बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

आईपीएल क्रिकेट अन्तर्गतको किंग्स इलाभेन पन्जाबले छैठौं जित

युएईमा जारी आईपीएल क्रिकेट अन्तर्गतको आफ्नो १२ औं खेलमा किंग्स इलाभेन पन्जाबले छैठौं जित हात पार्दै चौथो स्थानमा उक्लिएको छ ।

पञ्जाबले सोमबार राति सम्पन्न खेलमा कोलकाता नाइटराइडर्सलाई ८ विकेटले हराएको हो ।

पहिले ब्याटिङ गरेको कोलाकताले पञ्जाबलाई जितका लागि १५० रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पन्जाबका मन्दीप सिंह र क्रिस गेलले १०० रनको साझेदारी गर्दै १९ औं ओभरमा २ विकेट गुमाएर पुरा गरेका थिए ।

मन्दीप सिंहले नटआउट ६६ र क्रिस गेलले ५१ रन बनाए । पाँच छक्का र दुई चौका प्रहार गरेका गेल म्यान अफ द म्याच भए ।

जारी आईपीएलको १३ औं संस्करणमा यो पन्जाबको छैठौं जित र कोलकाताको छैटौं हार हो । जितसँगै पन्जाब १२ अंकसहित अंक तालिकाको चौथो नम्बरमा पुगेको छ ।

यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाता नाइट राइडर्सले निर्धारत २० ओभरमा नौ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

शुभमन गिलले अर्धशतक बनाए । कोलकाताको लागि गिलको अलावा कप्तान इयान मोर्गन र लकी फर्ग्युसनले मात्र राम्रो खेल्न सके । अरुले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

शुरुवाती दुई ओभर खेल्दा तीन विकेट गुमेर १० रनमा रहेको अवस्थामा गिल र फर्ग्युसनले ८१ रनको साझेदारी गरे । गिलले ५७ रन बनाए । नवौं नम्बरमा ब्याटिङमा आएका फर्ग्युसनले १२ बलमा नटआउट २४ रन बनाए । यसअघि मोर्गनले २५ बलमा ४० रन जोडेका थिए ।

पन्जाबका लागि मोहम्मद शामीले ३ विकेट लिए । क्रिस जोर्डन र रबि बिश्नोईले २–२ तथा ग्लेन म्याक्सवेल र मुरुगन आश्विनले एक–एक विकेट लिए । आज सनराईज हैदराबाद र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *