बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

आजको आमहड्ताल कार्यक्रमका लागि नेकपामा काठमाडौँ उपत्यकाको बिभिन्न प्रमुख स्थानमा छुट्टाछुट्टै नेताहरु

संवैधानिक आयोगहरुमा बलमिच्याइ नियुक्तिको बिरोधमा आज प्रचण्ड–नेपाल समूह नेकपाले आमहड्ताल गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पोष ५ गते असंवैधानिक रुपमा गरेको संसद विघटनबाट रुष्ट प्रचण्ड माधव समूह हिजै मात्र फेरि राष्ट्रपतिको सिफारिसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेपछि आमहड्तालको घोषणा गरेको थियो ।

आजको आमहड्ताल कार्यक्रमका लागि नेकपामा काठमाडौँ उपत्यकाको बिभिन्न प्रमुख स्थानमा छुट्टाछुट्टै नेताहरुलाई नेतृत्वको जिम्मेबारी तोकेको छ ।

जस अनुसार ललितपुरकाे पुल्चोकमा पम्फा भूसालको नेतृतव रहने छ भने कोटेश्वरमा लीलामणि पोखरेलले सम्हाल्नेछन् ।

यस्तै चाबहिलको नेतृत्व बर्षमान पुन र हरिबोल गजुरेललाई तोकिएको छ ।

नारायाणगोपाल चोक महाराजगंजमा शक्ति बस्नेतको नेतृत्व रहने नेकपाले जनाएको छ ।

यस्तै गोंगबुमा भीम रावल, बलाजुमा रघजी पन्तले सम्हाल्ने छन् भने रत्नपार्कमा नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माले नेतृत्व गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *