काठमाडौं आसपासमा भूकम्पको धक्का महशुष भएको छ ।
मंगलबार राति ९ बजेर ५९ मिनेट जाँदा मनाङको चुलु भन्ने स्थानमा केन्द्रविन्दु बनाएर गएको ४.२ म्याग्निच्यूडको भूकम्पले काठमाडौं आसपासका जिल्लामा धक्का महशुष भएको छ ।
विशेषगरी गण्डकी प्रदेशका जिल्लामा भूकम्पको धक्का महशुष भएको त्यहाँका स्थानीयले उल्लेख गरेका छन । काठमाडाैँ, ललितपुर, भक्तपुर, धादिङ, तनहुँ, गोरखा, कास्की लगायतको जिल्लामा भूक्म्पको धक्का महशुष भएको जनाइएको छ ।
