आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अपराध

सप्तरीमा न्याय नपाएपछि १७ वर्षीया बलात्कृत किशोरीले लिईन आफ्नै ज्यान

सप्तरीमा न्याय नपाएपछि १७ वर्षीया बलात्कृत किशोरीले लिईन आफ्नै ज्यान

अपराध
भदौ ३१ सप्तरी । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताउनुभयो । उहाँका अनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि छोरी निकै तनावमा परेकी थिइन् । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाका अनुसार पञ्चहरूको निर्णयबाट चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेकी हुन् । मण्डल समुदायका ८÷१० जनाको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितहरूबाट रु ५५ हजार क्ष...
दुर्लभ वन्यजन्तु सालक सहित ५ जना समातिए

दुर्लभ वन्यजन्तु सालक सहित ५ जना समातिए

अपराध
भदाै ३० तिलोत्तमा — रुपन्देहीमा संकटापन्न वन्यजन्तु सालकसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा जिल्लाको सिराहा नगरपालिका–७ बस्ने ३६ वर्षीय मनोज कुमार कर्ण, सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका वडा ३ का ३२ वर्षीय लोकबहादुर तामाङ र ६० वर्षीय लालबहादुर तामाङ, सर्लाही जिल्लाको हरिओम गाउँपालिका–१० बस्ने ६६ वर्षीय सूर्य लामा र उदयपुर जिल्ला गाईघाट नगरपालिका–१ की ३५ वर्षीया नेत्रमाया राना रहेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो साढे ३ बजे नेपालगन्ज रोडबाट दुर्लभ वन्यजन्तु सालक र ५ थान मोबाइलसहित उनीहरुलाई पक्राउ गरिएको हो । ...
भक्तपुर घटना : सुतेकै ठाउँमा आमा-छोराको ह;त्यापछि आ;त्महत्या के श्रीमनले नै घटाए त? आमा र बुहारी यस्तो भन्छन् (हेर्नुस् भिडियो )

भक्तपुर घटना : सुतेकै ठाउँमा आमा-छोराको ह;त्यापछि आ;त्महत्या के श्रीमनले नै घटाए त? आमा र बुहारी यस्तो भन्छन् (हेर्नुस् भिडियो )

अपराध
भदाै २९ । भक्तपुरमा घतेको घटनाले अहिले धेरैको मनमा अनेकौ प्रश्न उब्जिएको छ । एकै घरका तीन जना सहित कुकुरको पनि निधन भएपछि यो घटना रहस्यम देखिएको करण धेरैको मनमा धेरै जिज्ञासा खेलेको हो । उनिहरु ले भर्खर मात्र नयाँ पसल खोलेका थिए । पसल खोलेको भोलीपल्ट देखि नै उनीहरुको घरको ढोका नखुलेको बताउछन छिमेकिहरु तर निषेधाज्ञा भएका कारण पसल नखुलेको हुन सक्ने अनुमान छिमेकीले गरे त्यसैले कोही पनि उनीहरुलाई बोलाउन गएनन् । उनिहरुको परिवारमा श्रीमान श्रीमती र एक छोरा थिए र एउटा कुकुर पनि पालेका थिए । सोही घरको पुरुषको भाई र बुहारी मासु किनेर छोड्न भन्दै जाँदा सबैको निधन भएको अवस्थामा देखेका थिए । देउरानी एक्कासी रुँदै बाहिर निस्केको देखेपछि छिमेकीहरु भेला भएका थिए । भिडियो हेर्नुहोस https://youtu.be/LXXb8-tPR30 ...
अफिमसहित पक्राउ परे यि अभियुक्त , प्रहरीले गर्‍यो सार्वजनिक

