राष्ट्रिय उपभोक्ता मंचको १४ औ स्थापना दिवस तथा साधारण सभा सम्पन्न
ललितपुर, २८ भाद्र - उपभोक्ता अधिकारका निम्ती कृयाशिल राष्ट्रिय उपभोक्ता मंचले आफ्नो १४ औ स्थापना दिवस तथा साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ । मंचका अध्यक्ष प्रेमलाल महर्जनको सभापतित्व माझ बालकुमारीमा आयोजित कार्यक्रमको उद्घघाटन संघीय संसदको प्रतिनिधी सभा अन्तर्गतको उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता समितिका सभापति विमल प्रसाद श्रीवास्तवले गरे । कार्यक्र मा प्रमुख अतिथीको आसनबाट बोल्दै सभापति श्रीवास्तवले आम उपभोक्ताको हक र अधिकारका निम्ती राष्ट्रिय उपभोक्ता मंचले निर्भयका साथ अभियान संचालन गर्दै आएको बताउदै निर्भिकतापूर्वक अघि बढिरहन सुझाव दिए । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै मंचका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता, ब्यवसायी र सरकार बिच पुलको रुपमा मंचले काम गर्दै आर्इरहेको जनाउदै उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गर्नेलाई कडा भन्दा कडा कार्वाही हुनु पर्छ भन्दै उप...









