डमरुमा लुकाएर रक्तचन्दन तस्करी गर्ने पक्राउ
असोज ६ काठमाडौं । दुर्लभ वनस्पती रक्तचन्द तस्करी गर्न तस्कर समूहले अनेक उपाय रच्ने गरेका छन् । महानगरीय अपराध महाशाखाले धार्मिक काममा प्रयोग हुने डमरुभित्र लुकाएर रक्तचन्दनको कारोबार गर्ने ४ जनालाई काठमाडौंको बौद्धबाट पक्रेको छ ।
पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका घर भएका सुनिल तामाङ, म्याजम गापा घर भएका २८ वर्षीय ओमबहादुर तामाङ, काभ्रे तिमालका २९ वर्षीय कैलाश तामाङ र सिन्धुपाल्चोक हेलम्बु घर भएका ४२ वर्षीय लाक्का लामा रहेका छन् ।
पक्राउ गरिएकाहरुको साथबाट २१ किलो ९ सय ग्राम रत्तचन्दन बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाले रातोपाटीलाई बताए ।
सो समूहले काठमाडौँ महानगरपालिका–६ बौद्ध तिनचुलीमा डमरु कारखाना खोलेर सोही आवरणमा रक्तचन्दनको काम गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । बरामद रक्तचन्दनको मूल्य १ लाख ८६ हजार १५० रुपैय...








