आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

कुलमानको पक्षमा प्रदर्शन गर्दा कुटपिट गर्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन

असोज ३ काठमाडौँ । कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने माग गर्दै भएको प्रदर्शनमा हातपात गर्ने प्रहरीमाथि छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ।शुक्रबार र बिहिबार बब्लु गुप्ता र मनिष श्रेष्ठ लगायतमाथि प्रदर्शनका क्रममा कुटपिट भएको थियो।

शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि अनावश्यक बल प्रयोग गरेको भन्दै चर्को आलोचना भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति बनाएको हो ।रानीपोखरीका एसएसपी किरण बज्राचार्यको नेतृत्वमा बनेको समितिमा डीएसपी भवेश रिमाल र इन्स्पेक्टर विष्णुप्रदीप बस्याल सदस्य छन्।

समितिलाई छानबिन गरेर ५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *