आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

दिल्लीद्वारा मुम्बईलाई १११ रनको लक्ष्य ;आईपीएल

दिल्लीद्वारा मुम्बईलाई १११ रनको लक्ष्य ;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक १५ काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी लिग चरणको ५१ औं खेलमा दिल्लीले मुम्बईलाई १११ रनको समान्य लक्ष्य दिएको छ ।टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर ११० रन मात्र बनायो । दिल्लीका लागी कप्तान श्रेयस अय्यरले सर्वाधिक २५ रन बनाए । सुरुवाती ओभर देखी नै खराब प्रदर्शन गरेको दिल्लीका लागी अन्य खेलाडीहरुमा ऋषभ पन्त (२१), रविचन्द्रन अश्विन (१२), कगिसो रबाडा (१२), पृथ्वी शा (१०) र शिमरोन हेटमायरले (११) रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक छुन सकेन । मुम्बईका लागी ट्रेन्ट बोल्टले ४ ओभरमा २१ रन दिएर ३ विकेट र जसप्रीत बुमराहले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए । मुम्बईका अन्य खेलाडीहरु नाथन कूल्टर–नाइल र राहुल चाहरले एक–एक विकेट लिए । आजको खेल दिल्लीको लागि महत्वपूर्ण रहेको छ । मुम्बई सँगको खेल दिल्लीले जितेमा टोली आईपीएलको प्...
नेपाली राष्ट्रिय फुटबल टोलीका ४ खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित

नेपाली राष्ट्रिय फुटबल टोलीका ४ खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित

खेलकुद, समाचार
 नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ। कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन्। नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बुधबारदेखि प्रशिक्षण शुरु गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित भएका थिए। नेपालले बङ्गलादेशसित ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल यही कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते खेल्ने तय भएको एन्फाले जनाएको छ। एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा राखेको छ । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एन्फालाई अनुमति दिएको हो । नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी शुरु गर...
राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

खेलकुद
कात्तिक १४ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन्। नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण शुरु गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित भएका थिए । नेपालले बङ्गलादेशसित ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल यही कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते खेल्ने तय भएको एन्फाले जनाएको छ। एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा राखेको छ । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद ९राखेप०ले एन्फालाई अनुमति दिएको हो ।नेपालले बाल गोपाल महर्जनको ...
जोसे मोरिन्होको टिम टोटनह्याम युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा पराजित

जोसे मोरिन्होको टिम टोटनह्याम युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
जोसे मोरिन्होको टिम टोटनह्याम युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा पराजित भएको छ । समूह चरणको पहिलो खेलमा विजयी भएको टोटनह्याम अवे मैदानमा बिहीबार राति भएको खेलमा भने पराजित भयो । बेन डेविसको गल्तीले रोयल एन्टवेर्पलाई जितका लागि सहयोग गरेको हो । टोटनह्यामबाट २०० औँ खेलमा सहभागी भएका बेनलाई सहजै छक्याएर डिएमरिक एमबोकानीले दिएको पासलाई लिओर रेफाएलोभले गोलमा परिणत गरेका हुन् । लिओरले २९ औँ मिनेटमा गरेको गोल नै रोयलको जितमा निर्णायक बन्यो । लगातार दुई खेलमा जित निकालेको रोयल ६ अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ । सोही समूह अन्तर्गत भएको खेलमा एलएएसकेले लुडोगोरेट्सलाई ४-३ ले पराजित गरेको छ । अरु खेलमा आरजेड पेलेट्स डब्लुएसीले फेयेनूर्डलाई ४-१, रेड स्टार बेलग्राडेले स्लोभान लिबेरिकलाई ५-१, होफेनहेमले केएए जेन्टलाई ४-१, स्पोर्टिङ्ग ब्रागले जोर्या लुहान्स्कलाई २-१, एसी...
मुम्बई इन्डियन्स युएईमा जारी  (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश

मुम्बई इन्डियन्स युएईमा जारी (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश

अन्तराष्ट्रिय, खेलकुद, समाचार
साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । दुबईमा बिहीबार राति भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेपछि मुम्बई प्ले अफमा पुगेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा चेन्नईले कोलकातालाई ६ विकेटले पराजित गरेको थियो । कोलकाताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । तालिकाको पुछारमा रहेको चेन्नईले कोलकातालाई हराएपछि शीर्ष स्थानको मुम्बई प्ले अफ पुग्ने पहिलो टिम बनेको हो । मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । र, तालिकाको शीर्ष स्थानमा रहेको छ । अब बाँकी रहेको २ खेल गुमाए पनि मुम्बई शीर्ष चारमा रहनेछ । चेन्नई कोलकातासँग पराजित भएको भए मुम्बईले प्ले अफ पुग्न अझै एक खेल कुर्नु पर्ने थियो । अब तीन टिमले प्ले अफमा ...
बार्सिलोनाले युभेन्टसमाथि सहज जित

बार्सिलोनाले युभेन्टसमाथि सहज जित

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक १३ काठमाडौं । लियोनल मेस्सीको गोलमा च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युभेन्टसमाथि सहज जित हात पारेको छ । समूह जी अन्तर्गतको बुधबार राति भएको खेलमा बार्सिलोनाले युभेन्टसलाई २-० गोलले पराजित गर्‍यो । बार्सिलोनाको जितमा ओउसमान डेम्बेले र लियोनेल मेसीले एक/एक गोल गरे ।डेम्बेलेले खेलको १४औँ मिनेटमा मेस्सीको असिस्टमा गोल गरे ।खेलको ८५औँ मिनेटमा युभेन्टसका मरिह डेमिरलले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दबाबमा परेको युभेन्टसले ९१औँ मिनेटमा अर्को गोल खायो । ९१औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै मेस्सीले बार्सालाई २-०को जित दिलाए ।जितपछि बार्सिलोना समूह जीमा दुवै खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ भने भने युभेन्टसको २ खेलमा ३ अंक रहेको छ । युभेन्टस कोरोना संक्रमणका कारण क्रिस्टियानो रोनाल्डो बिना खेलेको थियो । ...
च्याम्पियन्स लिगमा पीएसजीको जित

च्याम्पियन्स लिगमा पीएसजीको जित

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक १३ काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इस्तानबुल बासाकेशिरलाई हराएको छ ।बुधबार राति भएको समूह ‘एच’ को खेलमा पीएसजीले टर्कीस क्लब इस्तानबुल बासाकेशिरलाई २–० ले हराएको हो । पीएसजीको जितमा यसै सिजन एभर्टनबाट लोनमा आएका मोइस केनले दुई गोल गरे ।खेलको ६४औं मिनेटमा पहिलो गोल गरेका उनले ७९औं मिनेटमा दोस्रो गोल गरेका थिए । केनको दुवै गोलका लागि केलियन एम्बाप्पेले पास मिलाएका थिए । खेलको सुरुवातमै मांशपेशीमा चोट बोक्दै नेयमार मैदानबाट बाहिरीएका थिए । जितसँगै पीएसजीले समूहमा तीन अंक जोडेको छ । एजेन्सी ...
च्याम्पियन्स लिगको पहिलो सिजनमा चेल्सीको जित

च्याम्पियन्स लिगको पहिलो सिजनमा चेल्सीको जित

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक १३ काठमाडौं । चेल्सीले च्याम्पियन्स लिगको यो सिजनमा पहिलो जित दर्ता गरेको छ । समूह चरणको पहिलो खेलमा बराबरीमा रोकिएको चेल्सी बुधबार राति भएको खेलमा एफके क्रास्नोडरलाई ४-० ले पराजित गर्न सफल भएको हो । अवे मैदानमा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप तीन गोल गरेको हो ।उसका लागि ३७ औँ मिनेटमा कालम हड्सन ओडोइले गोल गरी सुरुवाति अग्रता दिलाए । ७६ औँ मिनेटमा पाएको पेनाल्टीमा टिमो वेर्नरले गोल गरे । ७९ औँ मिनेटमा हकिम जियचले चेल्सीबाट आफ्नो पहिलो गोल गरे । ९० औँ मिनेटमा क्रिष्टियन पुलिसिकले गोल गरेपछि चेल्सी ४-० ले विजयी भयो । सोही समूह अन्तर्गत भएको अर्को खेलमा सेभिल्लाले रिनेसलाई १-० ले पराजित गरेको छ । चेल्सी र सेभिल्ला दुवैको समान चार चार अंक रहेको छ । उनीहरु क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । ...
बार्सिलोनाका अध्यक्षद्वारा राजीनामा

बार्सिलोनाका अध्यक्षद्वारा राजीनामा

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक १३ काठमाडौं ।स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पदबाट राजिनामा दिएका छन् । क्लबका समर्थकबाट दबाब झेलिरहेका अध्यक्ष बर्टोमेउले मंगलबार पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ । तर मारिया बार्टोमेउ भने आफू यूरोपियन सूपर लिगका क्लबमा जोडिने तय भएकोले अध्यक्षबाट राजीनामा दिएको बताएका छन्। उनी सन् २०१४ मा क्लबको अध्यक्ष बनेका थिए। ...
साविक विजेता मुम्बई इन्डियन्स  (युएई)मा जारी १३ औं स‍ंस्करण  (आईपीएल)को प्ले अफ नजिक पुगेको छ

साविक विजेता मुम्बई इन्डियन्स (युएई)मा जारी १३ औं स‍ंस्करण (आईपीएल)को प्ले अफ नजिक पुगेको छ

अन्तराष्ट्रिय, खेलकुद, समाचार
साविक विजेता मुम्बई इन्डियन्स संयुक्त अरब ईमिरेट्स (युएई)मा जारी १३ औं स‍ंस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को प्ले अफ नजिक पुगेको छ । बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफ नजिक पुगेको हो । आबुधाबीको शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो । मुम्बईको जितमा सूर्यकुमार यादबले अविजित रहँदै ७९ रनको बनाए । यस्तै इशान किसनले २५ रन जोड्दा क्विनटन डी ककले १८ रन जोडे । हार्दिक पाण्ड्या १७ रनमा आउट हुँदा कुर्नाल पाण्ड्याले १० रन बनाए । मुम्बईविरुद्ध बैंगलोरका युजभेन्द्र चाहल र मोहमद सिराजले २/२ विकेट लिए । क्रिस मोरिसले १ विकेट लिए । सअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । बैंगलोरका लागि ओपनर देबदुत पडीकल...