शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

नेपालमा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्युहुनेको संख्या शुन्य रहेको छ भने अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार २९ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २६४ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६६ हजार ६०० पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ४८९ रहेको छ ।

अहिलेसम्म नेपालमा २० लाख ७५ हजार १५२ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *