भदाै २८ काठमाडाैं । सामाजिक संजाल Facebook मा Google बाट महिलाको आकर्षक फोटो तानी महिलाको नामबाट Facebook ID खोली साथी बनाई ठगि गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। कैलाली मोहन्याल गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २७ को धन बहादुर शाहीलाई काठमाडौं महानगरपालिका वडा नं. ३२ कोटेश्वरबाट पक्राउ गरिएको हो ।
शाहीले उक्त ID बाट कुराकानी गरी लोभ, प्रलोभनमा पारी प्रपञ्च मिलाई माया जालमा पारी बिभिन्न अश्लिल फोटोको माध्यमबाट पिडितलाई रकम IME गर्न लगाउने र रकम नदिए आफन्तजन, साथीहरुलाई समेत फोटो पठाई बेईज्जत गरी दिन्छु भनी पटक-पटक ब्ल्याकमेलिङ गरेर ठगी गर्दै आएका थिए।