अफिमसहित पक्राउ परे यि अभियुक्त , प्रहरीले गर्‍यो सार्वजनिक

अपराध
भदाै २९ काठमाडाैं । प्रहरीले बाँकेमा १० किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।दाङबाट बाँकेको कुसुम नाका हुँदै अवैध लागुऔषध बाँके ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले आज बिहान करीब ६.३० मिनेटमा कुसुम बजारबाट उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पूर्वी रुकुमको पुथाउत्तरगङ्गा गाउँपालिका–८ का ५३ वर्षीय धनबहादुर सेन र दाङ घोराही उपमहानगरपालिका–१९ का २४ वर्षीय वसन्त घर्तीमगर रहेका छन् । उनीहरुलाई जाँच गर्ने क्रममा अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । उनीहरुबाट झोलाभित्र प्लास्टिकमा राखिएको अवस्थामा एक केजीका दरले बनाइएका १० वटा अफिमका पोका बरामद भएको थियो । आजै जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलनमार्फत लागुऔषध अफिमसहित उनीहरुलाई सार्वजनिक गरेको छ । ...
राष्ट्रिय झन्डा जलाइएको गीतका गायक जेल चलान, अन्य ८ जना धरौटीमा रिहा

राष्ट्रिय झन्डा जलाइएको गीतका गायक जेल चलान, अन्य ८ जना धरौटीमा रिहा

अपराध
भदाै २९ काठमाडौं । राष्ट्रिय झन्डा जलाएको दृश्य समावेश म्युजिक भिडियोका गायक जेल चलान भएका छन् । उक्त प्रकरणमा पक्राउ परेका अन्य ८ जना भने धरौटीमा रिहा भएका छन् ।काठमाडौं जिल्ला अदालतले राष्ट्रिय झन्डा जलाएको दृश्य समावेश गीतका गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार अन्य ८ जना भने धरौटीमा रिहा भएका छन् ।पुर्पक्षका लागि जेल चलान भएका तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्तिपुरबाट पक्राउ गरेको थियो । उक्त प्रकरणमा जम्मा ९ जनालाई पक्राउ गरिएको थियो ।‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको ‘देशद्रोही’ शीर्षकको गीतको भिडियोमा राष्ट्रिय झन्डा जलाएको दृश्य समावेश गरिएको थियो । अगस्ट १७ तारिख (भदौ १ गते) युट्युवमार्फत सार्वजनिक उक्त भिडियोको विषयमा व्यापक...
झापामा बञ्चरो प्रहार गरी छोराले लिए आफ्नै आमाको ज्यान

झापामा बञ्चरो प्रहार गरी छोराले लिए आफ्नै आमाको ज्यान

अपराध
भदौ २९ दमक । झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको ह त्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको ह त्या गरेको हो । मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले वताउनुभयो । नशाको सुरमा दिनेशले आमामाथि अन्धाधुन्ध हतियार प्रहार गरेको वडाध्यक्ष पृथ्वीपति राईले जानकारी दिनुभयो ।हत्या गर्ने छोरालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरीक्षक पण्डितले वताउनुभयो (रासस) ...
४ वटा बन्दुकसहित स्याङ्जाबाट दुईजना पक्राउ

४ वटा बन्दुकसहित स्याङ्जाबाट दुईजना पक्राउ

अपराध
भदाै २८ काठमाडौं । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ मोहरिया झग्रिडाँडाबाट ४ वटा बन्दुकसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा झग्रिडाँडा बस्ने ६९ बर्षीय भीमबहादुर ठकुरी र ६० बर्षीय ओम बहादुर हमाल छन् । भिम बहादुरको साथबाट प्रहरीले ईजाजत पत्र नभएको एउटा भरुवा बन्दुक र एकथान बाह्रबोर बन्दुक बरामद गरेको छ । बाह्रबोर बन्दुक घातक हतियार हो, जुन नेपाल प्रहरीले प्रयोग गरिरहेको छ । ओमबहादुरको साथबाट प्रहरीले दुईवटा एकनाले भरुवा बन्दुक बरामद गरेको छ । बन्दुकमा लाग्ने टोटा, गोली र छर्रा पनि बरामद गरिएको छ ।   बन्दुकसहित पक्राउ गरिएकालाई हातहतियार तथा खरखजाना मुद्धामा जिल्ला अदालतबाट २५ दिनको म्याद लिएर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका स्याङ्जाका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले रातोपाटीलाई बताए । भदौ १९ मा अर्जुनचौपारी गाउँपालिका–१ स्थित माझापाटा जंग...
फेसबुक खोलेर महिलाको नामबाट ठगी गर्ने पक्राउ

फेसबुक खोलेर महिलाको नामबाट ठगी गर्ने पक्राउ

अपराध
भदाै २८ काठमाडाैं । सामाजिक संजाल Facebook मा Google बाट महिलाको आकर्षक फोटो तानी महिलाको नामबाट Facebook ID खोली साथी बनाई ठगि गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। कैलाली मोहन्याल गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २७ को धन बहादुर शाहीलाई काठमाडौं महानगरपालिका  वडा नं. ३२ कोटेश्वरबाट पक्राउ गरिएको हो । शाहीले  उक्त ID बाट कुराकानी गरी लोभ, प्रलोभनमा पारी प्रपञ्च मिलाई माया जालमा पारी बिभिन्न अश्लिल फोटोको माध्यमबाट पिडितलाई रकम IME  गर्न लगाउने र रकम नदिए आफन्तजन, साथीहरुलाई समेत फोटो पठाई बेईज्जत गरी दिन्छु भनी पटक-पटक ब्ल्याकमेलिङ गरेर ठगी गर्दै आएका थिए। ...
वन्यजन्तु कछुवा सहित पाँच जना पक्राउ

वन्यजन्तु कछुवा सहित पाँच जना पक्राउ

अपराध
भदाै २७ काठमाडौँ । प्रहरीले काठमाडौँमा दुर्लभ वन्यजन्तु कछुवासहित पाँच जनालाई शनिबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गाका २५ वर्षीय सर्वराज बुढा, नुवाकोट बेलकोटगढी नगरपालिका ५ बस्ने १८ वर्षका सुरेन्द्र श्रेष्ठ र १९ वर्षका प्रमोद बास्कोटा, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ८ बस्ने २७ वर्षीय सन्तोष रम्तेल र रौतहटका १८ वर्षीय रुपेश तिमिल्सिना रहेका छन्। विशेष सूचनाको आधारमा काठमाडौँ महानगरापलिका १४ स्थित कलङ्कीबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ। उनीहरुलाई प्रहरी वृत्त कालिमाटी र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो। गएराति चितवनबाट बिक्री वितरण गर्न कछुवा काठमाडौँ ल्याइँदै छ भन्ने सूचना प्रहरीमा आएको थियो। सोही सूचनाको आधारमा खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक...
पाँच कम्पनीको सेनिटाइजरमाथि औषधि व्यवस्था विभागद्वारा रोक

पाँच कम्पनीको सेनिटाइजरमाथि औषधि व्यवस्था विभागद्वारा रोक

अपराध, समाचार, स्वास्थ्य
औषधि व्यवस्था विभागले काठमाडौं उपत्यकाका ५ वटा कम्पनीले उत्पादन गरेको ह्याण्ड सेनिटाइजर प्रयोग नगर्न नगराउन आग्रह गरेको छ। विभागले सूचना जारी गर्दै नेपाल कायाकल्प उद्योग (भक्तपुर)ले उत्पादन गरेको इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर, हाइजेनिक सप एण्ड केमिकल प्रालि (काठमाडौं)ले उत्पादन गर्ने इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर ओरिजिनल, आधर केमिकल एण्ड फूड इन्डस्ट्रीज (काठमाडौं)ले उत्पादन गर्ने एडभान्स हेन्ड सेनिटाइजर, सर्च केम कम हर्वल प्रोडक्टस (काठमाडौं)ले उत्पादन गर्ने इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखि हर्वल प्रोडक्टस (काठमाडौं)ले उत्पादन गर्ने सूर्यमुखि ह्याण्ड सेनिटाइजर प्रयोग नगर्न अनुरोध गरेको छ। विभागले विभिन्न कम्पनीहरुको ह्याण्ड सेनिटाइजरको नमूना संकलन गरी ‘इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर (अल्कोहल बेस्ड)सम्बन्धि स्तर २०७६’ विपरित विषाक्त रसायन ‘मिथानोल’ समावे...