आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरू गर्ने डाक्टर गोविन्द केसीको घोषणा

फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरू गर्ने डाक्टर गोविन्द केसीको घोषणा

समाचार, समाज
चिकित्सा शिक्षा सुधार क्षेत्रका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले फागुन १२ देखि अनसन बस्ने घोषणा गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै आगामी तीन सातामा माग पूरा नभए २०७७ फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरू गर्ने उनले घोषणा गरेका हुन् । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गरिनुपर्ने र विधि र प्रक्रिया मिचेर अवैध रूपमा गरिएका संवैधानिक निकायहरूमा नियुक्तिका सिफारिस तत्काल रद्द गरियोस् भनेर उनले दुई बुँदे माग अघि सारेका छन् । ‘अख्तियारलगायतका संवैधानिक निकायहरूलाई निष्पक्ष रूपमा सबै भ्रष्ट व्यक्तिहरूमाथि आवश्यक छानबिन र कारबाही गरी आफ्नो संवैधानिक दायित्व निभाउन आग्रह गर्दै कुनै व्यक्ति विशेषको प्रतिशोध साँध्ने हतियार नबन्न खबरदारी पनि गर्न चाहन्छौं’, डा केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ’, उनले भने,‘यो अवस्थामा आ...
नेपालमा अहिलेसम्म कुल १ लाख २८ हजार ६५० जना मानिसले कोरोना विरुद्धको खोप लगाए

नेपालमा अहिलेसम्म कुल १ लाख २८ हजार ६५० जना मानिसले कोरोना विरुद्धको खोप लगाए

स्वास्थ्य
नेपालमा अहिलेसम्म कुल १ लाख २८ हजार ६५० जना मानिसले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले निकालेको एक विज्ञप्तिका अनुसार नेपालमा आज बेलुका ४ बजेसम्मको तथ्यांकका अनुसार २०१ वटा खोप बुथबाट ७७ जिल्लामा १ लाख २८ हजार ६५० जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएका हुन् । जसमध्ये प्रदेश १ मा १७, २८७, प्रदेश २ मा १६ हजार १७३, वागमती प्रदेशमा ४५ हजार ३४५, गण्डकीमा १६ हजार २७०, लुम्बिनमिा १७ हजार ९७९, कर्णालीमा ६,६६० र सुदूपश्चिम प्रदेशमा ८ हजार ९३६ जनाले भ्याक्सिन लगाउका छन् । ...
म्यानमारमा सेनाले कू गरेपछि त्यसबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठक

म्यानमारमा सेनाले कू गरेपछि त्यसबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठक

अन्तराष्ट्रिय, समाचार
एजेन्सी । म्यानमारमा सेनाले कू गरेपछि त्यसबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठक डाकिएको छ ।‍ । मंगलवार बस्ने बैठकमा सैन्य कू पछिको म्यानमारको अवस्थाबारे छलफल हुने बीबीसीले जनाएको छ । म्यानमारमा भएको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै सो विषय छलफलको पहिलो प्राथमिकतामा ल्याउन सुरक्षा परिषदका सदस्यहरु सहमत भएको संयुक्त राष्ट्रसंघमा बेलायती राजदूत बारबरा वूडवार्डले बताएकी छन् । म्यानमारको सेनाले सोमवार बिहानै सत्तारुढ नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीकी नेतृ आङ साङ सूकीसहित शीर्ष नेतालाई गिरफ्तार गरि सैन्य कू गरेको हो । सेनाले एक वर्षका लागि म्यानमारमा संकटकालको घोषणा गरी कर्फ्यूसमेत लगाएको छ । यसैबिच अमेरिकी राष्ट्रपति जो बाइडेनले सैन्य कू म्यानमारको प्रजातान्त्रिक प्रक्रिया र कानूनी शासनमाथिको सीधा आक्रमण रहेको भन्दै निन्दा गरेका छन् । नेतृ...
निर्वाचन आयुक्तहरूले राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाए

निर्वाचन आयुक्तहरूले राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाए

समाचार, समाज
निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाएका छन् । निर्वाचनको तयारीका सन्दर्भमा सोमबार आयोगले पूर्व प्रमुख आयुक्तसँग छलफल गरेको थियो । सो छलफलमा पूर्व प्रमुख आयुक्तहरूले दलहरूसँगको सहकार्य गरेर मात्रै निर्वाचनमा अघि बढ्न सुझाएका हुन् । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले निर्वाचनको तयारी र निर्वाचनका सन्दर्भमा गरिरहेको कामबारे पूर्वप्रमुख आयुक्तहरूसँग छलफल गरेको जानकारी दिए । ‘निर्वाचनको तयारी र आयोगले गरेका कामका विषयमा पूर्वप्रमुख आयुक्त ज्यूहरूलाई जानकारी गराइयो, उहाँहरूबाट समेत केही सुझाव आए,’ आयोगका प्रवक्ता श्रेष्ठले भने । छलफलमा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले देशमा राजनीतिक मुद्दा पेचिलो बनिरहेको बेला राजनीतिक विषयको समाधान दलबाटै आउनुपर्नेमा जोड दिए । उनले राजनीतिक समस्याको समाधानपछि मा...
नेपाल राष्ट्र बैंकले आजका लागिसार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागिसार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर

