आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

काठमाडौंको गोंगबुमा ट्याक्सीमा आगजनी

काठमाडौंको गोंगबुमा ट्याक्सीमा आगजनी

समाचार, समाज
काठमाडौंको गोंगबुमा ट्याक्सीमा आगजनी भएको छ । आज आमहड्ताल आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले ट्याक्सीमा आगजनी गरेका हुन् । बिहीबार बिहान प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले सेतोपाटीलाई जानकारी दिए । ‘प्रदर्शनकारीहरूले आगजनी गरेर गएका छन्,’उनले भने।सो ट्याक्सी धादिङका खुम्ब नारायण श्रेष्ठको हो। प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ। सो ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको छ । प्रचण्ड नेपाल समूहले बुधबार पत्रकार सम्मेलन गर्दै आमहड्ताल गर्ने घोषणा गरेका थिए। सविधानको बेवास्ता गर्दै संवैधानिक आयोगहरूमा नियुक्ति गरेको भन्दै हड्तालको घोषणा गरेको हो । बिहीबार बिहानैदेखि चोकचोकमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरु खटिएका छन् । अहिलेसम्म प्रहरीले ...
आजको आमहड्ताल कार्यक्रमका लागि नेकपामा काठमाडौँ उपत्यकाको बिभिन्न प्रमुख स्थानमा छुट्टाछुट्टै नेताहरु

आजको आमहड्ताल कार्यक्रमका लागि नेकपामा काठमाडौँ उपत्यकाको बिभिन्न प्रमुख स्थानमा छुट्टाछुट्टै नेताहरु

राजनीति, समाचार
संवैधानिक आयोगहरुमा बलमिच्याइ नियुक्तिको बिरोधमा आज प्रचण्ड–नेपाल समूह नेकपाले आमहड्ताल गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पोष ५ गते असंवैधानिक रुपमा गरेको संसद विघटनबाट रुष्ट प्रचण्ड माधव समूह हिजै मात्र फेरि राष्ट्रपतिको सिफारिसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेपछि आमहड्तालको घोषणा गरेको थियो । आजको आमहड्ताल कार्यक्रमका लागि नेकपामा काठमाडौँ उपत्यकाको बिभिन्न प्रमुख स्थानमा छुट्टाछुट्टै नेताहरुलाई नेतृत्वको जिम्मेबारी तोकेको छ । जस अनुसार ललितपुरकाे पुल्चोकमा पम्फा भूसालको नेतृतव रहने छ भने कोटेश्वरमा लीलामणि पोखरेलले सम्हाल्नेछन् । यस्तै चाबहिलको नेतृत्व बर्षमान पुन र हरिबोल गजुरेललाई तोकिएको छ । नारायाणगोपाल चोक महाराजगंजमा शक्ति बस्नेतको नेतृत्व रहने नेकपाले जनाएको छ । यस्तै गोंगबुमा भीम रावल, बलाजुमा रघ...
(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित जवाफसहित आफैं उपस्थित हुन सर्वोच्च अदालतको आदेश

(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित जवाफसहित आफैं उपस्थित हुन सर्वोच्च अदालतको आदेश

समाचार, समाज
दुई चोइटामा विभाजित नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिखित जवाफसहित आफैं उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ । अधिवक्ता समिर बलामीले हालेको निवेदनमाथि बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले म्याद प्राप्त भएको मितिले बाटाका म्याद बाहेक एक साताभित्र अदालतमा आफैं उपस्थित हुन प्रचण्डलाई आदेश दिएको हो । बलामीले हालेको निवेदन सोमबार दर्ता गरी मंगलबारका लागि पेसी तोकिएको थियो। मंगलबार इजलास नबसेपछि पेसी बुधबारका लागि सारिएको थियो । प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको दावी गर्दै अधिवक्ता बलामीले अवहेलनाको मुद्दा दायर गरेका थिए। न्यायाधीशहरुले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्ति दिएको भन्दै अवहेलनाको मुद्दा चलाउन रिटमा माग गिरएको छ। यसअघि प...
अख्तियार प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई नियुक्त

