाई ३-० ले पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
टोटनह्यामले शानदार जितसहित युरोपा लिग फुटबलको यात्रा सुरु गरेको छ । समूह जे अन्तर्गत बिहीबार राति भएको खेलमा टोटनह्यामले एलएएसकेलाई ३-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले दुई गोल आफै गर्न सक्यो भने एक गोल उपहारमा पाएको हो । टोटनह्यामका लागि १८ औँ मिनेटमा लुकास मौराले गोल गरे । २७ औँ मिनेटमा एलएएसकेका एनड्राडेले आत्मघाती गोल गरे । ८४ औँ मिनेटमा सन हेगं मिनले गोल गरेपछि टोटनह्याम ३-० ले विजयी भएको हो । ...
हैदराबादले राजस्थान रोयल्सलाई आठ विकेटले पराजित गरयो

हैदराबादले राजस्थान रोयल्सलाई आठ विकेटले पराजित गरयो

अन्तराष्ट्रिय, खेलकुद, समाचार
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा खेलिएको आइपिएल–१३ को ४० औँ खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई आठ विकेटले पराजित गरको छ। जितका लागि प्राप्त १५५ रनका लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर लक्ष्य भेट्टा गर । हैदराबादका मनिष पाण्डे र विजय शंकरले शानदार प्रदर्शन गरे। पाण्डे ८३ रनमा अविजित रहँदा शंकरले अविजित ५२ रन बनाए । पाण्डे र शंकरले तेस्रो विकेटका लागि अविजित १ सय ४० रनको साझेदारी गरे । यस्तै जोनी बेयरस्टोले १० रन जोड्दा कप्तान डेभिड वार्नर ४ रनमा आउट भए। राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । जितसँगै १० खेलमा ८ अंक जोडेको हैदराबाद तालिकाको पाँचौ स्थानमा उक्लेको छ। ११ खेलमा ८ अंक जोडेको राजस्थान पुछारबाट दोस्...
विश्व फुटबल महासंघ ९फिफा० को वरियतामा नेपालको स्थान यथावत्

विश्व फुटबल महासंघ ९फिफा० को वरियतामा नेपालको स्थान यथावत्

खेलकुद, समाचार
विश्व फुटबल महासंघ ९फिफा० को वरियतामा नेपालको स्थान यथावत् छ । कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो । फिफाले आज जारी गरेको वरियतामा नेपाल १७०औँ स्थानमा कायमै छ । फिफाले यसअघि वरियताको सूची जारी गर्दा पनि नेपाल उही स्थानमा थियो । कोरोनाका कारण गत वर्ष चैतयता फुटबल प्रतियोगिता हुन पाएको छैन । नेपालले आउँदो महिना भने बङ्गलादेशसित दुई मैत्रीपूर्ण खेल खेल्दैछ । दक्षिण एशियाली राष्ट्रका वरियतामा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भारत १०८ औंँ स्थानमा छ । यस्तै माल्दिभ्स १५५, भुटान १८९, बङ्गलादेश एक १८७, श्रीलङ्का २०६ तथा पाकिस्तान २०० औंँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा भने बेल्जियम कायमै छ । फ्रान्स, ब्राजिल, बेलायत र पोर्चुगल वरियताका क्रमशः दोस्रा, तेस्रा, चौथा र पाँचौँ स्थानमा छन् । रासस ...
बैंगलोर कोलकत्तामाथि आठ विकेटले विजयी

बैंगलोर कोलकत्तामाथि आठ विकेटले विजयी

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक ६ काठमाडौं । कोलकत्ता नाइट राइडर्सले दिएको झिनो लक्ष्य १३ ओभरमा भेट्दै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो स्थानमा उक्लिएको छ । बुधबार राति शेख जायद क्रिकेट स्टेडियममा भएको खेलमा बैंगलोरले कोलकत्तालाई आठ विकेटले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेकोको कोलकत्ताले दिएको ८५ रनको लक्ष्य बैंगलोरले १३ ओभर २ बलमा दुई विकेटको क्षतिमा पूरा गरेको हो । ​बैंगलोरका लागि देवदूत पड्डीकल २५ र आरोन फिन्चले १६ रन जोडे । गुर्किरात सिंह २१ र कप्तान विराट कोहली १८ रनमा अविजित रहे । पहिलो ब्याटिङ गरेको कोलकत्ता बैंगलोरसामू निरिह देखियो । उसले २० ओभर खेल्दा ८ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । कप्तान इयान मोर्गनले सर्वाधिक ३० रन बनाउँदा कोलकत्ताका लागि लक्की फर्गुसन १९, कुलदिप यादवले १२ र टम बानटनले १० रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक ...