आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

३ दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस

३ दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस

समाचार, समाज
सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । आज विहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए। उक्त भूकम्प ३ दशमलव ७ रेक्टर स्केलको रहेको जनाइएको छ। यसैगरी आइतबार राति १२ बजेर ४६ मिनेटमा नेपाल–भारत सीमा खलङ्गाको उत्तर पश्चिम १८ किलोमिटर टाढा आसपास केन्द्र भएर भूकम्प गएको उनले जानकारी दिए। उक्त भूकम्प ३ दशमलव ६ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। यसअघि गत पुस २८ गते दार्चुलाको सुनसेरा आसपास भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो भने पुस १९ गते पनि बैतडीको डिलाशैनी आसपास केन्द्र भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ। रासस ...
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ आजदेखि विपक्षीको बहस शुरु

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ आजदेखि विपक्षीको बहस शुरु

राजनीति, समाचार
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ शुरु भएको १३औँ दिन आइतबार रिट निवेदकका तर्फबाट बहस सकिएको छ। रिट निवेदक १३ जना थिए। उनीहरुका तर्फबाट हालसम्म रिट निवेदक र कानून व्यवसायी गरी ६८ जनाले बहस गरे। सोमबारदेखि (आज) विपक्षीको बहस शुरु हुनेछ। रिट निवेदकका तर्फबाट आइतबार गोपाल पाण्डे, अमिता गौतम, कृतिनाथ पौडेल र खडानन्द कँडेलले बहस गरेका थिए। त्यस्तै रिट निवेदक लोकेन्द्रबहादुर ओली र केशरजङ्ग शाहीका तर्फबाट खेमानन्द अधिकारी र पूर्णप्रकाश बस्नेतले तथा रिट निवेदक कमलबहादुर खत्रीका तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनालले बहस गरेका थिए। रिट निवेदकहरु मनिराम उपाध्याय र तुलसी सिंखडाले बहस गरेसँगै सम्पूर्ण रिट निवेदकको बहस सकिएको थियाे। आजदेखि विपक्षी महान्यायाधिवक्ता कार्यालय र प्रधानमन्त्रीका तर्फबाट कानून व्यवसायीको बहस शुुरु हुनेछ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश...
म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)की नेतृ आन साङ सुकीलाई त्यहाँको सेनाले गिरफ्तार गरे

म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)की नेतृ आन साङ सुकीलाई त्यहाँको सेनाले गिरफ्तार गरे

अन्तराष्ट्रिय, समाचार
एजेन्सी । म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)की नेतृ आन साङ सुकीलाई त्यहाँको सेनाले गिरफ्तार गरेको छ । सेनाले सत्ता हत्याउन सक्ने आशंका बढिरहेका बेला सुकी पक्राउ परेको बीबीसीले जनाएको छ । नेतृ सुकीसहित राष्ट्रपति विन मिन्ट र प्रदेशका मुख्यमन्त्रीहरूलाई समेत सेनाले नियन्त्रणमा लिएको जनाइएको छ। सेनाले आज बिहान नेताहरूलाई नियन्त्रणमा लिए पनि यो सैनिक कू नभएको जनाएको छ। सोमबार म्यानमारको नयाँ संसदको बैठक बस्ने तय भएको थियो । तर सेनाले भने यो बैठक नराख्न आग्रह गरिरहेको थियो। नेताहरूलाई नियन्त्रणमा लिएपछि राजधानी नेपिदअ र रंगुन शहरका सडकमा सैनिकहरूले गस्ती गरिरहेका छन् भने नेपिदअको सञ्चार सम्पर्क बिच्छेद गरिएको छ। गत नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले सरकार गठनका लागि संसद्‌मा पर्याप्त सिट जितेको थियो । तर सेनाले भने उक्त निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएको छ। स...
चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने

चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने

अन्तराष्ट्रिय, समाचार
 चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार नेपालाई छिटै अनुदानमा खोप दिन लागिएको हो । संसारभरि र चीनभित्रै पनि भ्याक्सिनको ठूलो माग भए पनि नेपालसँगको घनिष्ट सम्बन्धका कारण चीनले नेपाललाई खोप दिन लागेको दूतावासले स्पष्ट पारेको छ । चीनले दिएको खोप १ लाख ५० हजार जनालाई लगाउन मिल्नेछ । सो खोप चिनियाँ कम्पनी सिनोफार्मले विकास र उत्पादन गरेको हो । यो भ्याक्सिनले चीनमा यसअघि नै ससर्त अनुमति पाइसकेको र जनवरी ३१ सम्म २ करोड ४० लाख मानिसलाई सो भ्याक्सिन दिइसकिएको दूतावासले जनाएको छ । भ्याक्सिनको विश्वसनीयता उच्च स्तरको रहेको दूतावासको भनाइ छ ।चिनियाँ दूतावासले खोपको सुरक्षा र प्रभावकारिता विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डभन्दा माथि रहेको दाबी गरेको छ । यसअघि भारतले पनि नेपालाई कोरोनाविरुद्धको भ्याक्सिन उ...
आज माघ १९ गते साेमबारको राशिफल

आज माघ १९ गते साेमबारको राशिफल

राशिफल, समाचार
मेष – आरोग्यता बढ्ला । सुख समृद्धि बढ्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्ला । भाग्योदय कारक काम बन्नेछ । वार्तामा सफलता प्राप्त होला । मान पुरस्कार प्राप्त हुनेछ । विकासको नयाँ सम्भावना देखा पर्ला । आयात–निर्यातसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आशा उत्साह बढ्ला । सुख–सुविधा बढ्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । बृष – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य धन यश मान महत्व बढ्ला । उन्नति–पदोन्नति हुनेछ । गौरव वृद्धि होला । आफन्तको सहयोग मिल्नेछ । मिथुन – दिन शुभ र भाग्यवर्द्धक सावित हुनेछ । मिठो भोजन मिल्ला । आरोग्यता बढ्ला । रसरागमा आकर्षण बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछन् । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । कर्कट – खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हासविलासमा रुचि बढ्ला । योजना र बजेट ब...
नेपालमा बर्ड फ्लू भित्रिएको पुष्टि

नेपालमा बर्ड फ्लू भित्रिएको पुष्टि

समाचार, समाज
 काठमाडौंको तारकेस्वरमा स्थानीय कृषकले पालेका पन्छीमा बर्ड फ्लुको संक्रमण भेटिए पछि पशु सेवा विभागले निगरानी बढाएको छ। शुक्रबार तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको थियो। विभागका निमित्त महानिर्देशक डाक्टर दमयन्त्री श्रेष्ठका अनुसार शिनबार आसपासका क्षेत्रमा पालिएका पन्क्षाीहरूकाे अवस्था कस्तो छ भनेर प्रभावित क्षेत्रमा थप अध्ययनका लागि पशुसेवा विभागको अध्ययन टोली पुगेको छ। यसअघि त्यहाँका टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर बिधिबाट परीक्षण गर्दा मिति शुक्रबार बर्ड फ्लु रोग पुष्टि भएको विभागले जनाएको छ। रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रम...
आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) ५४.७५ घटेर २३ सय ७० दशमलव ५४ बिन्दुमा

आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) ५४.७५ घटेर २३ सय ७० दशमलव ५४ बिन्दुमा

आर्थिक, समाचार
साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५४.७५ घटेर २३ सय ७० दशमलव ५४ बिन्दुमा पुगेको छ। ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आज ९ दशमलव ७३ अंकले घटेर ४ सय ३२ दशमलव ३३ बिन्दुमा पुगेको छ। सबैभन्दा धेरै माइक्रोफाइनान्स समूह ३ प्रतिशत भन्दा धेरैले घटेको छ भने बैंकिङ समूह पनि २ प्रतिशत भन्दा धेरैले घटेको छ। सबै सबइन्डेक्सनहरु घटेर राताम्मे देखिए पनि केहि कम्पनीहरुको सेयर मूल्य भने वृद्धि भएको छ। आज नेप्सेका सबै उपसूचक राताम्मे हुँदा प्रभु लाइफ र एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाए। प्रभु लाइफको सेयर मूल्य प्रतिकित्ता ९ दशमलव ९३ प्रतिशतले बढेको छ। यस्तै, एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ दशमलव ९२ प्रतिशतले बढेको छ। यस्तै, सगरमाथा लाइफ इन्स्योरेन्स कम्पनीका लगानकर्ताले पनि प्रतिकित्ता ७ प्रतिशतमाथि कमाएका ...
डोल्पास्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हुने गरेको तस्करी नियन्त्रणमा कडाइ

डोल्पास्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हुने गरेको तस्करी नियन्त्रणमा कडाइ

समाचार, समाज
छिमेकी मुलुक चीनसँग सिमाना जोडिएको डोल्पास्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हुने गरेको तस्करी नियन्त्रणको प्रयास बढाइएको छ । यो निकुञ्ज वन्यजन्तु र जडीबुटी चोरीको अखडा बन्दै आएको छ । निकुञ्ज ठूलो क्षेत्रमा फैलिएको तर सुरक्षा सीमितताको अभाव रहेकाले यहाँ तस्कारी मौलाउने गरेको हो । तस्करहरुलाई हतियार बुझाउन जिल्ला प्रहरी कार्यालय डोल्पाले वर्षेनी सार्वजनिक सूचना प्रकाशित गर्ने गरे पनि अटेर गर्ने गरेका छन् । अहिले भने उनीहरु निकुञ्जको कडा अनुगमनमा परेका छन् । पछिल्लो तथ्याङ्कअनुसार यहाँ तस्करीमा संलग्न रहेकाबाट ७० थान भरुवा बन्दुक, एक थान कटुवा पेस्तोल, १० थान इन्सास राइफलका गोली निकुञ्जले कब्जामा लिएको छ । पहिले वन्यजन्तु हेर्न धेरै टाढासम्म पुग्नुपर्नेमा आजभोलि सदरमुकाम नजिकै रहेको सुलिगाड आसपासको क्षेत्रमा सजिलै देख्न सकिने सर्वसाधारणहरु बताउँछन् । कम खाद्यान्न उत्पादन हुने डोल्...
वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिए

वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिए

आर्थिक, समाचार
 प्रदेश नं २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । नेपालमा खपत हुने कूल परिमाणको पेट्रोलियम पदार्थको आधा हिस्सा वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने गरेको छ । तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको छ महिनामा ४७ अर्ब ८७ करोड १७ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ भारतबाट आयात भई नेपाल भित्रिएको छ । यसमध्ये २३ अर्ब मूल्य बराबरको डिजेल आयात भएको हो । तुलनात्मक रुपमा हेर्ने हो भने अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को सोही अवधिमा डिजेल आयात तीन प्रतिशतले वृद्धि भएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी सङ्घीय सरकारले लगाएको नाकाबन्दीको कारण शुरुमा डिजेल आयात घटे पनि असोजदेखि आयात क्रमशः बढ्दै गएको भन्सार अधिकृत शैलेन्द्र अधिकारी...
इजरायलमा ३० लाखले कोरोना भाइरसविरुद्धको खोप लगाइसके

इजरायलमा ३० लाखले कोरोना भाइरसविरुद्धको खोप लगाइसके

समाचार, स्वास्थ्य
इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यक्तिको संख्या इजरायलमा ३० लाख नाघेको जनाएको छ । गत डिसेम्बर २० मा खोप अभियान शुरु भएयता कूल जनसंख्याको करिब ३२ प्रतिशतले खोप लगाइसकेका छन् । इजरायलको जनसंख्या करिब ९३ लाख रहेको छ । मन्त्रालयका अनुसार ७० वर्ष र सोभन्दा बढी उमेरका ९० प्रतिशतभन्दा बढी व्यक्तिले खोप लिइसकेका छन् । इजरायलमा कोभिड-१९ बाट संक्रमितको कूल संख्या ६ लाख ४० हजार नाघेको छ जसमध्ये ७२ हजार व्यक्तिमा सक्रिय संक्रमण छ । इजरायलमा कोभिड-१९ संक्रमितमध्ये चार हजार ७४५ जनाको मृत्यु भएको छ भने गम्भीर अवस्थामा रहेका व्यक्तिको संख्या एक हजार १६२ छ । कोभिड-१९ संक्रमितमध्ये पाँच लाख ६४ हजार संक्रमणमुक्त भएका छन् । एजेन्सी ...