काठमाडौ,१९ असार : बिगत १ दशक अगाडी देखी सौन्दर्य कला प्रशिक्षण लिदै आएकी ईश्वरी श्रेष्ठले काठमाडौंको स्वयम्भू स्थित सानो भ¥याङ्गमा आफ्नो ब्युटी पार्लर सान्ताज व्यूटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खोल्नु भएको छ भने यो पार्लर सान्ताज व्यूटी पार्लको चौथो शाखाको रुपमा फ्रेन्चाइज लिएर खोलीएको हो । सो पार्लरको उद्घाटन सान्ताज व्यूटी पार्लर वौद्धकी सन्चालीका सान्ता थापा लगायतले उद्घघाटन गरेकी छिन ।

उद्घाटन कार्यक्रममा सान्ता थापाले आफ्नो विद्यार्थीले आफुसंग शिक्षा र तालिम लिएर यसरी व्यवसायीक रुपमा पार्लर व्यावसाय सन्चालन गरेकोमा पार्लरको सफलताको कामना गरीन । उक्त कार्यक्रममा सान्ता थापाले भनिन‘महिलाको लागि पछिल्लो समय सौन्दर्य कला जान्नु र सुन्दर बन्नु अत्यावश्यक बनेको छ । त्यसमाथि हामी यस क्षेत्रमा लागेकाहरुका लागि त मेकअप नभई हुँदैन ।’ उनले त्यसैले हाल सान्ताजको व्राण्डवाट काठमाडौं लगायत अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सेवा सुबिधा दिन आफु आतुर भएको र सान्ताजले नाम जस्तै सबैको सान्तमनको माया आउने विश्वास व्यक्त गरिन् ।
यो पार्लरमा ओपनिङको अवसरमा पार्लरले सम्पूर्ण सेवा सुबिधामा २५ प्रतिशत छुट गरेको पनि सञ्चालक ईश्वरी श्रेष्ठ जानकारी गराईन् । यहा विवाहको लागि साथै सम्पूर्ण महीलाहरुलाई आवस्यक पर्ने मेकअपको सेवा प्रदान गरिने साथै वैदेशिक रोजगारमा जाने तथा स्वरोजगारको लागि सौन्दर्य सम्वन्धी विभिन्न तालिमहरु प्रदान गरिने छ । भने स्पाको पनि निकट भविश्यमा सेवा प्रदान गर्ने सोच रहेको वताउछीन सन्चालीका ईस्वरी ।
