आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अपराध

इँटाभट्टामा जिउँदै मान्छे जलाइएको घटनामा संलग्न हेड मिस्त्री पक्राउ

इँटाभट्टामा जिउँदै मान्छे जलाइएको घटनामा संलग्न हेड मिस्त्री पक्राउ

अपराध, समाचार
 रौतहटमा इँटाभट्टामा जिउँदै मान्छेलाई जलाइएको घटनामा संलग्न रहेको आरोप लागेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले रौतहटको राजपुर फरहदवामा भएको बम बिस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ निवासी ५५ वर्षीय बद्री सहनीलाई पक्राउ गरेको हो। सहनीलाई विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो। फरार रहँदै आएका सहनीलाई शुक्रबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका डिआईजी धिरज प्रताप सिंहले जानकारी दिए। पक्राउ परेका सहनी इँटाभट्टाका हेड मिस्त्री थिए। २०६४ सालमा राजपुर फरहदवामा गोठमा भएको बम बिस्फोटमा परी दुई जनाको मृत्यु भएको थियो। उक्त विस्फोटमा केही व्यक्तिहरु घाइते भएका थिए। घाइते भएकाहरुलाई जिउँदै इँटाभट्टामा लगेर जलाइएको थियो।...
सुनका गहना सहित युवा युवती पक्राउ

सुनका गहना सहित युवा युवती पक्राउ

अपराध
असोज १६ कपिलवस्तु । मायादेवी गाउँपालिका–७ वनकसियाबाट ५ सय ग्रामको १० थान सुनका बाला, १६ ग्रामको १ थान सिक्री, ३५ लालको १ थान औंठी र नगद ८ हजार ९ सय २५ रुपैयाँ सहित २ जनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मायादेवी गाउँपालिका–४ बस्ने ३२ वर्षीय पवन कुमार गुप्ता र सोही ठाउँ बस्ने १६ वर्षीया किशोरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको लु.५६ प ६३१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त सुन सहित फेला पारी मोटरसाइकल चालक गुप्ता र मोटरसाइकलमा सवार किशोरीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ...
सिंचाई विभागका सिडिइ शर्मा विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

सिंचाई विभागका सिडिइ शर्मा विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

अपराध
असोज १६ काठमाडौं । जलस्रोत तथा सिंचाई विभाग ललितपुरका सिडिइ सुरेश कुमार शर्माविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्यिार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार शर्माले ३ करोड ६ लाख ५४ हजार नौ सय ३२ रुपैयाँ अवैध रुपमा आर्जन गरेको गरेको अभियोगमा मुद्दा दायर गरेको हो। अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार २०५२ माघ १८ गते अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरेका शर्माले आर्थिक वर्ष २०७६÷७७ सम्मको आर्जन गरेको मध्ये तीन करोड ६ रुपैयाँको स्रोत नखुलेको जानकारी दिए। आयोगले उनकी श्रीमती बबिता फुयाल शर्माविरुद्ध पनि मुद्दा दायर गरेको छ। आयोगको अनुसन्धानबाट शर्माले सरकारी सेवामा रहँदा २ करोड ३५ लाख ३१ हजार ६ सय ७४ रुपैयाँ मात्र वधै आम्दानी गरेका सिडिइ शर्माले अहिलेसम्म ५ करोड ४१ लाख ८६ हजार ६ सय सम्पत्ती थुपारेका छन्। ...
नागरिकताको सिफारिस गराइदिन २४ हजार घुस लिने कार्यालय सहयोगी पक्राउ

नागरिकताको सिफारिस गराइदिन २४ हजार घुस लिने कार्यालय सहयोगी पक्राउ

अपराध, समाचार
नागरिकताको सिफारिस गराइदिने भन्दै २४ हजार रुपैयाँ घुस लिने जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का कार्यालय सहयोगी रंगेहात पक्राउ परेका छन्। पक्राउ पर्नेमा कार्यालय सहयोगी दिलिप पञ्जियार रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले बिहीबार मध्याह्न एक सेवाग्राहीसँग नागरिकताको सिफारिसबापत २४ हजार रुपैयाँ घुस लिँदालिँदै उनलाई पक्राउ गरेको हो। कार्यालय सहयोगी पञ्जियारलाई कार्यालयबाटै घुसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोको क्षेत्रिय कार्यालय बर्दिबासले जनाएको छ। ...
भक्तपुरमा सस्तो दरमा डलर साट्ने बहानामा लुटपाट गर्ने दुई जना पक्राउ

भक्तपुरमा सस्तो दरमा डलर साट्ने बहानामा लुटपाट गर्ने दुई जना पक्राउ

अपराध, समाचार
प्रहरीले भक्तपुरमा डलर देखाई लुटपाट गर्ने दुई जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल भक्तपुर चारदोबाटोमा डेरा गरी बस्ने २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन । प्रहरीले उनीहरुको साथबाट ३ लाख ३१ हजार नगद, विभिन्न कम्पनीका मोबाईल २ थान, २२० सि.सि.को पल्सर मोटरसाइकल १ थान र पर्स २ थान समेत बरामद गरेको छ । प्रहरीका अनुसार उनीहरुले कमलविनायक बसपार्कमा दोलखा घर भई हाल सूर्यविनायक बस्ने एक जनालाई डलर साट्ने बहानामा ५ लाख रुपैंयाँ लुटपाट गरी फरार भएका थिए । महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले घटनामा सम्लग्न दुई जनालाई चाँगुनारायण नगरपालिका–८, रातोपाटीबाट नियन्त्रणमा लिएको परिसरका सूचना अधिकारी प्रहरी निरिक्षक सुवास बुढाथोकीले जानकारी दिए । गत साउनदेखि डलर साट्ने बहा...
नेटवर्किङ व्यवसाय गरिरहेका ६० जनालाई पक्राउ गर्न सीआईबीमा पत्र

नेटवर्किङ व्यवसाय गरिरहेका ६० जनालाई पक्राउ गर्न सीआईबीमा पत्र

अपराध
असोज १२ काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रतिबन्धित नेटवर्किङ व्यवसाय गरिरहेका चार दर्जन कम्पनी तथा व्यक्तिलाई पक्राउ गरिदिन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्र पठाएको छ । ठगी गरिरहेका केही व्यक्ति विदेशमा समेत रहेको जानकारी पाएपछि विभागले गत बिहीबार सीआईबीको पनि सहयोग मागेको हो ।‘व्यवसायीले नेपाली मान्छेलाई मोहरा बनाएका छन् । केही व्यक्ति स्वदेशमा छैनन् भन्ने अनौपचारिक जानकारी पाएका छौं,’ विभागका वैदेशिक व्यापार नियमन शाखा निर्देशक शिवराज सेढाईंले भने, ‘ऐनले नै प्रहरीको सहयोग लिनुपर्ने भनेको छ । त्यही भएर सीआईबीलाई पत्र पठाएका छौं ।’ वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन–२०७४ तथा नियमावली–२०७६ ले पिरामिडमा आधारित सञ्जालयुक्त (नेटवर्किङ) व्यवसाय गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । तर बजारमा कारोबार गर्नेहरू छ्यापछ्याप्ती छन् ...
नक्कली नोटसहित २ जना पक्राउ

नक्कली नोटसहित २ जना पक्राउ

अपराध
असोज ८ बारा- नक्कली नोटसहित बारामा २ जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय बाराले १२ लाख १६ हजार रुपैयाँ नक्कली नोट सहित २ जनालाई पक्राउ गरेको हो । प्रहरीले बारागढी गाउँपालिका–५ सिघासनी बस्ने २३ वर्षिय बलिराम चौधरी भारत बिहार मोतिहारी जिल्ला झरौखर बस्ने २७ वर्षका सन्दीप कुमार पक्राउ परेका हुन् । सिम्रौनगढ नगरपालिका वडा नं.९ बसवरिया नहरमा चोरीका मोबाइल खरिद बिक्री भएको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई नक्कली नोटसहित पक्राउ गरेको बाराका प्रहरी प्रमुख कृष्ण पंगेनीले बताए । बा.६४ प ९७०६ नम्बरको मोटरसाइकलमा आएका उनीहरुको शरीर खानतलासी गर्दा सन्दीपले बोकेको पहेलो रंगको झोलाभित्र रातो प्लाष्टिकमा नक्कली नोट लुकाएको पाइएको थियो एसपी पंगेनीले भने । चेकजाँचका क्रममा १ हजार दरको नक्कली नोट थान १ हजार २ सय १६ थान फेला परेको छ । उनीहरुले बरामद गरिएको नोटहरू मोबाइल बि...
बुहारीलाई पटक–पटक बलात्कार गर्ने ससुरा पक्राउ

बुहारीलाई पटक–पटक बलात्कार गर्ने ससुरा पक्राउ

अपराध
असोज ७ भोजपुर । आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका राईले गत साउन १६ गते र भदौ ३१ गते जबर्जस्ती करणी गरेको पीडित महिलाको उजूरीमा उल्लेख छ । प्रहरीले म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ । (रासस) ...
बालबालिकाको सुन लुट्ने महिला पक्राउ

बालबालिकाको सुन लुट्ने महिला पक्राउ

अपराध
असोज ७ काठमाडौं । महानगरीय प्रहरी वृत बौद्धले बालबालिका लक्ष्य गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान, घाँटीलगायका ठाउँमा लगाएको सुन तथा बहुमुल्य धातुका सामान लुट्ने कार्यमा संलग्न ३२ वर्षीया सङ्गिता क्षेत्रीलाई प्रहरीले माकलबारीबाट पक्राउ गरेको हो । म्याग्दी स्थायी घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने क्षेत्रीले एक्लै हिँडेका बालबालिकालाई आमाको साथी हुँ भन्दै चकलेट, आइसक्रिम किनेर प्रलोभनमा पार्दै सुन लगायतका धातुका गहना लुट्ने गरेकोे महानगरीय प्रहरी वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार विगत लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेकी उक्त महिलाले सुन लुटेको भन्दै उपत्यकाका विभिन्न प्रहरी कार्यालयका गरी २२ पीडित बालबालिकका अभिभावकले उजूरी दिएका थिए । उपत्यकाका बौद्ध, माकलबारी, मनमैजु,...
नेपाल टेलिकमकाे तार चोर्ने चार जना पक्राउ

नेपाल टेलिकमकाे तार चोर्ने चार जना पक्राउ

अपराध
असोज ६ विराटनगर । नेपाल टेलिकम विराटनगरका विभिन्न स्थानका तार चोर्ने चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ, विराटनगर महानगरपालिका वडा नं ६ बस्ने २१ वर्षीय विजय सहनी, १८ वर्षीय राज सहनी, २१ वर्षीय रवीन सहनी र १९ वर्षीय सुमित सहनी छन् । जिल्ला प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले अभियुक्तलाई महानगरपालिकाको जामुनगाछीबाट टेलिकमको १५० पेयर र २२० मिटर केवल तार र को ९ प ४१५८ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । अभियुक्तलाई चोरी ऐनअन्तर्गत कानूनी कारवाही गरिने प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो । ...