आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

(नेकपा) को प्रचण्ड-नेपाल समूहले आज सुदूरपश्चिम प्रदेशको धनगढीमा विशाल विरोध सभा गर्दै

(नेकपा) को प्रचण्ड-नेपाल समूहले आज सुदूरपश्चिम प्रदेशको धनगढीमा विशाल विरोध सभा गर्दै

राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले आज (शनिबार) सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा विशाल विरोध सभा गर्दैछ । प्रतिनिधि सभा विघटन विरुद्ध नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा विशाल विरोध सभा गर्न लागेको हो । विरोध सभालाई सम्बोधन गर्न अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल शनिबार बिहान धनगढी पुग्दैछन् । धनगढीस्थित पुरानो एयरपोर्ट मैदानमा दिउँसो १ बजे हुने विरोध सभाको तयारी पुरा भएको नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमले जानकारी दिएको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको प्रचण्ड नेपाल समूह, प्रमुख प्रतिपक्ष नेपाली कांगेस र जनता समाजवादी पार्टी आन्दोलनमा छन् । ...
गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै मनाङ जिल्लाको नासो गाउँपालिका क्षेत्रका थप जंगलमा पनि डढेलो

गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै मनाङ जिल्लाको नासो गाउँपालिका क्षेत्रका थप जंगलमा पनि डढेलो

समाचार, समाज
मनाङ । गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै मनाङ जिल्लाको नासो गाउँपालिका क्षेत्रका थप जंगलमा पनि डढेलो फैलिएको छ ।  मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरेका छन् । ‘जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन,’ नासो गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजङ्ग गुरुङले भने । चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको बस्ती ताचै हो । यहाँ जम्मा ६३ घरधुरी छन् । तिल्चेबाट आगोले बाटो परिवर्तन गरी अचम्म लाग्ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले बताए । तीव्र वेगमा हावा चलेकाले आगो नियन्त्रणमा लिन कठिन भएको उनको भनाइ छ । उनले जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीय बूढाबूढी, केटाकेटी सबै मिलेर अग्नि रेखा बनाउन सफल भएको बताउँदै ...
प्रधानमन्त्री केपी शर्मा ओलीको अकर्मण्यताबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त: राप्रपा अध्यक्ष कमल थापा

प्रधानमन्त्री केपी शर्मा ओलीको अकर्मण्यताबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त: राप्रपा अध्यक्ष कमल थापा

राजनीति, समाचार
 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको अकर्मण्यताबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त हुने टिप्पणी गरेका छन् । सामाजिक संजाल ट्वीटरमा टिप्पणी गर्दै अध्यक्ष थापाले ओलीको असफलता र अकर्मण्यताबाट मुक्ति पाउन भए पनि निर्वाचनमा जानुपर्ने धारणा राखेका हुन् । उनले निर्वाचनमा जानु ओली वा सरकारको समर्थन नभई संसदीय प्रजातन्त्र र संवैधानिक मूल्य मान्यताप्रतिको विश्वासको अभिव्यक्ति बताएका छन् । “नयाँ चुनावमा जांदा संविधानको हत्या हुन्छ भन्नु संविधान/प्रजातन्त्र सम्मत छैन,” उनले लेखेका छन्, “नयाँ चुनावको समर्थन केपी ओली वा सरकारको समर्थन होइन। संसदीय प्रजातन्त्र र संवैधानिक मूल्यमान्यता प्रतिको बिश्वासको अभिव्यक्ति हो। केपी ओलीको असफलता/अकर्मण्यताबाट मुक्तिको लागि पनि ताजा जनादेश उपयुक्त हुन्छ ।” ...
(पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफविरुद्ध त्रिभुवन आर्मी क्लबले ब्याटिङ

(पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफविरुद्ध त्रिभुवन आर्मी क्लबले ब्याटिङ

खेलकुद, समाचार
प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफविरुद्ध त्रिभुवन आर्मी क्लबले ब्याटिङ थालेको छ । टियु क्रिकेट मैदानमामा एपीएफले टस जितेर पहिले फिल्डिङ रोजेपछि आर्मीले ब्याटिङ गरेको हो । चौंथो संस्करणको फाइनलमा दुबै टीम उपाधि आफ्नो बनाउने लक्ष्यमा रहेका छन् । एपीएफ अपराजित रहदै फाइनल पुगेको हो । ...
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ शुक्रवार बाँडफाँट

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ शुक्रवार बाँडफाँट

आर्थिक, समाचार
काठमाडौं ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ शुक्रवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय, लाजिम्पाट, काठमाडौंमा विहान १० बजे भएको बाँडफाँटमा १० देखि ५० कित्तासम्म माग गर्ने सबैले माग बमोजिम शेयर पाएका छन् । बढीमा ६० कित्तासम्म शेयर बाँडफाँट गरिएकोमा ४ लाख ९२ हजार ७२ जनाले ६० कित्तासम्म शेयर पाएका हुन । विक्री प्रबन्धकका अनुसार १० देखि ५० कित्तासम्म माग गर्ने सबै आवेदकलाई माग बमोजिम शेयर बाँडफाँट गर्दा १ करोड १२ लाख १९ हजार ८० कित्ता बाँडफाँट भएको छ । त्यस्तै ६० कित्तादेखि २ लाखसम्म माग गर्ने सम्पूर्ण आवेदकहरुमा ५० कित्ताका दरले ५ करोड ९७ लाख २०० कित्ता शेयर बाँडफाँट गरिएको छ ।  यसरी बाँडफाँटपछि बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर ६० देखि २ लाख कित्तासम्म माग गर्ने सम्पूर्ण आवेदकलाई एउटै समूहमा राखी थप दश कित्ताका दरले ४ लाख ९२ हजार ७२ जन...
नोवाभ्याक्स भ्याक्सिनको सबै ट्रायल्स सफल:बेलायतका प्रधानमन्त्री बोरिस जोनसन

नोवाभ्याक्स भ्याक्सिनको सबै ट्रायल्स सफल:बेलायतका प्रधानमन्त्री बोरिस जोनसन

अन्तराष्ट्रिय, समाचार
कोरोना भाइरसको संक्रमण सारा विश्वमा नै व्याप्त छ । यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीवार राती देशमा नोवाभ्याक्स भ्याक्सिनको सबै ट्रायल्स सफल भएको बताएका छन् । जोनसनले भने, ‘मसँग एक राम्रो खबर छ, हाम्रोमा नोवाभ्याक्स भ्याक्सिनको ट्रायलको नतिजा सफल रह्यो, यो ट्रायलमा सहभागी बन्ने सबैलाई धेरै धन्यवाद । हाम्रो रेग्युलेटर अब भ्याक्सिनलाई स्वीकृति दिन सक्छ, यदि स्वीकृति मिलेमा हामी ६ करोड भ्याक्सिनको अर्डर दिनेछौँ ।’ हेल्थ मिनिस्टर म्याट हनूकले यसलाई ठूलो सफलता भएको बताए । ट्रायलमा भ्याक्सिन ८९.३ प्रतिशत इफेक्टिभ पाइयो । ...
अमिताभ बच्चन लकडाउनपछि उनी पहिलो शूटिङको पहिलो दिन धेरै नर्भस

अमिताभ बच्चन लकडाउनपछि उनी पहिलो शूटिङको पहिलो दिन धेरै नर्भस

मनोरन्जन, समाचार
मुम्बई । बलिउड महानायक अमिताभ बच्चन केहि समय अगाडि कोरोना भाइरसबाट संक्रमित भएका थिए। ७८ बर्षीय बच्चन कोरोनालाई जित्न सफल भए। लकडाउनपछि उनी पहिलो आफ्नो आफ्नो फिल्मको शूटिङमा ब्यस्त बनेका छन्। पछिल्लो समय उनले आफ्नो नयाँ फिल्मको शूटिङ सुरु गरेका हुन। , उनी शूटिङको पहिलो दिन धेरै नर्भस भएका थिए। अभिनेता बच्चनले नयाँ फिल्मको यी पहिलो दिनरू सपना जस्तो लागेको उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा पनि लेखेका छन्, ‘नयाँ फिल्मको पहिलो दिन, हालत खराब भयो।’ अजय देवगणको निर्देशनमा बनिरहेको यो फिल्ममा अमिताभ सहित अजय देवगण र रकुल प्रीत सिंह मुख्य भूमिकामा छन् । ...
नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् शहीद प्रति राष्ट्रपति विद्यादेवी भण्डारीको भावपूर्ण श्रद्धाञ्जलि अर्पण

नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् शहीद प्रति राष्ट्रपति विद्यादेवी भण्डारीको भावपूर्ण श्रद्धाञ्जलि अर्पण

समाचार, समाज
राष्ट्रपति विद्यादेवी भण्डारीले हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल भएको बताएकी छन्। शहीद दिवसका अवसरमा आज सन्देश दिँदै राष्ट्रपति भण्डारीले भनेकी छन्, “शहीदको सम्मानमा गरिने अनुष्ठानले उहाँहरूको सङ्घर्ष र त्यागको मर्मलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ।” नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण अमर शहीदप्रति राष्ट्रपतिले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै राष्ट्रपतिले नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरूद्धका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीरवीराङ्गनाप्रति स...
बेलायतमा भेटिएको कोरोना भाइरसको नयाँ प्रकार (स्ट्रेन) अहिलेसम्म ७० वटा देशमा पुगिसकेको :डब्ल्यूएचओ

बेलायतमा भेटिएको कोरोना भाइरसको नयाँ प्रकार (स्ट्रेन) अहिलेसम्म ७० वटा देशमा पुगिसकेको :डब्ल्यूएचओ

अन्तराष्ट्रिय, समाचार
 बेलायतमा भेटिएको कोरोना भाइरसको नयाँ प्रकार (स्ट्रेन) अहिलेसम्म ७० वटा देशमा पुगिसकेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बताएको छ । यो भ्यारिएन्ट पहिलेको भन्दा ७० प्रतिशत धेरै खतरनाक रहेको बताइएको छ । यस बारेमा डब्ल्यूएचओले साप्ताहिक रिपोर्ट जारी गरेको छ । यसलाई बी १.१.७ वा भीओसी २०२०१२/०१ नाम दिइएको छ ।यो केस बेलायत, डेनमार्क र आयरल्याण्डमा कमी हुँदै गइरहेको छ । ...
आज माघ १६ गते शुक्रबारको राशिफल

आज माघ १६ गते शुक्रबारको राशिफल

राशिफल, समाचार
मेष – ग्रहगोचरको प्रभावस्वरुप हांसविलासमा आकर्षण बढ्ला । खर्च बढ्नेछ । खेलकूद भ्रमणमा रुचि बढ्नेछ । शैक्षिक र रचनात्मक काममा आंशिक प्रगति मिल्नेछ । नियमकानूनलाई ध्यानमा राख्नुपर्ला । विवादमा नपर्नु र जोखिमप्रति सचेत रहनु हितकर होला । अरुको भर पर्नु उचित नहोला । बृष – आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । आफन्तसुख बढ्नेछ । सुखसुविधाको वस्तु बढ्नेछ । भागदौड भैरहला । व्यर्थको झन्झटबाट छुटकारा मिल्ला । यात्रा हुने, महत्वपूर्ण काम बन्ने सम्भावना रहला । आर्थिक पक्षमा सुधार हुनेछ । विशेषगरी पारिवारिक क्षेत्रसित सम्बन्धित काम बन्नेछ । आफ्नै बल विवेकले काम गर्नु उचित रहनेछ । मनोकूलको काम बनेर मन प्रशन्न भैहाल्नेछ । विजयश्री मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । मिथुन – आँट उत्साह बढ्नेछ । भाग्योदय हुनेछ । साहसिक कार्यमा रुचि बढ्ला । सुख समृद्धि बढ्ला । यात्रामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्...