अख्तियार प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई नियुक्त

समाचार, समाज
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । बुधवार दिउँसो कार्यबाहक प्रमुख जोशीले राष्ट्रपति भण्डारीलाई राजीनामा पत्र बुझाएका हुन् । आज संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियारका प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई नियुक्त गरेकी छिन् । अख्तियारका प्रमुखमा राई आएसँगै कार्यबाहक जोशीले राजीनामा दिएका हुन् । त्यस्तै आज नै आज राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ११ संवैधानिक निकायका प्रमुख र पदाधिकारी गरी ३२ जनाको नियुक्ती गरिएको छ । त्यस्तै आज नै उनीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । ...
राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरे लगत्तै विभिन्न विश्वविद्यालयले स्नातक तहको भर्ना कार्यक्रम प्रारम्भ

राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरे लगत्तै विभिन्न विश्वविद्यालयले स्नातक तहको भर्ना कार्यक्रम प्रारम्भ

शिक्षा, समाचार
राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरे लगत्तै विभिन्न विश्वविद्यालयले स्नातक तहको भर्ना कार्यक्रम प्रारम्भ गर्न प्रतिस्पर्धा नै चलेको छ । सार्वजनिक नतिजाबाट झण्डै चार लाख ३३ हजारभन्दा बढी विद्यार्थीलाई एकै पटक उच्च शिक्षामा ढोका खुलेपछि विश्वविद्यालयहरूले भर्ना कार्यक्रम सुरु गर्नेभएकाे खबर गोरखापत्र दैनिकमा छ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको शैक्षिक सत्र फागुनमा गर्ने निर्णय गरेको छ । शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले स्नातक तहको शैक्षिक सत्र फागुनमा प्रारम्भ गर्ने निचोडमा विश्वविद्यालय पुगेको जानकारी दिए । विश्वविद्यालयले तीन महिना पछि सारेर भर्ना कार्यक्रम सुरु गर्नेभएको हो । यसअघि मंसिरमा स्नातक तहको पहिलो वर्षको भर्ना गर्ने गरिएको थियो । पोखरा विश्वविद्यालयले कक्षा १२ को नतिजा सार्वजनिक भएलगत्तै भर्ना सुरु गरिएको विश्वविद्यालयका उपकुलपति प...
काठमाडौँ महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई ५० लाख सहयोग गर्ने

काठमाडौँ महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई ५० लाख सहयोग गर्ने

खेलकुद, समाचार
काठमाडौँ महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई ५० लाख सहयोग गर्ने भएको छ । यसका लागि मङ्गलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । पत्रमा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरेका हुन् । कामपाले यसअघि पनि ए डिभिजन फुटबल क्लबलाई जनही १० लाख, बी डिभिजनलाई जनही छ लाख र सी डिभिजनलाई चार लाख सहयोग गरिसकेको छ । महानगरसँगै देशको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन यसप्रकार लगानी गरिएको कामपाको भनाइ छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा नेपालको ख्याति बढाएको बताए । यो प्रसिद्धि बढाउन थप बल पुगोस् र महानगरको पहिचान पनि सँगै विस्तार होस् भनेर हामीले सङ्घलाई सहयोग गरेको बताए । नेपाली क्रिकेट खेलाडीको आत्मबल बलियो बनाएर अन्तर्राष्ट्रिय ...
संवैधानिक परिषद आयोगका पदाधिकारीले आज राष्ट्रपति समक्ष शपथ

संवैधानिक परिषद आयोगका पदाधिकारीले आज राष्ट्रपति समक्ष शपथ

समाचार, समाज
 मंसिर ३० मा संवैधानिक परिषदको बैठकले सिफारिस गरेका विभिन्न संवैधानिक आयोगका पदाधिकारीले आज राष्ट्रपति समक्ष शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदको सिफारिस अनुसार विभिन्न आयोगका पदाधिकारीलाई आज नियुक्ती गर्दै शपथ ग्रहण गराउने छिन्। संवैधानिक आयोगका पदाधिकारीका लागि सिफारिस व्यक्तिहरुले संसदीय सुनुवाईमा परीक्षण हुनुपर्ने भए पनि प्रतिनिधिसभा विघटनपछि उनीहरुको सुनुवाई भने हुन सकेन। सभामुख अग्निप्रसाद सापकोटाले सुनुवाई गर्न नसकिने भन्दै संवैधानिक परिषदको सिफारिस आइतबार फिर्ता पठाएका थिए भने राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले सभामुख सापकोटाले सिफारिस फिर्ता पठाएकोमा आपत्ति प्रकट गरेका थिए। मंसिर ३० मा बिहान बसेको संवैधानिक परिषद्को बैठक सभामुख सापकोटाले बहिस्कार गरेपछि सरकारले सोही दिन अध्यादेश जारी गर्दै...
काठमाडौं आसपासमा भूकम्पको धक्का महशुष

काठमाडौं आसपासमा भूकम्पको धक्का महशुष

समाचार, समाज
काठमाडौं आसपासमा भूकम्पको धक्का महशुष भएको छ । मंगलबार राति ९ बजेर ५९ मिनेट जाँदा मनाङको चुलु भन्ने स्थानमा केन्द्रविन्दु बनाएर गएको ४.२ म्याग्निच्यूडको भूकम्पले काठमाडौं आसपासका जिल्लामा धक्का महशुष भएको छ । विशेषगरी गण्डकी प्रदेशका जिल्लामा भूकम्पको धक्का महशुष भएको त्यहाँका स्थानीयले उल्लेख गरेका छन । काठमाडाैँ, ललितपुर, भक्तपुर, धादिङ, तनहुँ, गोरखा, कास्की लगायतको जिल्लामा भूक्म्पको धक्का महशुष भएको जनाइएको छ । ...
पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ४ सय रहेको छ । मंगलबार २५९ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६६ हजार ६०० पुगेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको छ। पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । यस्तै, हालसम्म ९५ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख ७८ हजार ९८ जनाको पीसीआर परीक्षण गरिएको छ । ...
अनावश्यक रुपमा थाइराइड बढ्न थालेमा क्यान्सर समेत हुनसक्छ

अनावश्यक रुपमा थाइराइड बढ्न थालेमा क्यान्सर समेत हुनसक्छ

समाचार, स्वास्थ्य
कहिलेकाँही खाना निल्न गाह्रो हुने, घाटीको भाग सुन्निने र पानी समेत पिउन नसक्ने गरी हाम्रो घाटी दुख्छ । जाडो मौसममा त झन् केही चिसो खानेकुरा खायो भने पनि यस्तो समस्या देखा पर्छ । यस्तो अवस्थामा मानिसहरुले चिसो वा टन्सिल होला भनेर यसलाई खासै ध्यान दिँदैनन् । तर यो समस्या भइरहन्छ र गला अवरुद्ध हुने क्रम लामो समयसम्म चल्छ भने त्यसलाई सामान्य रुपमा लिनु हुँदैन । किनकी यो थाइराइडको समस्या हुनसक्छ । थाइराइडको ग्रन्थी हाम्रो घाँटीमा हुन्छ । यसले शरीरलाई आवश्यक पर्ने हार्मोन उत्पादन गर्छ । तर अनावश्य रुपमा थाइराइड बढ्न थालेमा क्यान्सर समेत हुनसक्छ । यस्तो हुन्छ थाइराइड क्यान्सरको लक्षण घाटी सुन्निन्छ ।पानी, खाना खान र थूक निल्न गाह्रो हुन्छ ।गलामा गाठा आएको महशुस हुन्छ ।विरामी परेजस्तो कमजोर महशुस हुन्छ ।काम गर्दा बढि थकान महशुस हुन्छ ।महिलाहरुमा रजस्वला छिटो छिटो सुरु हुन्छ ।रजस्वलाको...