आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

तेस्रो मुलुकबाट आयात हुने अधिकांश वस्तुको आयात घट्दा वीरगञ्ज भन्सार कार्यालयको राजश्व असुली प्रभावित

तेस्रो मुलुकबाट आयात हुने अधिकांश वस्तुको आयात घट्दा वीरगञ्ज भन्सार कार्यालयको राजश्व असुली प्रभावित

आर्थिक, समाचार
तेस्रो मुलुकबाट आयात हुने अधिकांश वस्तुको आयात घट्दा वीरगञ्ज भन्सार कार्यालयको राजश्व असुली प्रभावित भएको छ । आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ११ दशमलव ९२ प्रतिशत आयात कम भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।  कार्यालयका अनुसार गत आर्थिक वर्षमा पहिलो ६ महिनामा रु दुई खर्ब ३८ अर्ब ८५ करोड ९८ लाख ३२ हजार मूल्य बराबरको सामान आयात भएको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा रु दुई खर्ब १० अर्ब ३८ करोड ९ लाख ४७ हजारको मूल्य बराबरका सामान मात्र आयात भएको छ ।  यसैगरी चालू आर्थिक वर्षको पुस महिनासम्ममा निर्याततर्फ ६ दशमलव १ प्रतिशतले राजश्व वृद्धि भएको छ ।  गत आर्थिक वर्षको सोही अवधिमा रु १८ अर्ब ४१ करोड ५१ लाख ९१ हजार मूल्य बराबरको सामान निर्यात भएको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा रु १९ अर्ब ९३ करोड ९० लाख ९७ हजार मूल्य ब...
नेप्सेमा  आज  सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम

नेप्सेमा आज सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यस अघि २०७७ साल माघ ११ गते आइतबार नेप्सेमा ९ अर्ब ३७ करोड ६० लाख बराबरको कारोबार भएको थियो ।  नेप्सेका अनुसार आज नेप्से १६.५५ अंकले घटेर दुई हजार चार सय २५ दशमलब २९ विन्दुमा पुगेको छ । त्यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ समूह बढेका छन् भने अन्य ९ समूह घटेका छन् । आज ९ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।      आज ९ प्रतिशत भन्दा बढीले बढ्ने कम्पनीहरुमा सुर्योदय लघुवित्त वित्तिय संस्था, प्रभु लाईफ इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, सारथी नेपाल लघुवित्त, एभरेष्ट इनस्योरेन्स कम्पनी, गरिमा विकास बैंक, शिखर इन्स्योरेन्स, हिमालयन डिस्ट्रिलरी र सपोर्ट माइक्रोफाइनान्स...
प्रधानमन्त्री ओली, पूर्व प्रधानन्यायाधीशहरु तथा पूर्वसभामुख लाई ७ दिनभित्र आफै उपस्थित हुन सर्वोच्चको आदेश

प्रधानमन्त्री ओली, पूर्व प्रधानन्यायाधीशहरु तथा पूर्वसभामुख लाई ७ दिनभित्र आफै उपस्थित हुन सर्वोच्चको आदेश

समाचार, समाज
सर्वोच्च अदालतमा दायर अदालतको अवहेलना सम्बन्धी रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रधानमन्त्री ओली, पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई ७ दिनभित्र आफै उपस्थित हुन आदेश दिएको हो। सरकारले प्रतिनिधिसभा विघटन गरेको विषयमा सर्वोच्चमा विचाराधीन मुद्दा रहेका बेला प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीहरु र पूर्वसभामुखले मुद्दालाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै फरक फरक अवहेलना सम्बन्धी रिट सर्वोच्चमा दायर भएका थिए। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुनै नसक्ने बताउँदै आएका छन् भने पूर्वप्रधानन्यायाधीशहरुले विज्ञप्ति नै जारी गरेर प्रतिनिधिसभा विघटन असैवैधानिक भएको बताएका थिए। ...
भ्रष्टाचार गरेको अभियोगमा नापी कार्यालयका  अधिकृत समेत तीन जना विरुद्ध  विशेष अदालतमा मुद्दा दायर

भ्रष्टाचार गरेको अभियोगमा नापी कार्यालयका अधिकृत समेत तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर

अपराध, समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नापी कार्यालय भैरहवामा तत्कालीन नापी अधिकृत घनश्याम दुवेसमेत तीन जना विरुद्ध आज बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार भैरहवाका तत्कालीन नापी अधिकृत दुवे र सर्भेक्षक रामराज यादवले पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्तिको हानीनोक्सानी पुर्‍याई व्यक्ति विशेषलाई गैरकानूनी लाभ हुने गरी जग्गाको मूल्य नौ लाख ८३ हजार ७०० कायम गरेको पाइएको छ । जग्गाधनी मुना पासिनले नापी कार्यालयका कर्मचारीलाई अनुचित प्रभावमा पारी आफू गैरकानूनी लाभ हुने र नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएको पाइएको छ । आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार आयोगले उनीहरु विरुद्ध नौ लाख ८३ हजार ७०० बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । ...
मध्यजाडोमा  रुघा खोकी वा चिसोले निम्त्याउने समस्या र भान्साको औषधि

मध्यजाडोमा रुघा खोकी वा चिसोले निम्त्याउने समस्या र भान्साको औषधि

समाचार, स्वास्थ्य
कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमणबाट र दिनप्रतिदिन बढीरहेको चिसोबाट जोगाउन हाम्रो भान्साको औषधि काफि छ ।के हुन् र कसरी प्रयोग गर्ने भान्साका औषधि ? तातो पानीमा एक सानो टुक्रा अदुवा, एक चिम्टी बेसार, दुई थोपा कागतीको रस, एक टुक्रा ल्वाङ, सुकुमेल, दालचीनी, आधा टुक्रा लसुन राखेर आफ्ना परिवारलाई हरेक साँझ ७ बजेको खानापछि पिउने । चिकित्सकका अनुसार जाडोयाममा धेरैलाई मौसमी फ्लूले सताउँछ । केहीको शरीर निकै गल्छ । कसैलाई गम्भीर प्रभाव पार्छ भने केहीलाई सामान्य रुघा लागेर ठिक हुन्छ । तर यसपटक कोरोना भाइरस ‘कोभिड – १९’ को महामारीका कारण पनि मानिसहरु बिरामी पर्ने सम्भावना बढी हुन्छ। चिकित्सकका अनुसार सामान्य रूपमा रुघाखोकी सात देखि दश दिन सम्म हुने गर्दछ । यस समस्याबाट छुट्कारा पाउनको लागि भान्सामा नै उपलब्ध हुने घरेलु उपाय प्रयोग गर्नुपर्छ । प्रशस्त तातोपानी पिउने नियमित आहारबिहार गर्...
तारे होटलमा काम गर्ने कर्मचारी तथा श्रमिकहरूको तलव पुनः संशोधन,पाँच तारे होटलमा मासिक ५ हजार रुपैयाँ मात्रै तलव

तारे होटलमा काम गर्ने कर्मचारी तथा श्रमिकहरूको तलव पुनः संशोधन,पाँच तारे होटलमा मासिक ५ हजार रुपैयाँ मात्रै तलव

आर्थिक, समाचार
तारे होटलमा काम गर्ने कर्मचारी तथा श्रमिकहरूको तलव पुनः संशोधन भएको छ । अब पाँच तारे होटलमा काम गर्ने कर्मचारी तथा श्रमिकहरूले मासिक ५ हजार रुपैयाँ मात्रै तलव पाउनेछन् । होटल संघ नेपालले गरेको पछिल्लो व्यवस्था अनुसार चार तारे होटलका कर्मचारीले मासिक ४ हजार, ३ तारेका कर्मचारीले मासिक ३ हजार, २ तारे होटलका कर्मचारीले मासिक २ हजार ५ सय, १ तारे होटलका कर्मचारीले मासिक २ हजार रुपैयाँ पाउनेछन् । त्यसैगरी पर्यटक स्तरीय होटलका कर्मचारी तथा श्रमिकका लागि भने उनीहरूकै आपसी सहयोगमा तलब तय हुने हानले जानकारी दिएको छ । हानले यसअघि कोरोना महामारीकै बीच कर्मचारी तथा श्रमिकहरूको तलब कटौती गरेको थियो । यति बेला पाँच तारे होटलका कर्मचारीको तलब अधिकतम १० हजार रुपैयाँ तोकिएको थियो । अन्यस्तरका होटलको पनि यहि अनुपातमा तलब संशोधन भएको छ । अहिले उनीहरूको तलब ५० प्रतिशतले घटेर ५ हजारमा सीमित भएको छ । कोरोना म...
आज नेप्सेमा ८ अर्ब ६२ लाख ३८ हजारको कारोबार

आज नेप्सेमा ८ अर्ब ६२ लाख ३८ हजारको कारोबार

आर्थिक, समाचार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) दोहोरो अंकले बढेको छ । हिजो (मंगलबार) नेप्सेमा सामान्य करेक्सन आएको थियो ।  नेप्सेका अनुसार आज नेप्से १८.७६ अंकले बढेर दुई हजार चार सय ४१ दशमलब ८५ विन्दुमा पुगेको छ भने आज नेप्सेमा ८ अर्ब ६२ लाख ३८ हजारको कारोबार भएको छ ।  त्यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ समूह बढेका छन् भने अन्य ७ समूह घटेका छन् । आज ७ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।    आज ९ प्रतिशत भन्दा बढीले बढ्ने कम्पनीहरुमा नेपाल लाईफ इनस्योरेन्स कम्पनी, आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था, गुराँस लघुवित्त र प्रभु लाईफ इन्स्योरेन्स रहेका छन् ।   ...
पशुपतिनाथ मन्दिरमा सुनको जलहरी बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको तत्कालै ३० करोड रुपैयाँ उपलब्ध गराउन निर्देशन

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको तत्कालै ३० करोड रुपैयाँ उपलब्ध गराउन निर्देशन

समाचार, समाज
 हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्ग अवस्थित पीठिकामा सुनको जलहरी बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै ३० करोड रुपैयाँ उपलब्ध गराउन निर्देशन दिएका छन् । सोमबार पशुपति दर्शन गर्न पुगेका प्रधानमन्त्री ओलीले आफूसँगै रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई सुनको जलहरी बनाउनका लागि ३० करोड रुपैयाँ उपलब्ध गराउन निर्देशन दिएका पशुपति क्षेत्र विकास कोषका एक अधिकारीले जानकारी दिए । ‘प्रधानमन्त्री ज्यूले विधिपूर्वक पूजा र दर्शन सक्नुभएपछि सुनको जलहरी स्थापना गर्ने भन्ने विषयमा सदस्यसचिव ज्यू (पशुपति क्षेत्र विकास कोषसका सदस्य सचिव प्रदीप ढकाल)सँग जिज्ञासा राख्नुभएको थियो । सदस्य सचिव ज्यूले करिब ३० करोड रुपैयाँ अपुग भएको जानकारी गराउनुभएको थियो,’ नाम उल्लेख नगर्ने शर्तमा कोषका ती अधिकारी भन्छन्, ‘प्रधानमन्त्रीज्यूले संस्...
कोरोनापछि संस्थागत विद्यालयमा पढिरहेका बालबालिका सामुदायिक विद्यालयमा तानिए

कोरोनापछि संस्थागत विद्यालयमा पढिरहेका बालबालिका सामुदायिक विद्यालयमा तानिए

शिक्षा, समाचार
कोरोनापछि सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको छ। शैक्षिक सत्रको बीचबाट खुलेका सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको हो। विगतका वर्षमा संस्थागत विद्यालयमा पढिरहेका बालबालिका सामुदायिक विद्यालयमा तानिएका छन्। संस्थागत विद्यालयमा पूरै शैक्षिक सत्रको र अतिरिक्त प्रयोगमार्फत पठनपाठनको शुल्क तिर्नुपर्ने सम्भावना देखेपछि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना भएका हुन्। शैक्षिक सत्र सधैँ वैशाखबाट शुरु हुन्थ्यो तर यसपटक कोरोनाका कारण दशैँपछि मात्र विद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन गराउन थाले। बन्दाबन्दीपछि केही विद्यालयले वैकल्पिक विधिबाट समेत पढाउन थाले। निजी विद्यालयले पूरै शैक्षिक सत्रको शुल्क तिराउने बुझेपछि बच्चालाई सामुदायिक विद्यालयमा लगेको इलाम सदरमुकाममा बसोबास गर्ने एक विद्यार्थीका अभिभावकले बताए। विगतका वर्षमा निजी विद्यालयमा बच्चा पढाइरहेका ती व्य...
आज  कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै

समाचार, स्वास्थ्य
आज (बुधवार) कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् । शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलगायत मन्त्री सहभागी हुने कार्यक्रम रहेको छ । उनले शुभारम्भ गरेसँगै आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइनेछ । यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिने छ । ती सबै अस्पतालमा प्रधानमन्त्री ओलीको शुभारम्भ कार्यक्रममा भर्चुअल विधिबाट जोडिनेछन् । नेपालमा कोभिड–१९ को संक्रमण देखिएको एक वर्षपछि नेपालीले खोप पाउँदैछन् । नेपालमा पहिलोपटक २०...