आर्थिक, समाचार
 काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११७ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५४ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६० रुपैयाँ ५६ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३७ पैसा कायम भइ कारोबार भइरहेको छ । यसैगरी जापानी यन १० को खरिददर ११ रुपैयाँ ११ पैसा र बिक्रीदर ११ रुपैयाँ १६ पैसा तथा कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १ पैसा र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा कायम भएको छ । अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ: ...
पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलना मुद्दामा आज  सुनुवाइ हुँदै

पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदै

राजनीति, समाचार
दाहाल-नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलना मुद्दामा आज मंगलवार सुनुवाइ हुँदैछ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको भन्दै नेपाल ल क्याम्पसमा अध्ययनरत समीर हायुले दाहालविरुद्ध रिट दायर गरेका छन्। प्रतिनिधिसभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको दावी गर्दै उनले अदालतको अवहेलना मुद्दामा निवेदन दायर गरेका हुन्। प्रचण्डको कार्य संवैधानिक सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको मान्यता भन्दा विपरीत रहेको हायूको तर्क छ। यसअघि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि अपमानपूर्ण भाषा प्रयोग गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली...
नेपालको सबैभन्दा ठूलो सबस्टेशन मानिएको ४ सय केभीको ढल्केवर सबस्टेशनको आज औपचारिक रुपमा सञ्चालनमा

नेपालको सबैभन्दा ठूलो सबस्टेशन मानिएको ४ सय केभीको ढल्केवर सबस्टेशनको आज औपचारिक रुपमा सञ्चालनमा

आर्थिक, समाचार
नेपालको सबैभन्दा ठूलो सबस्टेशन मानिएको ४ सय केभीको ढल्केवर जीआईएस (स्वचलित) सबस्टेशनको आज औपचारिक रुपमा सञ्चालनमा आउँदैछ । उक्त सबस्टेशन गत कार्तिक २६ गते नै पूर्ण रूपमा चार्ज गरिएको थियो । यो सबस्टेसन निर्माण गर्न १ करोड ७५ लाख ८६ हजार ९ सय २१ अमेरिकी डलर र २२ करोड ३ लाख ३६ हजार ४ सय ८७ रुपैयाँ सहित करिब २ अर्ब २५ करोड रुपैयाँ खर्च भएको प्राधिकरणले उल्लेख गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज उक्त सबस्टेशनको उद्घाटन गर्दैछन् । यो ४ सय केभीको पहिलो स्वचालित सबस्टेशन हो । नेपाल विद्युत् प्राधिकरणले २२ करोड ४३ लाखको लगानीमा सबस्टेशन बनाएको हो । २०७४ मंसिर २२ गत ४ सय केभी सबस्टेसन निर्माण गर्न ठेक्का सम्झौता गरी करिब ३ वर्ष (२ वर्ष ११ महिना ४ दिन) मा निर्माण पूरा गरिएका सम्पन्न भएको हो ।  यो अहिलेसम्म निर्माण भएको देशकै ठूलो र स्वचालित (जिआइएस) प्रणालीमा निर्माण भएको सबस्टेस...
आज नेप्से ३७.७० अंकले बढेर दुई हजार चार सय ८ दशमलब २४ विन्दुमा

आज नेप्से ३७.७० अंकले बढेर दुई हजार चार सय ८ दशमलब २४ विन्दुमा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) हरियाली छाएको छ । हिजो (आइतबार) नेप्से ५४.७५ अंकले घटेर राताम्मे भएको थियो ।  नेप्सेका अनुसार आज नेप्से ३७.७० अंकले बढेर दुई हजार चार सय ८ दशमलब २४ विन्दुमा पुगेको छ भने झण्डै ७ अर्बको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये माइक्रोफाइनान्स र म्युचुअल फण्डबाहेक अन्य सबै समूह बढेका छन् । आज १० कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि भएको छ ।  ...
नेपालमा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्युहुनेको संख्या शुन्य रहेको छ भने अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार २९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २६४ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६६ हजार ६०० पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ४८९ रहेको छ । अहिलेसम्म नेपालमा २० लाख ७५ हजार १५२ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९७ रहेको छ । ...
नेपाली कांग्रेसका १३ भ्रातृ संगठनले आज सोमवार ७७ वटै जिल्लामा प्रदर्शन गर्ने

नेपाली कांग्रेसका १३ भ्रातृ संगठनले आज सोमवार ७७ वटै जिल्लामा प्रदर्शन गर्ने

राजनीति, समाचार
नेपाली कांग्रेसका १३ भ्रातृ संगठनले आज सोमवार ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसको १३ वटै भातृ संगठनले संयुक्त रुपमा देशैभर प्रदर्शन गर्न लागेको हो । नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल तामाङ संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाजको संयुक्त अगुवाईमा देशका विभिन्न ठाउँमा काँग्रेसले विरोध सभा आयोजना गरेको हो। कांग्रेसले हिजो आइतवार एक विज्ञप्ति निकालेर प्रदर्शनमा सहभागि हुन नेता तथा कार्यकर्तालाई अपिल गरेको छ। “नेपाल कम्युनिष्ट पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधि सभा...